जग्गा कारोबारमा विवादित बन्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भण्डारी

टिकाराम गैरे

Health Advertisement
Health Advertisement

नवलपरासी,५ चैत्र
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी जग्गा कारोबारको विषयलाई लिएर विवाद सृजना भएको छ । जग्गाको कारोबार गर्दा सझेदार हुन कि मध्यस्थकर्ता भन्ने विषयलाई लिएर विवाद देखिएको हो ।।
आफ्नै व्यावसायिक साझेदारसँग छल गरी रकम घोटाला गरेको आरोप लगाउदै भण्डारीका साझेदारले पत्रकार सम्मेलन गरि न्यायको याचना गरेका थिए । साथै उनले कानुनी उपचारको बाटो खोज्दै न्यायिक छानबिन तर्फ पनि अगाडी बढने साझेदारले बताएका थिए । त्यसका लागि आफुले प्रमाण संकलनमा लागेको सम्मेलनमा जानकारी गराएका थिए । उनका अनुसार जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीले विहिवार परासी प्रेस क्लबमै आएर पत्रकार सम्मेलन गरि भण्डारीले जग्गा कारोबारका क्रममा छलकपट गरी साझेदारलाई मारमा पारेको आरोप थिए ।
ज्ञवालीका अनुसार, सुनवल–४ निवासी देवी गौतम र सरिता भण्डारी (केशव भण्डारीकी श्रीमती) बीच बर्दघाटको ज्यामिरे नजिकै जग्गा प्लटिङ गरी कारोबार गर्ने सहमति भएको थियो । ज्ञवालीका अनुसार जग्गादाताहरू उत्तम तिवारी र पुनाराम न्यौपाने सँग जग्गा खरिद गर्दाको वास्तविक खरिदकर्ता र प्रक्रियाका बारेमा थाहा रहेको दाबी छ । पछिल्लो पटक बिक्रि बारे जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीलाइ थाहा नहुदा बिवाद शुरु भएको हो ।
ज्ञवालीका अनुसार, २०७८ सालमा बर्दघाट–५ पाल्डाडाँमा २२ कठ्ठा जग्गा प्रतिकठ्ठा ९ लाख ४० हजारका दरले कुल २ करोड ६ लाख ८० हजारमा खरिद प्रक्रिया सुरु गरिएको थियो । जसमा ५० लाख रुपैया जग्गाधनिलाइ बैनाबापत दिएको र खरिद प्रकृयामा रकम अभाव भए पछि छिमेकि नाताका केशव भन्डारीलाइ साझेदार बनाउने सहमति पछि उनी पछि जोडिएको दावी छ ! ततपस्चात पूर्वाधार विकासमा ज्ञवाली परिवारले थप लगानी गरेको दाबी गरिएको थियो । पहिलो चरणमा आपसी सहमतिमा कारोबार भए पनि पछिल्लो पटक २ करोड रुपैयामा जग्गा बिक्रि गरेको तथ्य सार्वजनिक भए पछि बिवाद देखिएको हो ।
सुरुमा ३६ कित्ता मध्ये १९ कित्ता जग्गा सरिता रानाभाट र दामोदर पाण्डेय लगायतलाई बिक्री गर्दा आपसी सहमति मै काम भएको थियो । सो समयमा जग्गा बिक्रीबाट प्राप्त भएको रकम मध्येबाट जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीलाई ७ लाख ८० हजार र देवी गौतमलाई १० लाखको चेक गरी कुल १७ लाख ८० हजार रुपैयाँ बुझाइएको थियो । बाँकी हिसाब अर्को पटक जग्गा बिक्री गर्दा राफसाफ गर्ने आश्वासन दिइएको ज्ञवालीको दाबी थियो । ज्ञवालीका अनुसार ,३६ कित्तामध्ये सुरुमा १९ कित्ता जग्गा बिक्री हुँदा करिब २ करोड रुपैयाँ संकलन भएको थियो। सो समयमा सरिता भण्डारी र केशव भण्डारीले आफ्नो नाममा रहेको बैंकको ठूलो ऋण (लोन) तिर्नु पर्ने भने पछी हामीले कम रकम सहमति मै बुझेको हो ।
पहिलो चरणमा केही कित्ता जग्गा बिक्री हुँदा झविन्द्र ज्ञवालीले १७ लाख ८० हजार रुपैयाँ मात्र बुझेको र बाँकी हिसाब पछि गर्ने सहमति भएको थियो, ज्ञवालीले भने, तर, २०८२ फागुन २९ गते साझेदार देवी गौतमलाई कुनै जानकारी नदिई बाँकी रहेका १६ कित्ता जग्गा २ करोड रुपैयाँमा बिक्री गरेको छन् ।यता भण्डारीका अनुसार झविन्द्र ज्ञवाली र उनकी श्रीमती देवी गौतम जग्गाको साझेदार नभई कमिसनमा काम गर्ने व्यक्तिहरू भएको जिकिर गरेका थिए ।
“यदि उनीहरू वास्तविक साझेदार हुन्थे भने किन कानुनी रूपमा साझेदारीको कागजात बनाइएन ? उनले प्रश्न गर्दै भने, उनीहरूलाई काम गरे बापतको आवश्यक कमिसन रकम हामीले दिइसकेका छौँ ।“ भण्डारीले आफूहरूले नै जग्गा व्यवस्थापन गरेको बताउदै ज्ञवाली लोभका कारण कसैलाई बदनाम गराउने र सौदाबजी गर्ने खेलमा लागेको देखिएको छ । कसैलाई वदनाम गराउने कोही ब्यतिmको उक्साहट पनि भएको हुन सक्ने आशँका समेत उनले गरेका छन् । यसमा ब्यवसायिक वा राजनीतिक स्वार्थ पनि हुन सक्छ,उनले थपे, साझेदारको कुनै प्रमाणित गर्न पनि चुनौती दिए । तर पनि आफु उनीसँग बसेर जो सुकै अधिकारिक निकायमा छलफल गर्न तयार रहेको सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *