
नवलपरासी,२९ असार
नेपालकै पहिलो पँगास(बैखी)माछाका भुरा निकाल्न ह््याचरी निर्माण नवलपरासीको प्रतापपुर २ सेमरी स्थित एक कृषि अनुसंधान कम्पनीले शुरु गरे पछि जिल्ला स्थित सरोकारावाला कार्यालयले अनुगमन गरेको छ । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी,कृषि ज्ञान केन्द्र,जिल्ला प्रशासान कार्यालय तथा जिल्ला समन्वय समितिका अधिकारी तथा पदाधिकारी िसहितको अनुगमन टोलीले अनुगमन गरेको हो ।
नेपालमा बैखी माछाको बजारको सम्भावना राम्रो रहेको जनाउदै ए.के.एक्वा रिसर्च ह्याचरी प्रालि प्रतापपुर २ ले बैखी माछाको ह्याचरी निर्माण गरि भुरा निकाल्ने कार्य शुभारम्भ गरेको कुरालाई प्रशंसा गर्दै अनुगमन टोलीले यसको उचित ब्यवस्थजापनमा सरकारी सहयोग पनि आवश्यक रहेको प्रतिवद्धता जनाएको थियो । प्रजिअ दिपक राज नेपालले पनि यति ठूलो लगानी गरि कार्य गरिरहेको कृषि फर्मलाई सरोकारवाला कार्यालयले प्रोत्साहन गर्नु पर्ने औल्याएका थिए । जिसस प्रमुख भगौती यादवले पनि यो जिल्लाकै गौरवको कुरा गरेको सुनाएका थिए ।
अहिलेसम्म नेपालमा माछा पालन गर्ने किसानहरु बैखी माछाको भुरा भारत लगायत अन्य मुलुकबाट मगाउदै पालन गर्दै आएको थिए । अहिले ह्याचरी निर्माण गरि बैखी माछाको भुरा तयार हुन थालेका छन् । पहिलो टलमै सफल परिक्षण गरिएको सुनाउदै उनले बैखीको एउटै माउ माछाले करिब २ केजी अण्डा दिएको सुनाए । जुन अण्डामा कम्तीमा १० लाख भुरा(बच्चा) निस्कलने अनुमान गरिएको छ । अहिले भुरालाई ब्यवस्थित तरिकाले स्यार्ने कार्य भई रहेको छ, उनले भने,माँउ माछालाई पनि सुत्केरी जस्तै स्यार गर्न परि रहेको छ । माँउ माछाले दैनिक २० अण्डा सहित अन्य पोषण दिदै स्याने कार्य भई रहेको सुनाएका थिए । ६ केजीको माँउ बैखी माछा छ,उनले भने, माँउ र भुरालाई बैज्ञानिक तरिकाले नापतौल गरि नै सन्तुलित पोषणयुतm खाद्य पर्दार्थ दिर्दै स्यार्ने कार्य भई रहेका छन् । यो सिजनमा दुई करोडसम्म भुरा निकाल्ने लक्ष्य उनले सुनाएका थिए । पंगास मात्रै नभई कार्प प्रजाती लगायतका अन्य माछाका भुरा पनि तयार गरि विक्रि वितरण गरिनुका साथै आफ्नै पनि २० विघाको उत्पादन पोखरी तयार गरि माछापालन गर्दै आएको जानकार िगराएका थिए ।
विगत डेढ दशक देखी कार्प जातीका माछापालन गर्दै आएका यादव पछिल्लो तिन बर्ष देखी बैखी माछापालन तर्फ लागेका थिए । तिन बर्षसम्म बैखी माछाबाट मनग्य आमदनी गर्न सक्ने सम्भावना देखेर नै उनी अहिले अन्य मुलुकबाट भुरा मगाउदा केही झन्झटिलो हुने,उन्नत प्रजाती भन्दा केही कमसल हुने,खोजेको बेला उपलब्ध नहुने जस्ता समस्या देखेर अहिले आफ्नै फर्ममा २५ लाख लगानी गरि ह्याचरी निर्माण गराई रहेको सुनाए ।
नेपालमा प्रति सिजन ३ करोड देखी ५ करोड भुरा माग हुने गरेको छ । उनका कान्छा छोरा पनि माछामै अध्ययन गरि काम गरिरहेको भए पनि यसका लागि उनले अनुभवी थाईलैण्ड र बंगालबाट गरि थप दुई जना मत्य प्राविधिक बोलाई काम गराउदै आएको सुनाए । ति प्राविधिकहरु आफ्ना मुलुकमा बर्र्षाै यस्ता बैखी माछाका भुरा उत्पादन गर्नमा अनुभव प्राप्त छन् । फर्ममा प्रविधि मात्र भएर हुदैन, । प्राविधिक पनि चाहिन्छ,त्यसका लागि जहाँबाट प्राविधि ल्याएको छु,त्यहीबाट प्राविधिक पनि झिकाएको छु । कृषि फर्ममा करोर्डौको लगानी छ । तर करोडौको लगानीमा बनेका पोखरीमा माछाका भुरा अरुको भरमा पर्दा नोक्सानदायक रहेको छ । यसका लागि वरिपरिका अन्य किसानसँग पनि साझेदरी गरेर बैखी माछाको विस्तार गर्ने लक्ष्य समेत उनले सुनाएका थिए । माछाका भुरासँगै भविष्यमा भाछाका लागि आवश्यक दाना पनि बनाउने योजना छ,तर पहिला भुरा आवश्यक महशुस गरेर ह्याचरी गरियो ।
नेपालमा हालको उत्पादिन बैखी माछाले नेपालको बजार धान्न गाह्रो छ । भारतको आन्द्र प्रदेशबाट नै उत्पादित भएर आउने बैखी माछाको नेपालमा बजार छ । नेपाल मत्स्य विकास संघका केन्द्रिय कोषाध्यक्ष समेत रहेका यादवले माछामा अझै पनि नेपाल परनिर्भर छ । यसका लागि मत्स्य पालक किसानलाई अवसर छ ।
भारतबाट आउने अधिकाँस पंगास(बैखी) माछा नै हुन,जुन ठूल्ठूला होटल देखी शहरी क्षेत्रका उपभोतmाका भान्सामा पुग्छ । तर त्यसलाई वढावा दिइने गरि सरकारले काम गर्दैन् । जस्ले गर्दा भारतिय ब्यपारीहरु नेपाली माफियासँग मिलेर बैखी माछाको नेपालमा सामर
ाज्य चलाएका छन् । उनका अनुसार विराटनगर नाकाबाट मात्रै दैनिक १५ मे.ट.माछा नेपाल भित्रिन्छ,विरगँज नाकाबाट पनि १० मे.ट.माछा आउछ, सोनौली नाकाबाट पनि २० मे.ट.सम्म माछा आउने गरेको अनुमान संघले गरेको छ । नेपालगँज नाकाबाट पनि १० मे.ट.माछा नेपाल भित्रिन्छन् । ति अधिकाँस माछा भारत आन्द्र प्रदेशबाटै आउने बैखी माछा हुने गरेको उनको भनाई थियो । यसरी दैनिक ५५ मे.ट.माछा नेपालमा भारतबाटै आउदा त्यसलाई प्रतिस्थापन मात्रै गर्न सक्ने गरि माछापालन किसानले काम गर्नु पर्ने आवश्यकता छ ।
नेपालका प्राविधिकहरुले पोखरीको गहिराई ६ फिटसम्म बनाउन किसानलाई परामर्श दिने गरेका छन्,उनी भन्छन्,तर आफुले ३० फिट गहिरो पोखरी बनाएर माछा पाल्दै आएको छु,जुन माछाका लागि सुरक्षित अवस्था बनेको छ । कम गहिराईको पोखरी घाममा तात्ने र जाडोमा छिटो चिसो हुने हुदा माछा मर्ने असुरक्षा छ । पानीमुनी मोटरमार्फत हावा प्रवाह गरेर अक्सिजन पुर्याउन सकिन्छ, जुन डेढ विघा क्षेत्रफलको पोखरी भन्दा पाँच कट्ठाको गहिरो पोखरीले सुरक्षित उत्पादन लिन सकिन्छ । यसबारे नेपाली किसान अनभिज्ञ नै रहेको उनी सुनाउछन् ।
