मौषम परिवर्तनले पृथ्वीचन्द्र अस्पतालमा विरामीको सँख्या ह्वात्तै बढयो

नवलपरासी,३ चैत्र
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा अहिले विरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौषम परिवर्तन र सेवा प्रवाहमा सहजतासँगै सेवा थपले पनि विरामीको संख्या बढदै गएको हो ।
अस्पतालका अनुसासद अहिले दैनिक ५ सय भन्दा बढि विरामी अस्पतालमा आउन थालेका छन् । जाडोमा केही कम विरामी भए पनि अहिले फागुन अन्तिम साता देखी दैनिक विरामीको सख्या बढदै गएको अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । अस्पतालमा सेवा थपिदे गएकोले पनि विरामीको आकर्षण बढेको हुन सक्छ, उनले भने,तर मौषमी कारण पनि प्रमुख कारणको रुपमा रहेको देखिन्छ । विरामी बढदै जादा अस्पतालका चिकित्सकलाई पनि कामको चाप थपिदै गएको उनको भनाई थियो । उनका अनुसार विगत एक बर्ष देखी विरामलाई सहज सेवा प्रवाहका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालले विभिन्न सेवा थप्ने कार्यलाई निरन्तरता दिन थालेको हो । दुई महिना देखी अस्पतालमा मुटु रोग सम्बन्धि जाँच(इको) र पेट भित्रको घाँउको अवस्था पत्ता लगाउने इण्डोस्कोपी सेवा सञ्चालनमा ल्याइ सकेको छ ।
सघन उपचार कक्ष(आईसियु) सेवाका लागि आवश्यक पुर्वाधार निर्माण गर्न टेण्डर समेत भई सकेकोले काम सम्पन्न हुने वित्तिकै आईसियु सेवा पनि प्रारम्भ हुने उनले जानकारी गराए । त्यसै गरि आँखाको चेकजाँच पनि हुने गरेको छ,त्यसका लागि अस्पताल भित्रै चश्मा बनाउने र वितरण गर्ने गरि कक्षको तयारी भई रहेको उनले देखाए । सेवामा विविधिता थपिदै जादा विरामीको चाँप बढदै जानु स्वभाविक भएको उनको भनाई थियो । सेवालाई विस्तारै गुणस्तरिय बनाउदै लैजाने लक्ष्य समेत रहेको उनले सुनाएका थिए ।
बर्षाै देखी स्टोरमा फालिएको लाखौ रुपिया पर्ने इको मेसिनको उपयोग गरि गत महिना देखी इको सेवा सुचारु गरिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले देखाएका थिए । अस्पतालमा इको सेवा भएन भन्दै गुनासो बढदै थियो,इको मेसिनको खरिद गर्नेसम्मको निर्णय भयो,तर पछि इको मेसिन स्टोरमै रहेको देखायो । सो मेसिन नयाँ र चालु अवस्थामै रहेको भेटियो । अस्पतालमा सो सेवा नपाएर ग्रामिण क्षेत्रबाट आउने विरामी कि महगोँ शुल्क तिरेर निजी अस्पताल र क्लिनीकमा गराउनु पर्ने कि भैरहवा र बुटवल जानु पर्ने बाध्यता थियो ।
संघिय सरकारबाट इण्डोस्कोपी मेसिन उपलब्ध भए पश्चात दुई महिना देखी अस्पतालमा इण्डोस्कोपी सेवा पनि सुचारु भई रहेको छ । अस्पतालमा बालरोग विशेषज्ञ समेत आएको हुदा एनआईसियु सेवा सञ्चालनमा छ । डायलसिस सेवा पनि यसै आर्थिक बर्ष देखी सुचारु छ । आईसियु सञ्चालनका लागि कर्मचारी भर्ना भई तालिम समेत प्राप्त गरिसकेका छन् । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि गत जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका थिए । एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेका थिए । दुई साता भित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका थिए । जुन सेवाका लागि जिल्लामा दुई दर्जन बढि विरामी नियमित डायलसिस गर्न बुटवल र भैरहवा जानु पर्ने समस्या झेल्दै आएका बिरामीलाई राहत हुने भएको छ ।
अध्यक्ष चौधरीको पहलमा झण्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उनी पुनःअध्यक्ष भएर आए पछि अहिले अस्पतालको नयाँ भवन समेत उदघाटन गराई सेवा थप्ने र भएका सेवा गुणस्तरिय बनाउने कार्यमा जुटेका छन् । उनका अनुसार बुधवार देखी अस्पतालमा नाक,कान घाटीका विशेषञ चिकित्सक मार्फत सेवा विस्तार भएको समेत उनले जानकारी गराए । त्यसै गरि अस्पतालमा शैक्षणिक कार्यक्रमका लागि आफुले पहल गरिरहेको बताएका थिए ।
त्यसै गरि गत मंसिर १० गते देखी अस्पतालले हिस्टोप्याथोलोजी सेवा परिक्षणका लागि सहुलिय दर निर्धारण गरि सिम्पल कलेक्सन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाएर विरामीलाई सहजीकरण गर्ने निर्णय समेत भएको उनले बताएका थिए । जस्मा टेष्ट गर्ने एच एण्ड इ स्टेन बायोप्सोको रु ६ सय ८०,प्याप स्मियरको रु.२ सय ६०,गिम्सा स्टेनको रु.९०,फ्लुइड गिम्सा स्टेनरु.९०,एफ सी. ए.एन. रु.३ सय ४०,फ्लुइडसाइटोलोजी(शरिरको तरल,थुक) रु १ सय ७० लिक्विड वेस्ट साईटोलोजी १ हजार १ सय ९० को दर तोकेको छ । स्किृनिगँ इकोकार्डियोग्राफी को पनि १ हजार तोकेर सेवा प्रदान गरिरहेको छ । अस्पतालमा हुने माईनर प्रोसेड्युरको दररेडमा नर्मललाई रु.५ से देखी १ हजार ५ सय र एएचएसमा रु.८ सय देखी १ हजार ८ सय हुने जनाएको छ । जस्मा नैल रिमुभल,कर्न रिमुभल,ग्याँगोलियन क्यास्ट रिमुभवल र बर्थोलिन क्यास्ट रिमोभल सेवा समावेश छन् ।
अस्पतालका कर्मचारी,चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुष्तदुरुष्त बनाउदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउनमा मिलेर अगाडी बढने समेत उनले सुनाएका थिए । अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ६ जना विशेषज्ञ चिकित्सक गरि कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ । ५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित २० जना कार्यरत छन् । अस्पतालमा अहिले चिकित्सकसँगै गैर ब्यवस्थापकिय कार्यका लागि गैर प्राविधिक र कर्मचारीको आवश्यकता रहेको देखिएको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *