
नवलपरासी,१३ मंसिर
परासी आयुर्वेद स्वास्थ्य केन्द्र, नवलपरासीद्वारा आयोजित स्वर्णविन्दु प्राशन कार्यक्रमको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य (प्रदेश साँसद) वैजनाथ जैसवालको प्रमुख आतिथ्यतामा तथा सरोकारवाला र सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो ।
बालबालिकाको स्वास्थ्य प्रवद्र्धन, रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि तथा स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको परासी आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भएको केन्द्रको भनाई थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य जैसवालले बालबालिकाको स्वास्थ्य र समग्र विकासका लागि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए । बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवाहरू प्रभावकारी रूपमा समुदायसम्म पु¥याउनुपर्नेमा उनले जोड दिए ।
आयुर्वेद पुर्विय दर्शनमा आधारित स्वास्थ्य तथा चिकित्सा प्रणाली हो । जस्मा स्वर्णविन्दु प्राशन आयुर्वेदमा प्रचलित बाल स्वास्थ्यसम्बन्धी अभ्यास हो । यसलाई बालबालिकाको स्वास्थ्य प्रवद्र्धन र शारीरिक तथा मानसिक विकाससँग जोडेर लिइन्छ । आयुर्वेद स्वास्थ्य संस्थामार्फत यस्तो कार्यक्रम सञ्चालन हुँदा परम्परागत स्वास्थ्य पद्धतिबारे समुदायमा जानकारी बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रमले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकलाई सचेत बनाउनुका साथै आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । बालबालिकाको स्वस्थ जीवन र भविष्य निर्माणका लागि स्वास्थ्यसम्बन्धी जनचेतना, नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवाको पहुँच महत्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा स्वर्णविन्दु प्राशन कार्यक्रमलाई पनि बाल स्वास्थ्य प्रवद्र्धनको एउटा कार्यक्रमका रूपमा अघि बढाइएको हो ।
कार्यक्रममा सहभागी सरोकारवाला प्रतिनिधिहरूले बालबालिकाको स्वास्थ्य संरक्षणका लागि सरकारी स्वास्थ्य संस्थाहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । परासी आयुर्वेद स्वास्थ्य केन्द्रले यस कार्यक्रममार्फत बालबालिका तथा अभिभावकलाई आयुर्वेदिक स्वास्थ्य सेवाबारे जानकारी गराउँदै बाल स्वास्थ्य प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरेको छ ।
