
नवलपरासी,१९ साउन
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा उद्योग तथा ब्यवसाय खारेजीको संख्या बढन थालेको छ । नयाँ दर्ता हुने क्रम बढे पनि खारेजी स्थित नभई संख्या बढदै गएको कार्यालयले जानकारी गराउको हो ।
कार्यालयका अनुसार गत आर्थिक बर्ष २०८२।०८३ मा नयाँ उद्योग दर्तासँगै दर्ता खारेजीको संख्या पनि उलेख्य मात्रामा बढेको देखिएको छ । नयाँ दर्ताको अनुपातमा झण्डै आधा उद्योग ब्यवसाय खारेज पनि भएको कार्यालयका सुचना अधिकारी धिरेन्द्र गिरीले जानकारी गराएका थिए । कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्षमा उद्योग तर्फ १ सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । त्यसै गरि बाणिज्य तर्फ पनि १ सय ५७ गरि कुल ३ सय १३ वटा फर्म खारेज भई लगत कट्टा भएको देखिएको छ । फर्म खारेजी किन गर्न परेको बारे भन्ने यथार्थ कारणको अनुसंधान भनि नभएको अधिकारी गिरीले बताए । सम्बन्धित उद्योगी ब्यवसायिले खारेजी गर्न निवेदन दिएको आधारमा प्रकृया पुर्याई खारेजी गरिउको उनको भनाई थियो ।
तर पुरानो फर्म खारेज भए पनि त्यसको करिब दोब्बर मात्रामा नयाँ फर्म दर्ता पनि भएको समेत उनले तथ्याँक देखाए । जुन तथ्याँक अनुसार ३ सय २७ वटा नयाँ उद्योग र ३ सय ३० बाणिज्य फर्म गरि कुल ६ सय ५७ वटा नयाँ फर्म दर्ता भएका छन् । पुरानो मध्ये गत आर्थिक बर्षमा ७ सय ८१ वटा उद्योग र ८ सय२१ वटा बाणिज्य फर्म नविकरण भएका छन् । त्यसै गरि विभिन्न उद्योग र फर्मले कारोबारमा परिवर्तन,पुजिँ वृद्धि लगायतका विषय परिवर्तन गर्नका लागि संसोधन पनि गराएका छन् । जुन १ सय ८६ वटा उद्योग र ३ सय ४ वटा बाणिज्य फर्म गरि कुल ४ सय ९० वटा फर्मको संसोधन गरिएको छ ।
अहिले जिल्लामा नयाँ,पुरानो र संसोधित फर्म मार्फत कुल १ अर्ब ८१ करोड ७६ लाख ४५ हजार रुपिया लागनी भएका छन् । जस्मा ९६ करोड ५१ लाख ४५ हजार रुपिया उद्योगमा र ८५ रकोड २५ लाख बाणिज्य तर्फ लगानी देखिएका छन् । उद्योग र बाणिज्य फर्ममा १ सय ४५ जना महिला उद्यमी र २ सय ६ जना पुरुष उद्यमी गरि कुल ३ सय ५१ जना उद्यमीले उद्यममा सहभागि भएका छन् भने ४ सय ३ जना महिला र ८ सय ७ जना पुरुषहरुले रोजगारी प्राप्त गरेको तथ्याँक कार्यालयले देखाएको थियो । ति उद्योग र बाणिज्य फर्मको दर्ता,खारेजी,नविकरण र संसोधन गर्दा उद्योग तर्फ ३९ लाख २३ हजार ६ सय ७० रुपिया र बाणिज्य तर्फको ५० लाख ३६ हजार ८ सय ८० रुपिया गरि कुल ८९ लाख ६० हजार ५ सय ५५ रुपिया राजस्व संकलन भएको थियो ।
