परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन

नवलपरासी ,२ भदो
अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै परासी बजारको मखनमोख क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ।

अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या र क्यान्सरको उपचार तथा शल्यक्रियाका लागि यसअघि चितवन र काठमाडौं जानुपर्ने बाध्यता रहेकोमा परासीमै विशेषज्ञ सेवा उपलब्ध भएपछि स्थानीय बिरामीलाई सहज भएको छ। उपचारका लागि टाढा जानुपर्ने र लामो समय पालो कुर्नुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको छ।

अर्थोपेडिक विशेषज्ञ डा। विजया गुप्ताको नेतृत्वमा सञ्चालनमा आएको अर्थोपेडिक स्पेसियालिटी क्लिनिकले हात, खुट्टा, जोर्नी तथा हड्डीसँग सम्बन्धित विभिन्न समस्याको निदान, उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, क्यान्सरसँग सम्बन्धित शल्यक्रिया तथा उपचार सेवासमेत उपलब्ध रहेको क्लिनिकले जनाएको छ।

क्लिनिकका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा विशेषज्ञ डा। गुप्ताले बिरामीको आवश्यकताअनुसार विभिन्न प्रकारका अर्थोपेडिक उपचार तथा शल्यक्रिया सेवा प्रदान गरिँदै आएको जानकारी दिए। उनका अनुसार क्लिनिकमा औषधि, शल्यक्रिया तथा उपचारपछिको फलोअप सेवासमेत उपलब्ध गराइनेछ।

क्लिनिकले अर्थोपेडिक तथा क्यान्सरसँग सम्बन्धित शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। डा। गुप्ताले एमबीबीएस तथा एमएस तहको अध्ययन पूरा गर्नुका साथै क्यान्सर अस्पतालमा फेलोसिप गरी क्यान्सरसम्बन्धी उपचार तथा शल्यक्रियामा थप अनुभव हासिल गरेको क्लिनिकले जनाएको छ।

परासीमै विशेषज्ञ सेवा उपलब्ध भएपछि स्थानीयस्तरमै गुणस्तरीय उपचार पाउने अवसर सिर्जना भएको क्लिनिकको दाबी छ। यसबाट अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या भएका बिरामीका साथै क्यान्सरका बिरामीलाई उपचारका लागि अन्य शहरमा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

क्लिनिकले आगामी दिनमा अर्थोपेडिक तथा स्पाइनसम्बन्धी उपचारसँगै क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा थप विस्तार गर्ने योजना रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *