सुस्ताका बंगुरपालक किसानलाई तालिम सहित प्रविधि हस्तानान्तरण

नवलपरासी,२७ कातिक,
जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्र बंगुर पालन गर्दै आएको किसानलाई बंगुर पालन तालिमसँगै प्रविधि हस्तानान्तरण गरेको छ । परम्परागत रुपमा बंगुर पालन गरि जिविकोपार्जन गर्दै आएका किसानलाई ब्यवसायिक बंगुर पालन तालिममा आधुनिक तरिकाले पशुपालन गर्नुका साथै सरफाई,पोषण आदीका लागि ब्यवहारिक शिक्षासँगै प्रविधि हस्तान्तरण गरेको हो ।

Health Advertisement
Health Advertisement

गाउपालिका भित्र परम्परागत रुपमा ४० जना बंगुर पालन गर्दै आएका किसान छनौट गरि उनीहरुलाई ब्यवसायिक तालिम प्रदान गरि प्रविधि हस्तानन्तरण गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । उनकाअनुसार नर्सही र रुपौलिय गरि दुई स्थानमा तालिम गरिएको थियो । तालिममा सरावल गाउपालिका पशु शाखाका प्रमुख ऐन अर्याल र सुस्ता गाउपालिका पशु शाखाकी प्रमुख इन्द्रा पुनले ब्यवसायिक बंगुर पालन सम्बन्धि प्रशिक्षण दिएका थिए । दुई दिने तालिम पश्चात बेल्चा,गन्बुट,दाना,दाना राख्ने बाटा र केही पोषण खाद्य तथा विटामिनहरुको करिब दुई हजार मुल्य बरारबको प्रविधि किट समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *