
नवलपरासी,६ चैत्र
जिल्लाको पाल्हीनन्दन गाउपालिकाले अनिवार्य तथा निशुल्क शिक्षाबारे सरोकारवालासँग छलफल अगाडी बढाएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि पालिका भित्रका सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यपकहरुसंग अन्तरक्रिया छलफल गरेको हो ।
गाउपालिका अध्यक्षले आफ्नै कार्यकक्षमा बैठक डाकेर विद्यालयको गुणस्तरबारे छलफल चलाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जानकारी गराएका हुन् ।सरकारले लगानी गर्ने पालिकाले समेत विद्यालयका माग अनुसारको आवश्यक शैक्षिक समाग्रि,यातायताका साधनहरु समेत उपलब्ध गराउदा पनि शिक्षक तथा ब्यवस्थापन समितिले सोचे जस्तो नतिजा निकाल्न नसकेको प्रति गाउपालिकाले चिन्ता ब्यतm गरेको छ । विद्यार्थी र अभिावक तथा शिक्षक र ब्यवस्थापन समिति यि चारै खम्बा मिलेमा मात्र गुणस्तरिय शिक्षा दिन सकिन्छ । यस्ले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने छ ।
गाउपालिकामा रहेका सामुदायिक विद्यालयहरु प्रति यहाँका विद्यार्थीहरुलाई रुची बढाउन नक्सदा विद्यार्थी सदरमुकाम परासी,सुनवल,बुटवल पुग्ने गरेको गुनासो समेत पालिकाका कर्मचारी पदाधिकारीको रहेको थियो । विद्यालयमा विद्यार्थी रोक्न,शैािक्षक गुणस्तर नै प्रमुख विषय हो,अधिकृत गौडले भनेका थिए,यसका लागि शिक्षक र ब्यवस्थापन समिति समेत गभ्भिर भएर शुक्ष्म अनुसंधान गर्नु पर्यो,कारण पत्ता लगाई त्यसका लागि काम पनि गर्नु पर्यो,गाउपालिकाबाट के कस्ता सहयोग चाहिएको हो,जानकारी गराउद पर्यो । गाउपालिकाले पनि नीति नियम भित्र रहेर आवश्यक सहकार्यमा जोट्नेमा जोड दिएको थियो ।
गाउपालिकाले विगत बर्षमै सुकदेव मावि सनई,हरपुर माविलाई दुई वटा यातायातका लागि बस उपलब्ध गराएको थियो । तर ति विद्यालयहरुले उतm बस सञ्चालनमै ल्याउन सकेन् । एउटा बस अहिले आदर्श मावि परासीलाई उपलब्ध गराएको छ,भने आर्को सुकदेव माविको बस पनि सञ्चालन हुन सकेको छैन् । लाखौ लगानी गरे पनि परिणाम सन्तोषजनक छैन्,यसका लागि समिति र शिक्षक दुबै पक्ष सक्रिय हुन पर्यो । समितिको काम बैठक मात्र बस्ने होईन,उत्तरदायित्व लिई विद्यालयमा संख्यात्मक गुणात्वमक कार्य गर्नु पर्छ, साधन स्रोत जोड्नमा लाग्नु पर्छ । अभिभावकलाई सहजीकरण पनि गर्नु पर्छ । शिक्षक पनि आउने जाने डियुटी मात्र गरेर नपुग्ने उनले बताएका थिए । उत्तरदायित्व लिई काम गर्नु पर्ने आजको आवश्यकता छ ।
के गर्दा पालिकाका विद्यार्थी पालिका भित्रैका विद्यालयमा बस्न उत्साही हुन्छन्,बस्ने वातावरण शिक्षक र ब्यवस्थापन समितिकै हो,उनले भने,गाउपालिकाले तँ आर्थिक भौतिक लागनी गर्न सक्छ,चलाउने कार्य स्वम्विद्यालयसँग सरोकार राख्ने निकाय कै हो । यसका लागि पनि विद्यालय स्तरबाटै कार्ययोजना बनाई काम गर्नु पर्ने आवश्यकता औल्याएका थिए । गाउपालिकाले करोडौको लगानी शिक्षा क्षेत्रमा गरेको छ,तर पालिकाका विद्यार्थी रोक्न सकिएको छैन्,यसको पछाडीको मनोविज्ञान समेत बुझ्नु पर्ने आवश्यकता सो छलफलमा उठाइएको थियो ।
