
नवलपरासी,७ चैत्र
जिल्लाको सरावल र पाल्हीनन्दनका गाउ डुबान नियन्त्रण गर्न डुबान क्षेत्रको कारक धनेवा खोलाको सरोकारवालाद्धारा स्थलगत अवलोकन गरिएको छन् । डुबान नियन्त्रणका लागि गर्न सकिने कार्यहरुको र सरोकारवाला निकायको जिम्मेवारीबारे स्थलगत गरि यकिन गर्न अवलोकन गरेका हुन् ।
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर तिलकराम बुढाथोकी,सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चौधरी,पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता र स्थानिय वार्डका वार्डअध्यक्ष तथा अन्य सरोकारवाला संघसस्था स्थानियबासीको समेत सहभागि भएका थिए । झरही धनेवा दोभान क्षेत्रबाट उतm क्षेत्रको अवलोकन गरिएको थियो । गत बर्ष सरावल गाउपालिकाले डुबान रोक्न आफै अग्रसरता देखाउदै पालिका स्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर थियो ।
धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने डिपिआर छ । गाउपालिकाका अनुसार डिपिआर अनुसार एकै पटक नभए पनि क्रमशः थोरै थोरै लगानी गरि काम गर्दै जाने लक्ष्य अनुसार काम अगाडी बढाइको छ । विगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरुको आश्वासन मै सिमित छ । जिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएका छन् । यता धनेवा र झरहीकै कारण पाल्हीनन्दन वार्ड नं.१ शंकरपुर पनि सोही डुबानको चपेटामा पर्ने गरेको छ ।
धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि आफ्नै स्रोतले गाउपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउपालिका अध्यक्ष चौधरीले जानकारी गराए । उनका अनुसार खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको थियो । संघ र प्रदेश सरकारले बजेट विनियोजन नभए पछि सो डिपिआर अनुसारको काम नहुने गाउपालकाको भनाई छ ।
तर विगत तिन दशक देखी उपेक्षामा रहेको उतm डुबान क्षेत्र यस बर्ष पनि उपेक्षामै परेको देखियो । यसले डुबान क्षेत्रका जनतालाई निराश बनाएको छ । विगत तिन दशक देखी धनेवा खोलाको उचित ब्यवस्थापनका लागि स्थानियले माग गर्दै आएका थिए । तर खोलाको ब्यवस्थापन हुन सकिरहेको छैन्,गाउपालिका अध्यक्ष सुखाडी चौधरीले भने,आफु निर्वाचित भएर आए पछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाइएको थियो ।
खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दालाई राहत पुर्याउने थियो । गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर,लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो,तर चाँसो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए ।
धनेवा खोलाको अधिकाँस भाग सरावल गाउपालिकाको ४ वटा वार्डलाई छोएको छ । धनेवाखोलाको सिमा प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ । विगत बर्षमा खुल्ला रुपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो ।
अन्य कुलाहरुको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरु बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो,त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।
सो डुबानबाट बचाउनका लागि नेपाली पक्षबाट मात्र काम गरेर डुबान नियन्त्रण सम्भव नभएको अध्यक्ष चौधरलिे भने यसका लागि भारतिय पक्षसँग पनि सहकार्य गर्नु पर्ने देखिन्छ । बाँध बनाएर दशगजा सिमासम्म पुर्याउन सकिन्छ,तर दशगजामा बाँध बनाउन भारतिय स्वीकृति चाहिन्छ,उनले भने, यसका लागि कुटनीतिक कार्य आवश्यक पर्छ । स्थानिय स्तरमा हुने नेपाल भारतको इण्डो नेपाल काउण्टर अधिकारीहरुको बैठकको निर्णय वा लाईजनको पहल आवश्यक देखिन्छ । यसका लागि सम्बन्धित निकायमा गाउपालिकाले पटक पटक कुरा उठाउदै आएको छ । तर आश्वासनमा मात्र सिमित बनेको छ,उनले दुखेसो पोखेका थिए ।
