
नवलपरासी, ९ चैत्र
सदियौ देखी ओझेलमा परेको जिल्लाको पाल्हीनन्दन ४ स्थित शिवपार्वती सिद्धधाम क्षेत्रको वृहद विकास गरिने उदेश्यले धाम स्थित पोखरी ब्यवस्थापन कार्य शुभारम्भ भएको छ । गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले सोमवार एक औपचारिक कार्यक्रम गरि सो कार्यको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमको शुभारम्भ गर्दै उनले छ्ट्टिै यो धामको वृहद विकासका लागि गाउपालिका लागि परेको बताएका थिए । यस धामको विकासका लागि गाउपालिकासँगै प्रदेश र संघ सरकारबाट उत्तिकै सहयोग आवश्यक रहेको औल्याएका थिए । प्राचीन इतिहास बोकेको सो धामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य उनले सुनाएका थिए । संघिय सरकारको अनुदान सहयोगमा पौराणिक तथा सेनकालिन प्राचिन इतिहास बोकेको सो संरक्षण र विकासका काम अगाडी बढाइएको जानकारी समेत गराएका थिए ।
ऐतिहासिक र अध्यात्मिक केन्द्रको रुपमा विकसित गर्नका लागि संघिय सरकारबाट करिब दुई करोड अनुदान प्राप्त गरेको र सो रकमबाट सिद्धधाममा आवश्यक पुर्वाधार विकास,संरक्षण,अध्यात्कि अभ्यास केन्द्र लगायतका क्षेत्रमा लगानी गरि अन्तराष्ट्रिय रुपमा पहिचान गराउने लक्ष्य लिएको जानकारी गराए । विगतमा पनि सो सिद्धधाम क्षेत्रमा संरक्षण र विकासका कार्य गर्न खोजिएको थियो,उनले भने,तर प्रयाप्त स्रोत ब्यवस्थापन हुन सकेको थिएन्,अहिले संघिय सरकारसँग माग गर्दा अनुदान सहयोग पाइएको छ ।
प्राचीनकाल देखी कै सिद्धधाम सदियौ देखि ओझेलमा रहेको तर अहिले स्रोत ब्यवस्थापनले काम अगाडी बढाउन सहज भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले बताका थिए । उनका अनुसार त्यसका लािग आवश्यक काम गर्न टेण्डर भई काम भई रहेको छ ।सो क्षेत्रको विकास,संरक्षणसँगै आवश्यक कामको सुचिकरण र प्राथमिकीकरण गर्ने कार्य स्थानियसँग छलफल गरिदै अगाडी बढने लक्ष्य अनुसार काम भईरहेको गाउपालिकाका लेखा अधिकृत सञ्जय शर्माले जानकारी गराएका थिए । यस क्षेत्रको विकासमा सबैको सहयोग हुन आवश्यक छ । स्थान मात्रै पाल्हीनन्दन गाउपालिका भए पनि प्राचीन सेन समराज्यको ऐतिहासिक धरोहर भएको र पौराणिक कालको इतिहास बोकेकोले सम्पुर्ण श्रद्धालुहरुकै चाँसो हुनु पर्ने उनको भनाई थियो ।
उनका अनुसार यहाँ अध्यात्मिक अभ्यास मात्रै नभई संस्कृति तथा धार्मिक शिक्षाको पठन पाठन पनि आवश्यक देखिएको छ । यसले गर्दा यो शतिm केन्द्रमा अध्यात्मिक शतिm केन्द्रित गर्न सकिन्छ । बालबालिकालाई रमाउने गरि पोखरीको ब्यवस्थापन, ढुगाँ,सानो स्टिमर सञ्चालन गर्ने तयारी सहित काम हुने छ । पुर्विय दर्शनमा आधारित संस्कृति शिक्षा र परापुर्व काल देखी नै यस क्षेत्रमा शिवरात्रीको मेला लाग्ने र साउन मासमा नियमित जलअर्पण कार्य हुदै आएको छ । बेला बेला रुद्री महायज्ञको समेत आयोजना हुने गरेको स्थानिय रामनरेश दास पटनवारले बताए । विगत बर्षमा यहाँ थुप्रै ऋषिहरु बस्दै आएको स्थान हो,उनले सो स्थानमा ति ऋषिहरुको समाधि स्थल छ । ब्यवस्थापन हुन नसक्दा ति ऋषिहरुको समाधि स्थल पनि अलपत्र अवस्थामा छ । पुर्वाधारको रुपमा मन्दिर,धर्मशाला,प्रार्थना स्थल,यज्ञशाला,स्थान स्थल र झण्डै चार विघा क्षेत्रफलमा फैलिएको प्राचिन पोखरी पनि रहेको छ ।
शिवरात्रीको मात्रै पुजापाठ गरेर पुग्दैन, उनले भने, जानकार तथा सिद्ध योगि तथा ऋषिको उपस्थितीमा शिव भगवानसँग श्रद्धा र आस्था राख्ने गरेको भतmजनका लागि स्रोह सोमवार ब्रतकथा,नियमित जाप साधान,साउने मेला लगायतका अन्य शिव पुराण तथा कथामा आधारित धार्मिक तथा सांस्कृतिक गतिविधिले यहाँ धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसले धार्मिक पर्यटनसँग जोडेर विकास गर्नु पर्छ । सदरमुकाम परासी देखी चार किलोमिटर दक्षिणमा रहेको छ । सो स्थानमा सार्वजनिक यातायातहरु समेत चल्ने हुदा तिर्थालुहरुलाई सहज ढंगले पुग्न सक्ने अवस्था रहेको छ ।
शिवपुराणका आधारमा शिवका पत्नि सतिले अग्नि दाह गरे पश्चात विरतm भएका शिवले सतीका शव लिई ब्रम्हाण्डमा विचरण गरि रहेको अवस्थामा सतिको केही अंगभाग पाल्हीमा खसेको थियो । सतिको अंगभाग खसेको स्थान अहिलेको पाल्ही कोटकी मन्दिर शतिmपिठको रुपमा अवस्थित छ । पछि सतिको आर्को जन्म पार्वतीको रुपमा भएको थियो । उनका छोराहरु भगवान शिवसँग सति माताको पुर्व कथा सुनाउने र अँगभाग खसेको स्थानको पहिचान गराउनका लागि पृथ्वीमा आएर देखाउने आग्रह गरेका थिए । तत्पश्चात शिव भगवान आफ्ना छोराहरु कार्तिके र गणेशलाई लिईएर शतिmपिठको पहिचान गराउन पृथ्वीमा प्रकट भए र यहिँ सिद्धधाम स्थलमा प्रकट भएर पाल्ही भगवाती शतिmपिठ दृष्यावलोकन गराएका थिए । पौराणिक मान्तयता अनुसार नै परापुर्वकाल देखी लोहरौली स्थित शिवालय रहेको मान्यता छ ।
यता सेन सामराज्य अन्तरगत नै पर्ने पाल्पा राज्यका तराईका २ प्रगन्ना(इलाका) विनायकपुर र तिलपुर थिए,जुन रोहिणी नदिदेखी नारायणी नदीसम्म र हालको भारत महराजगँज जिल्ला भएको भुभाग तिलपुर अन्तरगत थियो । तिलपुरका प्रमुख बजार पाल्ही र निचलौल थिए । तानसेन देखी माथागढी र महलपोखरीको बाटो हुदै पाल्हीको ब्यपार चल्थ्यो र बंगालसँग जोडिने यो मार्ग थियो । पाल्पालाई नेपालमा गाभे पछी पाल्हीमा नेपालले कब्जा गरे पनि निचलौलको भुभाग सुगौली सन्धिले छाड्न परेको देखिन्छ ।
तराईको भुभागको बारेमा भएका सिमा विवाद सुल्झाउन नेपाल र अँग्रेजका प्रतिनिधिहरुको धेरै पटक पाल्हीमा वाता गरेका थिए, यहिँ कारण नेपाल अँग्रेज युद्धका धेरै दस्तावेजमा पाल्ही उल्लेख भएको पाईन्छ । अवधका नवावहरुसँग विशेष सम्बन्ध रहेका धार्मिक प्रकृतिका पाल्पाली राजा महादत्त सेनले पाल्ही भगवती मन्दिर देखी पुर्वमा शिवालय निर्माण गर्न शुरु भएको र उनको मृत्यु वा अन्य कारणले शिवालयको कार्य पुरा हुन नसकेको सन १८३० तिर त्यहाँ आईपुगेका एक वृटिस अध्ययेताले आफ्ना विवरणमा उल्लेख गरेका छन् । उतm शिवालय मन्दिर देखी ५ सय मिटर उत्तर तर्फ भएको हो वा लोहरौली स्थित शिवपार्वती सिद्धधाम शिवालय नै भएको मान्यता छ ।
