प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासीमा नेतृत्व चयन

नवलपरासी,१९ पुस
प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासी जिल्ला नेतृत्व चयन भएको छ । पार्टीको लुम्विनी स्तरीय भेलाले गत पुष १२ गते जिल्ला इन्चार्जमा गोपी ज्ञवाली र जिल्ला प्रमुखमा चन्द्रभुषण पाठक(आलोक)लाइ जिमेवारी दिएको हो ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजबादी पार्टी नयाँ शक्ती र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्टिय अभियान र राष्टिय स्वतन्त्र पार्टी परित्याग गरेका संतोश परियारको समुह एकतापछि गत मंसिरमा प्रगतिशील लोकतान्त्रीक पार्टी घोषणा भएको थियो । उतm पार्टीको जिल्लामा पनि नेतृत्व चयन गरि कृयाशिल बनाइएको जिल्ला इन्चार्ज गोपी ज्ञवालीले परासी प्रेस क्लब मार्फत पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी गराएका थिए ।
उनले भने, “जेनजी प्रदर्शनलाइ सम्बोधन गर्ने नयाँ विचार नयाँ ठाउँमा जाने गरी प्रगतिशील लोकतान्त्रीक पार्टी गठन गरेको हो । साथै पार्टीको भेलाले (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सीता बौडेल,र सद्दाम शेषलाइ सिपारीस गरिएको छ भने क्षेत्र नं २ बाट केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य चिनक कुर्मी,केन्द्रीय सदस्य गोपी ज्ञवाली,आलोक पाठक र शैलेन्द्र हरिजनको नाम सिपारीस गरिएको कतान्त्रीक पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोपी ज्ञवालीले शनिवार पत्रकार भेटघाट मार्फत जानकारी गराएका थिए ।
पार्टीको तर्फबाट बन्द सुचिमा नवलपरासीबाट महिला कलष्टरबाट सुनिता काफले र मुसलिम कलष्टरबाट बुद्धन अलिको नाम समावेश गरिएको बताइएको छ।काफले पार्टीको केन्द्रीय सदस्य एवं महिला संघको केन्द्रीय संयोजक हुन भने अलि प्रदेश सदस्य हुन । अगामी पुष २६ गते शनिवारका दिन जिल्ला समायोजन भेला पार्टीको नवलपरासी जिल्ला समिती घोषणा गर्ने निर्णय गरेको जिल्ला प्रमुख आलोक पाठकले जानकारी दिएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *