सरावल गाउपालिकाको प्रशासनिक भवन निर्माणमा तिब्रता

नवलपरासी,१० चैत्र
जिल्लाको सरावल गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य तिब्र रुपले भई रहेको छ । पालिकाको स्थापना भएको लामो समय पछि गाउपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन बनाउने कार्य मंसिर महिनामा शुभारभ्भ गरे पछि अहिले भवन निर्मा(ा कार्य धमाधम हुन थाले पछि भवन निर्माण कार्यले तिब्रता पाएको हो ।
भवनको निर्माणले स्थानियबासीले पनि खुशी भएका छन् । भवन नबन्दा सम्म सरावलबाटै अन्यत्र प्रशासनिक सर्ने कि भन्ने पनि स्थानियमा आशंका हुदै आएको थियो । सरावल गाउपालिका ३ मै बन्नु पर्ने अस्पताल पहिलाका गाउसभाले वार्ड नं.५ मा बनाउने निर्णय गरिदिएका कारण पनि सरावल गाँउका बासिन्दा सशंँकित थिए । विगत बर्षमा सरावल गाउपालिकाको मुख्यालय मै बन्नु पर्ने अस्पताल भवन सारे जस्तै कुनै गाउसभाले प्रशासनिक भवन पनि अन्य वार्डमा सार्ने निर्णय गरि सादिए भन्ने भएको मुख्यालय अन्य वार्डमा जान सक्ने पनि आशंका अहिले भवन निर्माण हटाई सकेको स्थानियले बताए । भवन बन्नु सरावलको गौरव र नागरिकको सपना भएको भन्दै खुसी व्यक्त गरे ।
उनीहरूले अन्य क्षेत्रको पूर्वाधार निर्माणमा हुने ढिलाई र लापरवाही भवन निर्माण नहोस् भन्दै सम्बन्धित पक्षलाई सचेत गराएका थिए । गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी, उपाध्यक्ष वासमती हरिजन र प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले संयुक्तरुपमा विधिपूर्वक भूमिपुजन गरी प्रशासकीय भवनको शिलान्यास गरेका थिए । कार्यक्रममा ७ वटै वडाका वडाध्यक्षहरू, अन्य जनप्रतिनिधि र गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघसंस्थाका अगुवाहरूको उपस्थितिमा शिलान्यास गरिएको गाउँपालिकाले जनाएको थियो ।
गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि भ्याट पिएस बाहेक ८ करोड ३० लाख ६६ हजार १ सय ६८ रुपैया कायम गरेको थियो । बि.एम सार्वजनिक जे भी, नुवाकोटले भ्याट सही ६ करोड ८५ लाख ३६ हजार ९ सय ८४ रुपैयामा ठेक्का संझौता गरी काम थालेको छ । संझौता अनुसार आउदो २०८४ पुष १५ गते ढाइ तल्ले प्रशासकीय भवन निर्माण भई रहेको गाउपािलका अध्यक्ष चौधरीले देखाए । शिलान्यास कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष चौधरीले धेरै लामो समयको अभ्यास र प्रयासले प्रशासकीय भवन निर्माणको थालनी गरिएको बताएका थिए । अध्यक्ष चौधरीले गाउँपालिकाको नाउमा जग्गा प्राप्त भई सकेकपछि सहरी विकासबाट प्रशासनीक भवनकालागि बजेट प्राप्त भएको थियो उनले भने, बजेटमा संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत लगानीमा भवन निर्माण भई रहेको छ ।
चालु आर्थिक बर्षमा पनि संघिय र प्रदेशबाट प्राप्त हुने बजेट पनि भवन छिट्टै सम्पन्न होस भनि माग गरिदिएको छु, उनले थपे, निर्माण कम्पनीलेले तिब्र रुपमै काम गरिरहेको छ । गाउपालिकाले पनि हुने जति भवन निर्माणमा सहजीकरण गर्दै आएको छ । गाउपालिकाको आफ्नै भवन नभएका कारण वार्ड नं.३ को भवन र बहुउदेश्यि सभाहलमा पार्टेसन गरि कार्य सञ्चालन भई रहेको छ । भवन सम्पन्न भई आफ्नै प्रशासनिक भवनमा परे पछि सभा हल र वार्ड कार्यालयमा खुम्चिएको गाउपालिकाको प्रशासनिक कार्य सहज हुनुका साथै वार्ड कार्यालयले पनि आफ्ना पुर्वाधार प्राप्त गरेर सेवा सहज बनाउने छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *