
नवलपरासी,१५ चैत्र
जिल्लाको सुस्ता भुमि जोड्न बनेको झोलुगेँपुल बेलामा मर्मत नहुदा दुर्घटनाको जोखिम बढदै गएको छ । दुई बर्ष पहिला पुलको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको तर अहिलेसम्म मर्मत सम्भार नहुदा पुल कस्ने नट,बोल्ट ढिला भएर पुलका पार्टहरु झर्न थालेको र त्यसले दुर्घटना समेत निम्त्याउने गरेको हो ।
पुलबाट राजस्व उठाउने सुस्ता गाउपालिकाले मर्मत सम्भारमा अहिलेसम्म ध्यान दिएको छैन्,एक स्थानियले भने,पुलबाट यदि आमदनी गाउपालिको गर्ने गरेको छ,भने मर्मत गर्नु पर्ने दायित्व पनि गाउपालिकाकै हो,तर गाउपालिकाले अधिकार जमाउने र दायित्व भुग्ले गरेको देखियो । पुलबाट मोटरसाईल लैजादै गर्दा पुलको भाग भाच्चिएर मोटरसाईकलको पाँग्रा नै फसेको उनले बताए । यस्ता दुर्घटना धेरै पटक भई सकेको छ,तर सुनुवाई भने भएको छैन् । यो गाउपालिकाको गैरजिम्मेवारीपन भएको उनको भनाई थियो । गाउपालिकाले सोही पुल हेर्न आउने पर्यटक तथा दर्शकबाट सवारी साधन ब्यवस्थापन,पार्किगँ वापत शुल्क उठाउदै आएको छ ।
गाउपालिकाले २०८२ साउन १४ गते पुलमा आउनेसँग पार्किगँ र सवारी ब्यवस्थापनका लागि अमरजित भेडियादरलाई ठेक्का चलानी पुर्जि प्रदान गरेको थियो । उतm पुर्जिमा गाउपालिकाबाट २०८२ असार २६ गते प्रकाशित आय ठेक्काको सुचना ६,२०८२।०८३ बमोजिम भेडियारलाई अग्रिम आय कर,मुल्य अभिवृद्धि कर सहित ६ लाख ३४ हजार ४ सय ३३ रुपियामा २०८३ असार मासन्तसम्मका लागि शुल्क उठाउने पट्टा प्रदान गरेको थियो । उतm पत्र प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालद्धारा हस्ताक्षरित रहेको थियो । सवारीसाधनबाट शुल्क उठाउदै आएको गाउपालिकाले पुलको मर्मत गरिदिइने आपेक्षा राख्दै आएका छन् । दिनहु सयौँ मोटरसाईकल पुलमा ओहोर दोहोर गर्दा पुलका संरचना ढिला हुन स्वभाविक भएको स्थानियले बताएका थिए ।
नेपाल सरकार संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय स्थानिय पुर्वाधार विभागको सस्पेन्सन वृज डिभिजन कार्यालय पुलचोक ललितपुरले काम गराउदै आएको थियो । त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुगेँपुल भनि आयोजना बनाई काम गरेको थियो । निर्माण गर्ने कम्पनीले मर्मत गर्ने हो ? कि गाउपालिकाले आफ्नो तर्फबाट मर्मत गराउनेबारे स्थानिय अन्यौलमा रहेको बताएका थिए । कुल १ हजार ५ सय ७१ स्पान रहेको पुलको कुल लागत २९ करोड ४० लाख ७२ हजार ९ सय ६५ रहेको थियो । त्रिसुली आश्रय जेभि बालाजु काठमाडौले सो पुलको निर्माण गरेको थियो । पुलको सम्झौता २०७२ साल असोज १५ गते भएको थियो । सम्पन्न गर्नु पर्ने २०७८ चैत ३० म्याद थियो । तर पुलको निर्माण कार्य विच विचमा अवरोध भएका कारणले पनि पुनःम्याद थप भएर २०८० असार २४ गतेसम्म भएको थियो । पुलको निर्माण कार्या सम्पन्न भए पश्चात राष्टपति रामचन्द्र पौडेलले पुलको उदघाटन गरेका थिए ।
।
