
नवलपरासी,६ चैत्र
डिभिजन बन कार्यालयले बन क्षेत्रमा नै एक लाख श्रमदिनको रोजगारी सृजना भएको जानकारी गराएको छ । बुधवार पत्रकारसँग बन कार्यक्रमको अर्धबार्षिक समिक्षा कार्यक्रम गर्दै बन क्षेत्र भित्र भई रहेको बन संवर्धन कार्यक्रम अन्तरगत सो रोजगारी सृजना भएको जानकारी गराइएको हो ।
उतm कार्यक्रम अन्तरगत बुद्ध शान्ति साझेदारी बन समुह र दर्जन बढि सामुदायिक बन भित्र बैज्ञानिक तरिकाले बनको ब्यवस्थापन र उपयोग गर्ने गरि कार्ययोजना अनुसार काम हुदा उतm रोजगारी सृजना भएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले जानकारी गराएका थिए । यो कार्यक्रम प्रदेश भरि नै लागु छ, उनले भने,यो जिल्लामा सबै क्षेत्रको गरि एक लाख श्रमदिन काम स्थानियबासीले पाएको जनाउदै रोजगारीसँगै राजस्व संकलन हुने आधार पनि बन्दै गएको छ । बन संवद्र्धन कार्यक्रमले राजस्व र रोजगारीसँगै दिगो बन विकास समेत जोडिएको उनको भनाई थियो ।
एक लाख श्रमदिन सृजना हुदा २ सय ७३ जनालाई बर्ष दिनको रोजगारी पाउनु बराबर हो,उनले भने,बन क्षेत्रको सरसफाई,रुख विरुवा कटान,मुछान,पत्तल्याउने जस्ता कार्य गर्दै आएका छन् । काठ संकलन भण्डारणमा पनि जनशतिm खर्च भई रहेका छन् । रोजगारी सृजना भई राख्दा अहिले काठको माग घट्दा धेरै जसो काठ थन्किने अवस्थामा पुगि रहेको चुनौती पनि उनले सुनाएका थिए । हाल पनि जिल्लाको आपुर्ति समिति र समुहसँग १३ हजार घनफिट काठ विगत बर्षकै भण्डार गरिएको अवस्थामा छन् ।
सबै काठ विक्र गर्न सकियो भन्ने १ करोड ३० लाख राजस्व संकलन हुन्थ्यो । यि काठबाट फर्निचर लगायतका समाग्रि तयार गर्दा पनि हजारौ रोजगारी सृजना हुने थियो । बाहिरबाट आउने काठको आयात प्रतिस्थापन हुदै ब्यपार घाटा रोक्नमा सघाउ पुग्यो । यो बर्ष पनि हजारौ घनफिट काठ निस्कने सम्भावना छ । अझै बन भित्रका सबै सोतर,पातपतिगँरलाई संकलन गरि जैविक मल तर्फ स्थानिय सरकार र कृषि ज्ञान केन्द्रले योजना बाउन सक्यो भन्ने थप रोजगारीको अवस्था सृजना हुने देखिन्छ । जिल्लाकै बन भित्र ६ लाख क्वीन्टल भन्दा बढि त्यस्ता सोतर पातपतिगँर छन् । जुन सुकेर डढेलो लाग्ने अवस्था सृजन गर्छ ।
यदि पालिकाहरुले प्रति क्वीन्टल १ सय रुपियाले खरिद गर्ने योजना बनाई दियो भने रोजगारीको आधार उनले सुनाएका थिए । एक ब्यतिmले यदि दैनिक ५ क्वीन्टल संकलन गरि विक्रि गर्दा ५ सय रुपिया कमाई गर्न सक्थ्यो । सबै पातपतिगँर पालिकाले खरिद गर्दा ६ करोड खर्च हुन्छ,जुन ७ पालिकाले कम्पोष्ट मल बनाउने कार्यमा लगानी गर्दा बन पनि सफा हुन्थ्यो । रोजगारी पनि हुन्थ्यो । ति सोतर पात पतिगँरलाई कुहाएर कम्पोष्ट मलको रुपमा तयार गरि अनुदानमा तराई मधेशका किसानलाई वितरण गर्दा रासायनिक मलले विग्रिदै गएको माटोको गुणस्तर सुधार गर्न सक्थ्यो । यस्ले पनि रोजगारी वृद्धि र मल आयात प्रतिस्थापन गरिनुका साथै माटो सुधारका आधार बन्ने अवस्था देखिन्छ ।
अब काठको सहज आपुर्ति ब्यवस्थापन,मुल्य समायोजनसँगै सरकारी नीतिमा पनि अन्य बैकल्पिक समाग्रिको प्रयोग भन्दा काठलाई प्राथमिकता दिईनु पर्ने डिभिजन बन कार्यालयका बन अधिकृत रविन्द्र चौधरीले बताएका थिए । यसका लागि स्थानिय पालिकाहरुले समेत काठको प्रयोगलाई बढावा दिदै आम केही स्थानिय सरकारले उपभोतmालाई भवनमा प्रयोग गर्नका लागि काठ प्राप्तीका लागि सिफारिस गर्दा नक्सापास अनिवार्य गर्दा काठ वितरणमा समस्या र चुनौती रहेको उनले बताएका थिए ।
जिल्लाको सुस्ता र प्रतापपुर गाउपालिका बाहेक,रामग्राम,सुनवल,वर्दघाट नगरपालिका तथा सरावल र पाल्हीनन्दन गाउपालिकाले पनि काठ वितरण गर्दा नक्सा अनिवार्य गर्दा धेरै ब्यतिmले घर बनाउन काठ आपुर्तिमा समस्या महशुस गर्दै आएका छन् । नक्सा पास नगरपालिकाको समस्या हो,उनले भने,तर काठ पाउने उनिहरुको अधिकारलाई नै कुण्ठित गर्ने गरि नीति बनाउन नहुने हो । यसका लागि अहिले डिभिजन बन कार्यालयले समेत ४० फिटसम्म काठ लिनका लागि नक्सापास नगराए नल्याए पनि दिइने निर्णय भएको उनको भनाई थियो ।
बनबाट ब्यवस्थित तरिकाले काठ उत्पादन गर्दा बन पुनः तयार हुदै जाने कारण बैज्ञानिक तरिकाले बन ब्यवस्थापन गरि बनबालीको रुपमा बनको सदुपयोग बढाइयो भने बन समृद्धिको आधार बन्दै हरियो बन नेपालको धन भन्ने उख्खान सार्थक बनाउछ । बन पुर्नत्पादन गर्न सक्ने स्रोत हो,बन अधिकृत चौधरीले भने,बन क्षेत्र जोगाउदै बन विकास गर्दै मुलुकलाई समृद्धिमा सहयोगी हुन सक्छ,तर बन क्षेत्र नै अतिक्रमणको चपेटामा पर्दा बन कर्मचारीलाई बनमा काम गर्न चुनौती छ । बनको महत्व र दिर्घकालिन आवश्यकताबारे राजनीतिक दल र अन्य सरकारी निकाय गम्भिर नदेखिदा उनले दुःख ब्यतm गरेका थिए ।
सामुदायिक बनले अहिले चिरान समेत गरि काठ वितरण गर्ने भएका कारण ब्यतिmले आवश्यकता अनुसारको काठ पाउने आधार बनेको समेत जानकारी गराइएको थियो । जिल्ला भित्रको बनको अवस्थाबारे जानकारी गराउदै सुनवल नगरपालिका स्थित मुलपानी सामुदायिक बन क्षेत्रको भ्रमण समेत गराइएको थियो । बन प्रति सकारात्मक र खोज मुलक समाचार बनाउनु पर्ने आवश्यकता औल्याउदै अवधारणागत पत्रकारिता नभएसम्म आम जनमानस आफ्ना आन्तरिक मालबस्तु छाडेर विज्ञापन र प्रचारका आधारमा बाहिरी मालबस्तु प्रति आकर्षित भई राख्ने र आफ्ना बनजन्य पदार्थ कुहिरेर खेर जाने अवस्था हुन सक्ने निष्कर्ष बताइएको थियो ।
