
नवलपरासी,१२ चैत्र
अन्तराष्ट्र्रिय स्तरको शैक्षिक गुस्तर खोज्दै विदेशिने विद्यार्थीका लागि अन्तराष्ट्र्रिय स्तरको शिक्षा प्रदान गर्न जिल्लाको सुनवल १२ हरकट्टा स्थित विद्या सागर प्रसिद्ध इंगिलस स्कुलले अग्रसरता लिएको छ । उतm विद्यालयले जिल्लामै दोश्रो अन्तराष्ट्र्रिय गुणस्तर मापदण्ड (आइएसओ) सुचकाँक पुरा गर्ने प्रतिवद्धता सहित अगाडी बढने गरि आईएसओ लोगो हस्तानान्तरण कार्यक्रम गरेको हो ।


विद्यालयले अहिले आईएसओको ३० प्रतिसत सुचकाँक पुरा गर्दै अभिभावक विच लोगो ग्रहण गर्दै ३ बर्ष भित्र सतप्रतिसत पुर्याउने प्रतिवद्धता सहित लोगो हस्तानान्तरित लोगो सार्वजनिक गरिएको विद्यालयका प्रिन्सिपल देव भट्टराईले जानकारी गराएका थिए । आईएसओ पुरा गर्नका लागि कुल ५१ वटा सुचकाँक पुरा गर्नु पर्छ,आईएसओ जारी गर्ने ग्लोबल क्वालिटि काउन्सिल नेपाल नामक सस्थाका ब्यवस्थापक सुदिप शर्माले जानकारी गराउका थिए । उनका अनुसार नवलपरासीको पहिलो रामग्राम ३ स्थित लिटिल एन्जल्स विद्यालय हो,जुन अहिले सबै सुचकाँक पुरा गर्ने गरि काम गरिरहेको छ, उनले भने, यो विद्यासागर प्रसिद्ध विद्यालय दोश्रो बनेको छ । सामुदायिक विद्यालय तर्फ सुनवल कै लुम्बिनी आवासिय विद्यालय पनि यसका लागि काम गर्दै आएको छ ।
हस्तानान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपलले विभिन्न १५ वटा बुदामा अहिलेसम्म आइएसओका लागि काम गरिएको जानकारी गराउका थिए । जस्मा पहिलो विद्यार्थीको शुरक्षा र अनुशासनका लागि सबै कक्षा कोठामा सिसिटिभि जडान भएका छन् । दोश्रो सबैलाई विद्युतिय हाजिरी ब्यवस्थापन, तेश्रो सबै कक्षा कोठामा एडवान्स स्पिकर राखिएका छन्,चौथोमा प्रविधिमैत्री शिक्षालाई उच्च प्राथमिकता राख्दै कक्षा ६ देखी १०सम्मका कक्षामा शिक्षकहरुले ल्यापटप र प्रोजेक्टरको प्रयोग गरि स्लाईड मार्फत अध्यापन गराउदै आएका छन् । पाँचौमा गुणस्तरिय पिउने पानीको ब्यवस्थापन गरिएको छ ।
त्यसै गरि छठौमा प्रयाप्त सौचालय,विद्यालय परिसर सरसफाई,सुन्दर,टायल्स,मार्वल लगाएर सौन्दर्यीकरण समेत गरिएको छ । सातौमा शिक्षालाई ब्यवहारिक बनाउन विज्ञान प्रयोगशाला,कम्प्युटर प्रयोगशाला र इन्टरनेटको पहुँच बढाइएको छ । आठौमा ब्यवस्थित र स्वच्छ सुविधा सम्पन्न क्यान्टिल जहाँ स्वथ्यकर तथा पोषिलो खाना खाजा पाउछन् । नौवामा बालबालिकाका लागि हैप्पी किट जोन ब्यवस्थापन गरिएको छ,जस्मा स्वीगँ,स्लाईडिँग,सि शा,स्प्रिीयल,मन्की क्लाईम्ब जस्ता लेखा समाग्रि राखिएका छन् । दशौमा नर्सरी देखी कक्षा २ सम्मका १० वटा कक्षाहरुमा वाताअनुकुलित कोठा(एसी) जडान गरिएको छ । एघारौमा विद्यालयको आफ्नै फुटसल,भलिबल खेल मैदान,बास्केटबल कोर्ट बनाइएका छन् ।
बाह्रौमा शान्त,सफा र ब्यवस्थित पुस्तकालयमा प्राप्त पाठ्य समाग्रिको उपलब्धता गराइएको छ । तोह्रौमा मन्टेश्वरीका लागि चार वटा भ्यान ब्यवस्थापन गरिएका छन् । चौधौमा सुरक्षालाई मजबुत बनाउन विद्यार्थी,शिक्षक तथा कर्मचारीको लागि रु.१ लाख बराबरको दुर्घटना विमाको ब्यवस्थापन गरिएको छ । पन्द्रौमा सबै पुर्वाधार र सुविधाहरु सँगै योग्य दक्ष,तालिम प्राप्त शिक्षकबाट संस्कार युतm शिक्षा प्रदान गरिदै आएको प्रिन्सिपल भट्टराईले जानकारी गराएका थिए ।
बाकी सुचकाँकहरु क्रमशः पुरा गर्दै जाने र ३ बर्षसम्म नै आईएसओ प्रदान गर्ने संस्थाहरुका प्रतिनिधि तथा विज्ञहरु महिना महिनामा आउने परिक्षण गर्दै जाने छन् । विद्यालय र विद्यार्थीलाई मात्र नभई हाम्रा अभिभावकका घरसम्म नै पुगेर विज्ञ टोलीले जाँच पडताल गर्ने छन्, उनले भने,त्यसैका लागि अहिले विद्यालयका सबै अभिभावक तथा सञ्चालकलाई नै उपस्थित गराई सार्वजनिक समारोहको आयोजना गरेर आईएसओ हस्तान्तरण कार्य गरिएको उनको भनाई थियो ।

