
नवलपरासी,९ चैत्र
जिल्लाको रामग्राम नगर क्षेत्रका निषाद(केवट सहानी) जातीको भेला आयोजना गरि जातिय हक अधिकारबारे छलफल गरिएको छ । गृहराज निषाद जन्म जयन्ती समारोह कार्यक्रमसँगै भेलाको आयोजना गरि सम्पन्न गरिएको हो ।
सदरमुकाम परासीको बालमन्दिरमा उतm कार्यक्रमको आयोजना गरिएको स्थानिय राम बहादुर सहानीले जानकारी गराएका थिए । केवट निषाद विकास प्रतिष्ठान रामग्रामको आयोजनामा उतm कार्यक्रम गरिएको थियो । जातिय हक अधिकारका लागि सबै संगठित भई आफ्ना संस्कार र संस्कृति समेत संरक्षणबारे छलफल गरिएको थियो । जातिय पहिचान हराउदै गएको र राज्यबाट उपेक्षित हुदै आएको गुनासो समेत बतmाहरुले राखेका थिए ।
त्रेता युग कालिन निषाद राजा भएर प्राकृतिक जलासयमा अतिपत्य हुने निषाद बदलिदो परिस्थितीले उनीहरुलाई अहिले गरिबीको रेखामुनी पुर्याएको छ । तत्कालिन अयोध्याका राजा रामको बनबास हुदा निषाद राजाले जलासयमा ढुगाँ तारेर राजासँग मित्रता निभाएका थिए, पौराणिक मान्यता छ । त्यो बेला प्राकृतिक जलासयमा निषाद समुदाय मित्रका मल्लाह(माझी) र केवट(सहानी) दुई समुदाय रहेको मान्यता छ । प्राकृतिक जल माथि ढुगाँ तार्ने र माछा मारेर जिविको पार्जन गर्ने उनीहरुको पुर्खाैली पेशा हो,स्थानिय । त्यही भएर उनीहरु पुर्खाैली पेशा मान्यता अनुसारका पेशामा अल्झिदा खेतीपाती र पशुपालन तर्फ लागेनन् ।
निषाद जाति प्राचीनकालदेखि उल्लेख गरिएको एक समुदाय हो, जसलाई विशेषगरी नदी, ताल र जलस्रोतसँग जोडिएको जीवनशैलीका लागि चिनिन्छ। नेपाल, भारत लगायत दक्षिण एशियाका विभिन्न क्षेत्रमा निषाद समुदाय पाइन्छ । निषादको प्राचीन इतिहास प्राचीन हिन्दु ग्रन्थहरू रामायण र महाभारत मा पाइन्छ । रामायणमा “निषादराज गुह” भन्ने पात्र उल्लेखित छन्, जसले भगवान रामलाई वनवासको समयमा सहयोग गरेका थिए । महाभारतमा पनि निषाद समुदायलाई जंगल र नदी आसपास बसोबास गर्ने जातिका रूपमा वर्णन गरिएको छ । । निषाद जाति अत्यन्त पुरानो र ऐतिहासिक रूपमा महत्वपूर्ण समुदाय हो । परम्परागत पेशा निषाद जातिको मुख्य पेशा जलस्रोतसँग सम्बन्धित हुन्छ ।
नेपालमा निषाद समुदाय प्रायः तराई क्षेत्रमा बसोबास गर्छन् । सामाजिक अवस्था परम्परागत रूपमा निषाद जातिलाई समाजमा तल्लो वर्गमा राखिएको थियो। शिक्षा, स्वास्थ्य र आर्थिक अवसरमा केही पछाडि परेका थिए। अहिले भने क्रमशः चेतना र अवसर बढ्दै गएको छ। संस्कृति र परम्परा नदी, पानी र प्रकृतिसँग गहिरो सम्बन्ध आफ्नै लोकगीत, नृत्य र परम्परागत संस्कार माछा र जलजन्य खानामा आधारित जीवनशैली आधुनिक अवस्था अहिले निषाद समुदायले शिक्षा र राजनीति क्षेत्रमा पनि सहभागिता बढाइरहेका छन्।
सामाजिक समानता र अधिकारका लागि आवाज उठाइरहेका छन्। नेपाल र भारत दुबै देशमा उनीहरूको पहिचान मजबुत हुँदै गएको छ । निषाद जाति प्राचीनकालदेखि नै अस्तित्वमा रहेको, जलस्रोतसँग जोडिएको जीवनशैली भएको समुदाय हो। इतिहासमा उनीहरूको महत्वपूर्ण भूमिका भए पनि सामाजिक रूपमा पछाडि पारिएको अवस्था थियो, तर अहिले क्रमशः विकास र सशक्तिकरणतर्फ अगाडि बढिरहेका छन्।
