सुस्ताबासीका लागि बनाइएको सौर्य उर्जाले गाउपालिकालाई फाईदा

नवलपरासी,१० चैत्र
पटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको सुस्ता भुमिको सौर्य उर्जाले सुूस्ता गाउपालिकालाई फाईदा पुगेको छ । सौय उर्जा वापतको रकम सुस्ता गाउपालिनले पाउने गरि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले गाउपालिकालाई उतm आयोजना हस्तानान्तरण परे पछि सुस्तालाई आर्थिक राहत पुगेको हो ।
पहिला केन्द्रले सुस्ताबासीलाई विद्युत सेवा पुर्याउन उज्यालो सुस्ता अभिायन अन्तरगत सौर्य उर्जा प्लान्ट जडान गरिदिएको थियो । सुस्ताबासीले सोही विद्युतले घरमा विजुली बत्ति बाल्ने गरेका थिए । अहिले सुस्तामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन कै विद्युत पुगि सकेकोले सो विद्युत प्रयोग गर्न थाले पछि सौर्य उर्जाको प्लान्ट केन्द्रले गाउपालिकालाई नै सञ्चालन ब्यवस्थापन र सोबाट हुने आय स्रोत लिने गरि हस्तानान्तरण गरिएको गाउपालिका अध्यक्ष टेकनाराययण उपाध्यायले बताए । उनका अनुसार सो उर्जा केन्द्रको विजुली प्रशासरणलाईमा जोडिदियो,उनले भने, त्यो बिजुलीको मुल्य गाउपालिकाको स्रोतमा जोडिन्छ । पाउने मुल्यको हिसाब गाउपालिकाले नेपाल विद्युत प्राधिकरणसँग गरेर गाउपालिका अन्तरगतका स्वास्थयचौकी,वार्ड कार्यालय,विद्यालय लगायतका हुने विद्युत महशुलसँग मिलान गर्ने गरेको छ । सुस्तामा रहेको सौर्य उर्जा प्लान्टको विद्युत विक्रि वापत रकम अब गाउपालिको पाउने बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको थियो ।
सौर्य उर्जाबाट दैनिक ४ सय युनिट विद्युत उत्पादन हुदै आएको छ । बर्षको करिब एक लाख बढिको विद्युत सौर्य उर्जाले उत्पादन हुने गरेको छ । सो प्लान्टको रेखदेख अब उपभोतmा समिति भन्दा गाउपालिकाले कर्मचारी नै राखेर सञ्चालन गर्न ब्यवस्थापन गर्दै आएको छ । सुस्ताबासीको समस्यालाई मध्यनजर राख्दै नेपालका केन्द्रिय कार्यक्रमहरु सुस्तामा आउने गरेका छन् । पछि ति सबै संरचना पालिकाकै सम्पदा हुदै गएको छ । सुस्ताबासीलाई लक्षित एशियाकै दोश्रो लामो झोलुगेँपुल निर्माण भएको छ,उनले भने, पछि सो पुल सुस्ता गाउपालिकाकै लागि पर्यटकिय पुर्वाधार बन्ने आधार तयार गरेको छ । त्यसै गरि सुस्तामै सुस्ता बचाउ अभियानमा लागेका अभियन्ताहरु सहादत दिएका छन् । उनीहरुको सम्झनामा सहिद पार्क निर्माण सुस्तामा हुदैछ । यो पनि सुस्ताका लागि पुर्वाधार थपिएको उनको भनाई थियो ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र गाउपालिकासँग पहिला सहमति भएर काम भएको थियो । पछि सौर्य प्लान्टबाट विजुली बालि सके पछि सुस्ता उज्यालो बनाइएको गाउपालिका अध्यक्ष उपाध्यायले बताए । पछि सुस्ता उज्यालो मात्रै नभएर पावरफुल उपकरण मोटर लगायतका मेसिन चलाउन सकिएको थिएन् । त्यसका लागि बढि भोल्टेजको विद्युत आवश्यक पर्छ, उनले भने, सुस्ता जोड्ने पुलको निर्माण भई राष्ट्रचन्द्र पौडेलद्धारा उदघाटन समेत भई सकेको छ । पुलसँगै प्रशारणलाईनका विद्युत समेत पुर्याइएको छ । अब सुस्ताबासीले प्रशारणलाईनका विद्युत मिटर जडान गरि विद्युत,विद्युतिय उपकरण,मोटर लगायत औद्योगिक आवश्यकताका विद्युत पाउन थालेका छन् । सौर्य उर्जाको विद्युत बचत भयो । सो विद्युत अब सोही प्रशारणलाईनमा नै जोडेर विक्रि हुने भएको छ । नागरिकता हुने सबै सुस्ताबासीलाई विद्युत मिटर जडान गरिदिएको छ, उनले भने,नागरिकता प्रमाणापत्र नहुनेले त्यहीकै सह मिटर मार्फत पनि विद्युत बाल्ने गरेका छन् ।
सुस्ताका स्थानीयले सोलारबापतको महसुल समेत नियमित भुक्तानी गर्ने गरेका थिएनन । सुस्तामा विद्युत प्राधिकरणले १ करोड ३० लाखको लागतमा झोलुंगे पुलको माध्यमबाट राष्ट्रिय प्रशारण लाईनको विद्युत पु¥याएको थियो । गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा जडान गरिएको १०० किलोवाटको सौर्य ऊर्जाबाट सुस्ता बस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मत सम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन । सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभिए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन् ।
सुस्ताका उपभोक्ताको घर घरमा विद्युत् आपूर्ति दिन सुरु गरिने छ । सुस्ता बस्तीमा करिब ३ सय ५० घरधुरी छन । १ करोड ३३ लाख रूपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९÷०८०मा सुरु भएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभए पछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो । प्राधिकरणले सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुयाउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्दै आएको छ । हाल विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ । प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्ती बस्तीको विद्युतीकरण गरिरहेको छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पु¥याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *