
नवलपरासी, २० पुस
जिल्लाको पाल्हीनन्दन गाउँपालिकाको सदरमुकाम बेलासपुर चोकलाई ब्यवस्थित गर्न कदम चालेको छ । चोक ब्यवस्थापन नहदुा हुने दुर्घटनाका कारण आधा दर्जनको ज्यान गएको र दर्जनौ घइते भएको जनगुनासो हुन थाले पछि पालिका सरकारले सो कदम उठाएको हो ।
गाउपालिकाले आईतवार चोक ब्यवस्थापनका लागि सर्वपक्षिय भेला आयोजना गरी औपचारिक निर्णय गरेर चोकको सुन्दरीकरण गर्न गाउँपालिका सक्रिय भई काम गर्ने जानकारी गराएको थियो । चोकमा बढदो दुर्घटना न्युनिकरण गर्न र चोकको बजारलाई व्यस्थित गर्न गाउँपालिका लागी परेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी थिए । बेलासपुर चोकको सौन्दर्यिकरण र त्यहाँ रहेका अनाधिकृत अस्थायी संरचना, पान टंकी, तरकारी तथा फलफुल पसल र ठेल्लाहरुलाई व्यस्थित गर्न लागिएको उनको भनाई थियो ।
अध्यक्ष गुप्ताको नेतृत्वमा वडा अध्यक्षहरु, प्रशासनिक तथा प्राविधिक टोली र नगर प्रहरीहरुले सडकको दुबै साईडमा रेखाङ्कन गर्दै बिच बाटोबाट ५० फिट भित्र क्षेत्रमा बनाइएका अवैध अस्थायी संरचना, टहरा, चिया पसल, पान पसल, टंकीहरु र फलफुलका पसल तथा ठेल्लाहरु हटाउन आग्रह समेत गरेको छ । सडकको दुबै साईडमा ५०÷५० फिट जग्गा छोडेर कुनै कामकाज गर्न स्थानियलाई सडक मापदण्ड रहेपनि चोकका केहि स्थानिय व्यपारीहरुले अस्थायी अवैध संरचनाहरु बनाई व्यवसाय र व्यपार गर्दै आएका छन् ।
बाटोकै छेउमा तरकारी पसल, फलफुल पसल, चटपटे ठेल्लाहरु संचालन गर्दा बाटोमा आवत जावत गर्ने सवारी साधनहरुलाई अप्ठयारो हुने र दुर्घटना समेत बढदै जाने जोखिमलाई कम गर्न पालिकाले यस्तो कदम चालेको अध्यक्ष गुप्ताले जानकारी गराए । यसका कार्यका लागि आवश्यक बजेट र जनशक्ति गाउँपालिकाबाट परिचालन गरिने छ, उनले भने, बेलासपुरको साँगुरो जिर्ण पुलको दुबै साईडमा पैदल यात्रीका लागि ४÷४ फिटको फलामको रैलिङ्ग सहित फुटवे बनाउने छ ।
उनका अनुसार सब्जी मण्डीलाई शसस्त्र प्रहरी चेक पोष्टको पछाडी पश्चिम तर्फ रहेको सार्वजनिक जग्गामा व्यस्थित गरिने छ भने चोकको उत्तर र दक्षिण तर्फ १००÷१०० मिटर दुरीमा अस्थायी ढल समेत बनाएर बाटोलाई फराकिलो बनाइने छ । सफासुन्दर बनाउने पालिकाको योजना रहेको पालिकाको लेखा अधिकृत संजय कुमार शर्माले जनाकारी गराए । नहरको डिलमा रहेका रुखहरुलाई रंगाउने, नहर सफा गराउने र नहरको डिलमा बस्ने कुर्चीहरु राखि चोकको सुन्दरीकरणका लागि पालिका गृहकार्यमा जुटीरहेको लेखा अधिकृत शर्माको भनाई थियो । चोकमा टावर लाइट जडान भइसकेको छ,उनले भने, जेबरा क्रसिंग, टराफिक बिट बनाइने र साइनिंन हुने सचेतना बोर्डहरू पनि राखिने छ ।

बेलासपुर चोकलाई व्यस्थित चोकको रुपमा व्यस्थित गर्न, सब्जी मण्डीलाई पनि व्यस्थित गर्न र चोकको सुन्दरीकरण गर्नका लागि पालिकामा गाउँपालिका अध्यक्ष गुप्ताको अध्यक्षतामा सर्वपक्षित छलफल समेत भएको थियो । छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, गाउँपालका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौड, लेखा अधिकृत संजय शर्मा, सिमा प्रहरी चौकीका ईन्चार्ज, शसस्त्र प्रहरी बल नेपाल बेलासपुर २६ नंं गणका प्रतिनिधि र स्थानिय सरोकारवालाहरुको सहभागिता रहेको थियो । छलफलमा सबैको साकारात्मक सुझाव प्राप्त भएको थियो ।
छलफल पश्चात बेलासपुर चोकमा रेखाङ्कनको कार्यमा लागिएको र चोकलाई व्यस्थित चोक बनाउन र सम्भावित दुर्घटनाको जोखिमालई न्युनिकरणमा लागि परिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जनाए । बेलासपुर चोकलाई व्यस्थित र सुन्दर चोकको रुपमा देख्न पाउने आशाले गाउँपालिकाका जनताहरु खुशी हाली छाएको छ ।
केही दिन पहिला महेशपुर मुल भन्सार जोड्ने सुनवल परासी महेशपुर सडकको विस्तार हुदै गर्दा पुलको चौडाई बनाउने तर्फ कार्य नहुदा आधा दर्जन ज्यान गुमाएको देखेको तयुस खाँले ध्यानाकर्षण समेत गराएका थिए । उनले आफुले पालिकामा र यस क्षेत्रमा आउने प्रदेश सांसद,संयिघ साँसदलाई समेत यसबारे अवगत गराएको जानकारी गराएका थिए । उनका अनुसार गत मंसिरमा समेत पुल नजिकै एक बालकले दुर्घटनामा परि ज्यान गुमाए । दर्जर्नौ घाईते समेत भई रहेका छन्,। तर दुर्घटनाका कारणको खोजी भने भई रहेको छैन् । कारण खोज्ने र निवारणका उपाय अपनाउने कार्य सरकारी निकायबाट नभएको उनको आरोप थियो ।
त्यसमा पनि नहरकै सडक र मुल सडकको चोकमै पर्ने उतm पुलमा थप चाँप बढदै गएको देखिएको छ । महेशपुर वा परासीबाट आउने जाने सवारीसाधनले पुर्वपश्चिमको गण्डक सडकबाट पनि केही आईरहेको होलान भन्ने भान नै पाउदैनन् । सो चोकमा ट्रफिक संकेतहरु पनि छैन् । त्यसैमा शसस्त्र प्रहरीको चेकपोष्ट पनि पुल नजिकै करिब १० मिटरको दुरीमा छ । दुई वटा गाडी उभियो भन्ने आर्को गाडी पुलमै रोकिनु पर्ने अवस्था हुन्छ । जस्मा मोटरसाईकल र पैदलयात्रुलाई नै छिर्न सकस हुन्छ । यस्तो अवस्थाबारे सरकार र शुरक्षा निकाय नै गैरजिम्मेवार देखिएको उनको भनाई थियो ।
पुलको स्तरोन्नतीबारे प्रतिकृया दिदै सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले उतm सडक संघिय सरकार मातहत भएको बताएका थिए । आर्को तर्फ नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको मुल नहर भएको र उतm प्रणालीको ब्यवस्थापन कार्यालय समेत संघिय सरकार मातहत कै भएको बताए । तर पनि आफुले ति कार्यालयसँग पुलको स्तरोन्नतीबारे पहल गर्ने दाबी सुनाएका थिए । उता गण्डक सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले उतm पुल सडक आयोजनाले नै बनाउनु पर्ने बताउदै त्यसका लागि समन्वय गरि दिइने कार्य कार्यालयले गर्न सक्ने बताएका थिए । दशक पहिला गर्नु पर्ने चोक ब्यवस्थापन कार्य ढिलै भए पनि शुरुवात भएकोमा खाँनले खुशी ब्यतm गरेका थिए ।

