स्वास्थ्य सेवा प्रवाह गर्ने सरावल गाउपालिका पहिलो स्थानमा

नवलपरासी,१४ कातिक
जिल्ला स्थित सातवटै पालिका मध्ये स्वास्थ्य सेवा प्रवाहमा अधिक्तम सुचकाँक पुरा गरि सरावल पाउपालिका पहिलो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सातै पालिकाका स्वास्थ्य शाखाले सेवा प्रवाहहरुको मुल्याँकन गर्न तयार गरेको सुचकाँक अनुसार मुल्याँकन हुदा सरावल गाउपालिका पहिलो,रामग्राम नगरपालिका दोश्रो र प्रतापपुर गाउपालिका तेश्रो स्थान प्राप्त गरेका हुन् ।
त्यसै गरि चौथो स्थानमा वर्दघाट नगरपालिका,पाँचौ स्थानमा सुस्ता गाउपालिका,छठौ स्थानमा पाल्हीनन्दन गाउपालिका र अन्तिम सातौ स्थानमा सुनवल नगरपालिका भएको समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा भएको दुई दिइने स्वास्थ्य कार्यक्रमहरुको आर्थिक बर्ष २०८१।०८२ को बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रमको अन्तिम दिन मुल्याँकन परिणाम सार्वजनिक गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले जानकारी गराउका थिए । उनका अनुसार विभिन्न २८ वटा सुचक तयार गरि त्यसलाई १०० अँक मानेर मुल्याँकन गरिएको थियो । मुल्याँकनमा पहिलो देखी साँतौ स्थान पाएका पालिकाहहरुको प्राप्ताँक क्रमशः७२.५९,७२.२३,७०.३०,६८.५७,६८.४०,६६.६८ र ६४.८० रहेको छ ।
समिक्षामा पहिलो,दोश्रो र तेश्रो हुने पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुलाई सम्मानपत्र प्रदान गरिनुका साथै स्वास्थ्य क्षेत्रमा काम गर्दै्र सघाउदै आएका गैरसरकारी सस्था तथा परियोजनाहरुका प्रतिनिधिहरुलाई समान्न गरिएको थियो । समिक्षा कार्यक्रममा समापनमा समन्वय प्रमुख यादवले निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानबारे कहिँ कतै उल्लेख नभएको हुदा निजी क्षेत्रले प्रवाह गर्दै आएका स्वास्थ्य सेवाहरुलाई समेत अगामी दिनमा समेटिनु पर्ने बताएका थिए । त्यसै गरि स्वास्थ्य सेवा प्रवाहबारे भएका समिक्षा मुल्याँकन कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरुको उपस्थित नभएको हुदा अगामी दिनमा पालिकाका स्वास्थ्य शाखा हेर्ने जनप्रतिनिधि सहित पालिका प्रमुख र उपप्रमुखको उपस्थिती गराउन आवश्यकता औल्याइएको थियो । स्वास्थ्य शाखाले गर्ने गरेका कामलाई प्रोत्साहन गर्न,आवश्यक बजेट विनियोजन गर्न जनप्रतिनिधिहरुको भुमिका हुने हुदा समिक्षा तथा तर्जुमा गर्दा जनप्रतिनिधिको उपस्थितीलाई अनियवार्य बनाउन पर्ने बताइएको थियो । त्यसैगरि पालिकाहरुले पनि पालिका पालिकामा पनि स्वास्थ्य अवस्थाबारे सरोकारवाला सबै निकायलाई राखेर समिक्षा गर्नु पर्ने कुरा उठेको थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *