सिद्धिलक्ष्मि स्टिल उद्योग प्रालिले गरेको खोला किनारको जग्गा अतिक्रमण प्रति स्थानिय आक्रोसित

नवलपरासी,१४ चैत्र
जिल्लाको रामग्राम १० स्थित सिद्धि लक्ष्मि स्टिल प्रालिले खोला नै अतिक्रमण गरि पर्खाल लगाए पछि स्थानिय आक्रोसित बनेका छन् । खोला अतिक्रमणले सार्वजनिक जग्गा हड्फनुका साथै खोला जुनिएर जलनिकास नै अवरुद्ध भएर डुबान हुन सक्ने जनाउदै खतिक्रमण खाली गराउन समेत स्थानियले माग गरेका हुन् ।
उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष जो अहिले हुनेवाला अध्यक्ष हुन उनी नै सञ्चालक रहेको सो उद्योगले स्थानिय तहका कर्मचारी,नापी कार्यालयको मिलोमतोमा खोला अतिक्रमण भएको स्थानिय राम नरेश केवटले बताए । यसबारे आफु नगरपालिकामा पटक पटक जानकारी गराउदै आएको तर कुनै सुनुवाई नभएको उनले गुनासो गरे । अब उद्योग विरुद्ध संगठित भई आन्दोलनको विकल्प नभएको उनले सुनाए । खोला किनारमा जग्गा लिइने पछि आफ्नो जग्गामा पुरै उद्योगका संरचना बनाउने र पछि खोला नालाहरु अतिक्रमण गर्दै पार्खाल लगाउने प्रवृद्धि यस क्षेत्रमा बढेको उनले सुनाएका थिए । यसका लागि उद्योगका सञ्चालकहरु स्थानिय वार्डअध्यक्षहरु,नगरपालिकाका कर्मचारी,प्रशासन,नापाी तथा मालपोत लगाउतका कार्यालयका कर्मचारीलाई मोटो रकम उपलब्ध गराउने र सार्वजनिक जग्गा हड्फने कार्य गर्दै आएका छन् ।
प्रशासनमा ज्ञापन बुझाउदा औपचारिकताका लागि प्रशासनले पत्र लेखिदिन्छ,उनले भने,पछि प्रशासनका कर्मचारीलाई उद्योग बाणिज्य संघ मार्फत उद्योगका सञ्चालक तथा ब्यवस्थापनलाई भेटघाट गर्छन्,कुरो मिलाउछन् । आन्तरिक रुपमा लेनदेन समेत हुन सक्ने पनि आशंका स्थानियले लगाउदै आएका छन् । सो उद्योगले स्थानिय रक्सहवा खोलाको करिब एक किलोमिटर दुरीमा पर्खाल बनाएको छ । पर्खाल बनाउदा खोलाको करिब दुई देखी ३ मिटर जग्गा अतिक्रमण गरेको देखिएको छ । यो हिसाबले सो उद्योगले खोलाको करिब ९ कट्ठा जग्गा अतिक्रमण गरेको देखिन्छ ।
सो क्षेत्रमा कट्ठाको ७ देखी १० लाख सम्म तिरेर जग्गा खरिद गरेका छन् । यसरी करोडको जग्गा हड्फेको अनुमान स्थानियको छ । वास्तविकताका लागि नापी कार्यालयले नै नापजाँच गर्ने हो,तर त्यो गरिएको छैन् । उद्योगले पनि आफ्नो पुर्जा अनुसारको नापी गराएर यकिन गर्न सक्छ,तर उद्योगले त्यो यकिन नै गर्दैन् । कर्मचारीहरु केही दिन बस्ने आफ्ना लाभ लिएर सरुवा भई जाने गरेका छन् । तर दुःख स्थानिय जनतालाई हुने गरेको उनको भनाई थियो । उनका अनुसार नापी कार्यालयमा पनि पुरानो कपडाका नक्साहरु गायब गरिएको छ । त्यसको स्थानमा ट्रेस नक्साहरु बनाइएका छन् । ति नक्सामा पनि चलखेले भएको हुन सक्ने आशंका समेत स्थानियले गर्दै आएका छन् ।
यता खोला अतिक्रमण गरि जग्गा मात्र हड्फने कार्य गरिएको छैन्,खोलामा रसायनयुतm जल प्रवाहले समेत खोलाका जलचर,बालीनालीमा सोही पानी प्रयोग गर्दा हुने गरेको बाली नोक्सानीसँगै खोलाका पानी पिउने पशुपंक्षिलाई समेत स्वास्थ्यमा गम्भिर असर पार्दै आएको बातावरण बचाउ अभियानका अध्यक्ष रामभवन यादवले बताए । यसका लागि वातावरणमा पर्ने असरबाट जोगाउनका लागि अभिायन सक्रिय भएर लागेको सुनाएका थिए । खोला अतिक्रमणले जलनिकास थुनिदा पनि स्थानिय प्रभावित हुने हुदा यसको विरुद्धमा स्थानियबासीसँगै संघर्षमा उत्रिने चेतावनी समेत दिएका थिए ।
पहिला सरकारी कर्मचारीलाई अतिक्रमित जग्गाको यकिन गर्न सम्बन्धिन निकायको ध्यानाकर्षण गराउने छौ । पछि अटेरी गरेमा स्थानियसँगै लिएर आफुहरु खोला सफाई गर्ने,अतिक्रमण खाली गराउनुका साथै उद्योगबाट बगाईने प्रदुषित पानीको मुहान थुन्ने योजना सुनाएका थिए । यसका लागि अहिले खेतमा भएका गहुँबाली किसानले भित्रयाई सके पछि खेत खाली हुन्छ, उनले भने,त्यस पछि स्काभेटर र जेसिवि लिएरै जाने छौ । तर त्यो भन्दा पहिला स्थानिय सरकार र स्थानिय प्रशासनलाई जानकारी गराउछौ । कुनै पनि बहानामा उद्योगले खोला अतिक्रमण गर्न पाउदैन्,उनले थपे,स्थायिन उद्योग विरोधी होईनन्,तर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र वातावरण विगार्ने उद्योगको पक्षपोषण नगरि त्यसको विरोध गर्ने हाम्रो योजना हो ।
सकभर स्थानिय सरकार र स्थानिय प्रशासनले नै सो काम गरोस,उनले भने, हाम्रो त्यसमा साथ सहयोग रहने छ,तर यदि जनताको काम गर्नका लागि बसेका सरकारी निकायका कर्मचारी दवाव र प्रभावमा परेर काम गरे पनि जनता उनिहरुको विरुद्धमा पनि उठ्ने चेतावनी समेत दिएका थिए । यता जिल्ला प्रशासन कार्यालयले स्थानियको गुनासो सुन्दै पटक पटक पत्राचार गरि जवाफ मागेको एक कर्मचारीले सुनाए । तर उद्योग ब्यवस्थापनले प्रष्ट रुपमा जवाफ नदिई लोगमटोल कुरा उल्लेख गरि पठाउने गरेको छ । स्थानियलाई यदि आशंका छ,भने त्यो आशँका मेटाउने कार्य सम्बन्धित उद्योगकै भएको उनले बताएका थिए । जिल्लामा एक खर्ब भन्दा बढि लगानी भई चार दर्जन भन्दा बढि ठूलो मझौला उद्योगहरु अहिले स्थापना भएका छन् । केही सञ्चालनमा छन्,केही सञ्चालन प्रकृयामा छन् । तर अधिकाँस उद्योगहरु उद्योगका पानी बगाउने कुलो खोला खोज्दै नै स्थान रोजेर उद्योग स्थापना गरेका छन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *