प्राचीन कोलियराज संरक्षण समिति बनाउन साँसद गुप्ताको पहल,स्थानियमा उत्साह

नवलपरासी,१७ चैत्र
जिल्लाबाट नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ता प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) लगायत कोलिय राज्य भित्रका विभिन्न नगर र बौद्ध स्थलको संरक्षण गर्ने गरि कोलियराज संरक्षण विकास समितिको पहल थालेका छन् । कोलिय राजको राजधानी सहित डेढ दर्जन प्राचीन नगर र बौद्ध स्थलहरु अहिले पहिचानमा आई सकेको हुदा कोलियराजका सबै संरचना र कोलिय संस्कृतिको पुर्नत्थान गर्न सो बिकास समिति बनाउन उनले पर्यटन मन्त्री खडकराज पौडेलसँग परामर्शमा जुटेको उनको सचिवालयले जनाएको हो ।
प्राचीन संस्कृति जोगाउने र त्यसलाई बौद्धकालिन सभ्यातासँगै पर्यटकिय क्षेत्रको विकासका लागि संघिय सरकारले समिति बनाइदिनका लागि साँसद गुप्ताले अवधारणा समेत पर्यटन मन्त्रीलाई प्रस्तुत गरेका थिए । साँसद गुप्ता सोही क्षेत्रका पुर्व मेयर समेत हुदा विभिन्न कामहरु गरेका थिए,अहिले साँसद भए पछि संघिय सरकार मार्फत कार्य हुनेमा स्थानिय विश्वस्त देखिएका छन् । स्थानिय उत्साही समेत भएका छन् । हालसम्म कोलियराज भित्रका बौद्धकालिन स्थलको रुपमा रामग्राम नगरपालिका भित्र राजधानी क्षेत्र पण्डितपुर,भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप,यशोधारा उद्यान क्षेत्र ननई,संघाराम क्षेत्र देवगाव र कोलिय राज परिवारले बन विहार गर्दा बसोबास गर्ने धरमपुर तथा हडैया पोखरी क्षेत्र रहेका छन् ।
त्यसै गरि कोलिय राज्य भित्रकै प्राचीन नगर(निगम)को रुपमा रहेको सरावल गाउपालिका भित्रको कोलियपुत्री बुद्धकी अग्रउपासिका सुप्प्रबासा,उनको छोरा सिवली जन्मेको स्थान बाँसा क्षेत्र,बुद्धका अग्रसेवक आनन्द र उनका चिकित्सक जिवन बास बसेको स्थान कुण्डिय नगर भगडा,बुद्धले गृहशुख सन्देश दिएको स्थान प्राचीन ककरपत्त नगर जावा,उनले गामणी सेठलाई दान पारमिताबारे धर्म देशना सुनाएको स्थान प्राचीन सायुगा सरावल क्षेत्र रहेका छन् । त्यसै गरि पाल्हीनन्दन गाउपालिकामा रहेको कोलिय राजाहरु जलविहार गर्न जाने र बास बस्ने नन्दननगर(पडरी) र ति नगरको मंगल पोखरीको रुपमा रहेको नन्दन ताल क्षेत्र(सनई) रहेको छ । सुनवल नगरपालिकाको तरगौली ताल क्षेत्र पनि कोलिय राज्यकै उत्तर नगरको रुपमा पहिचानमा आएको छ । जहाँ बुद्धलाई मायाबी हुन भनेर आलोचकले आरोप लगाउदा उनले आफु माया जान्ने मायाबी नभई मुतिmको मार्ग जान्ने अष्टागिँक मार्गको जानकारी गराएका थिए ।
त्यसै गरि वर्दघाट नगरपालिकाको दविला स्थित बुद्धमँगल ताल जहाँ बुद्ध आफ्ना भिच्छुसँगै पुगेका थिए र चार ब्रम्हविहारको धर्मदेशना सुनाएका थिए । प्रतापपुर गाउपालिकाको बाउन्नगढी पनि बौद्धकालिन गजगढीको रुपमा रहेको भन्ने जानकारहरुको मान्यता रहेको छ । सुस्ता गाउपालिकाको सतपतिमा बुद्धले आफ्नो ज्ञानको सतिपट्ठान सुत्र सुनाई अभ्यास गराएका थिए । त्यसै गरि सिद्धार्थ गौतम ज्ञानको खोजीमा गृह त्याग गरि जादा कोलिय राज्यको अन्मिम सिमा अनोमा नदीमा पुगेर कपाडमुण्डन गरि महाभिनिष्क्रमण लिएको स्थान अनोमाघाट(ठाढीघाट) समेत पर्यटन बोर्डले बुद्धको प्रवज्जया स्थल भनेर घोषणा गरि सकेको छ । त्यसै गरि हाल रुपन्देही जिल्लामा परे पनि रोहिणी नदी क्षेत्रमा बुद्धले पहिलो पटक दिएको शान्ति सन्देश स्थल,समृद्धि सुत्तको सन्देश सुनाएको प्राचीन सिलावती गाव(सिलवटिया) र कोलिय शाक्यको कुटनीतिक कुरा भई राख्ने क्षेत्र जहाँ कुनै दह थियो,जहाँ देवदत्त आउने गरेका थिए । ति क्षेत्र नै देवदह हो ।
विगत बर्षमा पनि पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले विगत बर्षमा नै भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको छ । सो स्थान कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो । कोलिय गणराज्यको महत्व बौद्धमार्गीका लागि ठूलो छ । कोलिय राजाहरुकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ ।
सो स्तुप अहिलेसम्म मौलिक रुपमा बचाई राख्नका लागि कोलियहरुको ठूलो योगदान हुनु पर्छ । तत्कालिन मगध सम्राट अशोकले अन्य ७ वटा स्तुपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तुप उत्खनन नगरि मौलिक रुपमा छाडि दिइनुको पनि कुनै अध्यात्मिक रहस्य नै भएको हुनु पर्छ । यस क्षेत्रको खोज हुदै जादा अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । राजधानी क्षेत्रका अन्तोनगर र बाह्रय नगर गरि विभिन्न बस्तीहरु १०० विघा क्षेत्रफलमा फैलिएको अनुमान पुरात्व टोलीले गरेको छ । गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *