स्वास्थ्यचौकी भवन निर्माण पछि छिट्टै आफ्नै भवनबाट सेवा दिईने

नवलपरासी,३० फागुन
जिल्लाको सरावल गाउपालिका वार्ड नं.४ स्थित स्वास्थ्य चौकी भवन निर्माण पश्चात छिट्टै नै उतm भवनबाट सेवा सुचारु गरिने गाउपालिकाले जनाएको छ । राज्य पुर्नसंरचना हुदा साविकका गाविसमा रहेका स्वास्थ्य चौकी आर्कै भुगोल भित्र परे पछि अहिले सो वार्डमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भई सकेका कारण छिट्टै उतm भवनबाट सेवा प्रवाह हुने गाउपालिकाले जनाएको हो ।
सरावल गाउपालिका ४ नम्बर वार्डको ललितपुर गाँउको मधेश साँस्कृतिक पार्क जाने बाटो र भुतहा महेशपुर सडकसँग जोडिएको स्थानमा नवनिर्मित स्वास्थ्य चौकी भवनमा स्वास्थ्य सेवा सारेर सेवा प्रवाह गरिने गाउपालिका अध्यक्ष शुखाडी चौधरीले जानकारी गराए । सुविधा सम्पन्न उतm स्वास्थ्यचौकी भवन आधुनिक मापदण्ड अनुसारको बनेको छ । उनका अनुसार सरावल गाउपालिकामा हाल ७ वटा वार्ड छन् ।
तर गाउपालिका बन्दा साविकका तिलपपुर,मनरी,सरावल,बडहरादुवौलिय,रामपुरखडौना र भुजहवा गाविस गरि कुल ६ गाविसलाई मिसाएर ७ वार्ड कायम गरिएको थियो । जस्मा साविक गाविसका स्वास्थ्य चौकीहरु परे पनि वार्ड नं.४ मा कुनै पनि गाविस भवन र स्वास्थ्य चौकीका पुर्वाधार परेनन् । पहिला उतm वार्डको वार्ड कार्यालय भवनको निर्माण मंगलापुरमा भयो र सोही वार्ड कार्यालयबाट स्वास्थ्य सेवा प्रवाह हुदै आएको थियो ।
हालका वार्ड नं.४ भित्र साविकका सरावल र बडहरादुवौलिय गरि २ गाविसको भुगोल गाभिएको थियो । त्यसमा सरावल स्वास्थ्यचौकी सरावल ३ मा पर्यो,र बडहरादुवौलिय स्वास्थ्य चौकी वार्ड नं.५ मा पर्यो । वार्ड नं.४ बनेको साविक सरावल गाविसको गोबरहिया,पुर्नहा,हाथिबनवा र बडहरादुवौलिय गाविसको मंगलपुर,ललितपुर,बडसार गाँउलाई समेटिएको छ । अहिले यसै वार्डले आफ्नो नयाँ स्वास्थ्य चौकी भवन पाउने भएको छ ।
सोहीबाट सेवा प्रवाह हुने हुदा स्थानियबासी खुशी देखिएको वार्डअध्यक्ष सुरेश यादवले जनाए । नयाँ वार्ड कायम हुदा सबै संरचनाहरु नयाँ नयाँ बन्दै गएका छन, उनले भने,ढिलो भए पनि अहिले वार्डले आफ्नै नयाँ सरंचना बनाउदै सेवा प्रवाह गर्दै लगि रहेको छ । स्वास्थ्य चौकी भवन निर्माण भएका कारण अहिले वार्ड नं.४ को निर्वाचन मतदान केन्द्र पनि यहिँ सम्पन्न भएको बताउदै वार्ड अध्यक्ष यादवले भने,पहिला साँघुरो गण्डक कलोनीमा निर्वाचनको मतदान केन्द्र बनाई मतदान हुदै आएको थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *