नवलपरासीको रतm सञ्चार केन्द्रमा रगत अभाव

नवलपरासी ६ चैत्र
जिल्लामा अहिले रगत अभाव भई रहेको नेपाल रेडक्रस सोसाईटी नवलपरासीद्धारा सञ्चािलन रतm सञ्चार केन्द्रले जनाएको छ । रगतको माग अनुसारको रतmदाताहरु रतmदान गर्न नसक्दा रगत पुर्याउन चुनौती थपिदै गएको हो ।
कुनै बेला नवलपरासी रतm सञ्चार केन्द्रले रतm संकलन गरि भैरहवा,बुटवल र नारायणघाटका अस्पतालसम्म पुर्याउदै आएको थियो । तर अहिले आफ्नै जिल्लामा पुर्याउन समस्या भई रहेको रेडक्रसका दैवीप्रकोप उद्धार उपसमितिका संयोजक अर्जुन बहादुर क्षेत्रीले बताए । यस्का लागि बेला बेला रतmदानको महत्व सम्झाउदै रतm सञ्चार केन्द्रले जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको छ, उनले भने,तर मागको आधारमा रतmदान हुन सकिरहेको छैन् । यसले गर्दा रगत अभावको अवस्था देखिन थालेको हो ।
दैनिक १५ पोका रगतको माग आउने गरेको छ,केन्द्रका कर्मचारीले भने,कुनै कुनै बेला तँ रतmदातालाई प्रत्यक्ष फोन सम्पर्क गरि आग्रह गरेर रगत दिलाउनु परेको छ । अहिले जिल्ला पृथ्वीचन्द्र अस्पतालमा सर्जिकल सेवा थपिदै जादा पनि विरामीलाई रगत चढाएर सर्जरी गर्नु पर्ने अवस्थाले रगतको माग थपिदै गएको छ । त्यसै गरि अहिले धेरै मानिस तथा किसोरीहरुमा पनि रगत नबन्ने र रतmअल्पता देखिने समस्याले पनि रगत चढाउनु पर्ने चिकित्सकले भन्दा रगत खोज्दै रतm सञ्चार केन्द्रमा मानिसहरु आउने गरेका छन् । तर नियमित रतmदाता कम छन । केही औपचारिक कार्यक्रम गरि रतmदान गर्दा पनि तिनै पुरानै रतmदाताले कार्यक्रममा पनि रतmदान गर्ने र अनौपचारिक मागको आधारमा रतmदान गर्ने गरेका छन् ।
मधेशमा रतmदानबारे अहिले पनि अन्धविश्वासको मान्यता नछाडेका कारण रतm अभाव देखिनुको धेरै कारण मध्ये एक भएको रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले बताए । रतmदान गर्दा कमजोर भईन्छ,भन्ने गलत मान्यता छ,यस्ले रतmदान गर्न सक्ने ब्यतिmले पनि रतmदान गर्दैन्,रगत बनाउने मानिस बाहेक अन्य कुनै मेसिन छैन् । अरुबाट रगत चाहिने तर आफुले रतmदान नगर्ने जस्ता मान्यता मधेशी बुद्धिजिविले चिर्नु पर्ने आवश्यकता सभापति अग्रहरीले औल्याएका थिए । उनले यस्का लागि जनचेतना जगाउने कार्य पनि शाखाले गर्दै आएको जानकारी गराए ।
जिल्लामा रगत अभाव देखिन थालेकोले सबै रतmदाताहरुको सम्पर्क नम्बर सहितको विवरण राखेर आवश्यकता अनुसार रगत अभाव हुन नदिनका लागि गृह कार्य गर्दै आएको नेपाल रतmदाता ब्यतिmहरुकोे सस्थाका अध्यक्ष मोहन पौडेलले बताए । तर रगत अभाव अहिले चुनौती बन्दै गएको छ, उनले भने, यसका लागि सबैसँग सहकार्य गरि अभावलाई न्युनिकरण गर्दै लैजानेमा हामी काम गरिरहेका छौ । नियमित रतmदान गर्न अभिप्रेरित गर्ने र संगठित गर्ने कार्य भई रहेको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *