
नवलपरासी, १५ चैत्र
जिल्लाको प्रतापपुर गाउपालिकाको गँगापुर गाउ स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्ड्रिटिज प्रालिका सञ्चालक राकेश अग्रवाललाई उद्योग परिसरमा उद्योगका कर्मचारी, किसान र बैंकका प्रतिनिधि कुर्दै बसेका छन् । उता कर्मचारी,बैंक र किसानको पैसो लगि भारतको गोरखपुरमा होटल खोली ब्यपार गर्दै आएको खुलेको छ ।


गत बर्षकै किसानको उखुको भुतmानी र कर्मचारीको तलब र बैंकको साँवा ब्याज बुझाउन छाडेर आफु वेपत्ता भएको नाटक मन्चन गदै अग्रवाल गोरखपुरमा होटल खोलेर ब्यपार गर्दै आएको दाबी स्थानिय धिरज त्रिपाठीले गरे । उखु किसानलाई विश्वासमा दिलाउदै उखु उत्पादक संघका पदाधिकारीले उखु विक्रि गर्न लगाए,पछि भुतmानी नै नदिई सञ्चालक सम्पर्क विहिन भएको हल्ला फैलाईयो,उनले दाबी गर्दै भने,सञ्चालक अग्रवालको गोरखपुरमा दुई वटा होटल खुलेका छन् । यसबारे सरोकारवाला मौन बसेको देखिदा आफुलाई आश्चर्य लागेको सुनाए ।
विगतमा उधारोमा उखु किसानसँग उखु खरिद गरि भुतmानी नदिएर षणयन्त्र मुलक तरिकाले कर्मचारी,किसान र बैंकलाई ठग्न भ्याएका छन्, त्रिपाठीले भने, अबको नयाँ सरकारले त्यस्ता ठगि गर्ने ब्यतिmलाई पनि पक्राउ गरि ल्याउनु पर्छ । किसान,कर्मचारीलाई भुतmानी गराई न्याय दिलाउनु पर्छ । बैंकको साँवा ब्याज बक्यौता तिराउनु पर्छ । उनका अनुसार ७ करोड भन्दा बढि उखु किसानको भुतmानी छ । १ करोड भन्दा बढि कर्मचारीको तलब बक्यौता छ । करिब ४० करोड बंैकको साँवा ब्याज किस्ता बाकी होला,उनले भने, केही लगानीकर्ताको लगानी समेत डुब्ने अवस्था देखिएको छ ।
उद्योगको सम्पती भन्दा बढि बैकका ऋण छ । बैंंकले आफ्नो सुरक्षा गार्ड उद्योग परिसरमै तैनाथ गरेको छ । कर्मचारीहरु उद्योग कुर्दैै बसका छन् । उद्योग भित्र कोही नयाँ मानिस पस्यो,कि नजिकै पिपरपातीका किसान दुगुर्दै उद्योग परिसरमा आउछन् । सञ्चालक आउछन्,सबैको भुतmानीको बन्दोबस्त मिलाउछन्,भनेर अहिले पनि आशमै स्थानिय किसान बसेको कृषक रामसुरत कोईरीले सुनाए ।
उखु उत्पादक समितिका अध्यक्ष समेत रहेका प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले सञ्चालक अग्रवालको खोजी गरि सम्पर्कमा ल्याउने र उद्योग सञ्चालनका लागि आफु लागि परेको बताएका थिए । तर हालसम्म सञ्चालक अग्रवालको अत्तोपत्तो छैन्,उनले भने, यो उद्योगले गत बर्षको उखुको लागत सहित ठगेर भागे,अहिले यो बर्ष उद्योग सञ्चालन मै आएन,यस्को फाईदा सुस्ता गाउपालिकाको कुडिया स्थित बागमति चिनी उद्योगले उधारोमा उखु खरिद गरेको छ ।
अहिलेसम्म भुतmानी दिइएको छैन्,किसानसँग कहाँसम्म लागनी गरि उखु उत्पादन गर्ने,उधारोमा बेच्ने र उद्योगहरुले पैसो लिएर भाग्ने नीयति कहिले अन्त होला ? उनले इन्द्रा सुगरसँग उखुको डेढ लाख रुपिया भुतmानी पाउन बाकी रहेको सुनाएका थिए । यता उखु किसानको समस्या दिन प्रति दिन विकराल बन्दै गएको स्थानिय अमुल पाण्डेले बताए । यसका लागि अहिलेको सरकारले ठोस पहल गरेर दिर्घकालिन समाधान खोज्नु पर्ने बताएका थिए ।
उता अहिलेको बालेन सरकारसँग आफुहरु धेरै आशाबादी भएको स्थानिय किसान कादिर अलिले सुनाए । सरकारको १ सय दिनको कार्यक्रम हेर्दा केही आशा पलाएको छ, उनले भने, कम्तीमा किसानको उत्पादनको समर्थन मुल्य तोकिने र २५ दिन भित्र भुतmानी गर्नु पर्ने कुरा उल्लेख छ,यदि सो दिन भित्र भुतmानी नदिए पाउने रकमको ब्याज समेत जोडिदै जान्छ । यस्ले किसानलाई राहत पुर्याउछ । नत्र अहिलेसम्म उद्योगीहरु किसानको उधारोमा किन्ने र भुतmानी रोकेर निब्र्याज जस्तै उतm रकमबाट थप ब्यपार गर्दै आएका थिए । यि कार्य पक्कै रोकिएला आशाबादी छौ ।
जिल्लामा इन्द्रा,लुम्बिनी र बागमति गरि तिन वटा चिनी उद्योग रहेको थियो,यो बर्ष इन्द्रा सुगर मिल्स चलेन, लुम्बिनी र बागमति मात्र चलेको थियो । लुम्बिनी चिनी उद्योगले समेत बैंकलाई देखाउने उदेश्यले नाम मात्रका लागि क्रसिगँ गर्ने गर्छ । बाकी भार बागमति चिनी उद्योग माथि नै परेको थियो,त्यसमा पनि उतm उद्योग विच विचमा विग्रि रहेको देखाई रहदा किसानले भुतmानीका लागि दवाव दिनु भन्दा जसरी भए पनि खेतबाट उखु खरिद गरिदिए हुन्थ्यो भनेर उधारोमा सहज ढंगले उखु उपलब्ध गराएका थिए ।
उद्योगका सञ्चालक सम्पर्क विहिन हुदा गत बर्षकै इन्दिरा चिनी उद्योगले २ सय १८ जनाको विवरण नपठाउँदा ४२ लाख ३३ हजार रुपैयाँ अनुदानका रकम निकासा पठाउन नसकिएको कोलेनिकाले जनाएको थियो । उखु किसानको समस्या आन्तरिक तँ छदैछ,उखु किसानकै आडमा भारतबाट उखु ल्याएर पनि विक्रि वितरण गर्ने सिमावर्ति क्षेत्रका केही तौल केन्द्र(काँटा)हरुले समेत उद्योगलाई उखु विक्रि गरेका कारण अनुदान रकम दाबी गर्न समस्या भई रहेको स्थानिय किसानले बताएका थिए । चिनी उद्योग बाहेक क्रसर उद्योगमा उखु बिक्रि गर्ने किसानलाई सरकारले अनुदान समेत उपलब्ध नगारउने गरेको पाण्डेले बताएका थिए ।
जबकी किसानका लागि सरकारी अनुदान हुन्छ,उनले भने,तर किसानले चिनी उद्योगबाट पाईने गरेको सास्ती झेल्न नसकेर सस्तोमा उखु क्रसर(भेली) उद्योगलाई विक्रि गर्छन । तर सरकारी नीतिमा भेली उद्योगमा विक्रि भएका उखु वापतको अनुदान नपाउने हुदा त्यताबाट पनि उखु किसान मर्कामा पर्ने गरेका छन् । अगामी दिनमा किसानलाई सरकारले प्रत्यक्ष अनुदान पाउने विधि बनाउनु पर्ने उनले औल्याएका थिए ।
