
नवलपरासी, २२ पुस
जिल्लाको सुनवल १२ बडेरा स्थित हरि भण्डारी जैविक मल(गडयौला मल) बनाउने कार्य सफल बनाए पनि राज्य संयन्त्रबाट असहयोग भई रहेको गुनासो गरेका छन् । साना उद्यमीलाई स्वेदशमै स्वरोगजार गर्न प्रोत्साहन भन्दा राज्य संयन्त्रबाट झन असहयोग भई रहेको आफुले महशुस गरेको सुनाएका हुन् ।


ठूलो उद्योगहरुले जस्तो सुकै मालबस्तु ओसार पसार गर्न पाउने तर समान्य किसानले उत्पादन गरेका गडयौला मल बाहिर पठाउदा जहाँ सुकै प्रहरीको चेक जाँचले हैरान बनाउनुका साथै स्थानिय सरकारले पनि तिनै ठूला उद्योगको मल खरिद गरि अनुदानमा कृषकलाई मल उपलब्ध गराउने तर साना उद्यमीको मल खरिद नगरिदिदा राज्य संयन्त्रबाट सहयोग नपाएको उनको भनाई थियो । उनी गडयौला मलमा सम्भावना छ, सोही मलमै भविष्य देख्दै उनि कस्सिएर गडयौला मल बनाउने कार्यमा जुटेका थिए् । केही समय त्यो गडयौला मलको प्रचार प्रसार भए पश्चात रुपन्देही लगायतका धेरै जिल्लाबाट मलको माग पनि आएको र आफुले तयार गरेको गडयौला मल गाडीमा राखेर पठाउदा ठाँउ ठाँउमा कागजात,उत्पादन,परिक्षण लगायतका प्रमाणपत्र खोज्ने जस्ता बखेडा झिक्दै प्रहरीबाट हैरानी ब्यहोर्न परेको उनले दुखेसो सुनाए ।
राज्य संयन्त्र नै पुरै ठूला औद्योगिक घरानाबाट प्रभावित भएको जस्तो भान भई रहेको छ,उनले भने, यता स्थानिय सरकार भन्नेले पनि खरिद ग िरदिएका छैनन्,उता केही ब्यतिmगत रुपमा किसानले माग गर्दा ढुवानीमा हैरानी दिईने कार्य भई रहेको छ । यस्ले मुलुकमै भविष्य खोज्ने युवालाई जसरी पनि हण्टर खुवाएर विदेश धपाउने र सर्वसाधारणमा आफु खुशी राज गर्ने राज्य संयत्र लागेको अनुभुति उनले सुनाए । जैविक मलको ठूलो उद्योग लगाउने उद्योगपतिलाई अनुदान प्रोत्साहन दिइने,मलखाद्य पनि खरिद गरिदिइनुका साथै भिआईपीहरु गएर उदघाटन गर्दै प्रचार प्रसार पनि गरिदिईने कार्यमा जुट्ने गर्छन् । तर आफ्नै गाँउ ठाँउमा आफ्नै प्रयासमा कुनै युवाले काम गर्दा सहयोग भन्दा अवरोध नै भई रहेको उनको भनाई थियो ।
पहिला कृषि फर्म सञ्चालन गरेका भण्डारी सोही फर्ममा अहिले गडयौला मलको फर्ममा परिणत गर्दै भण्डारी अहिले गडयौला मलको क्षेत्र विस्तार गर्ने सोच बनाएका थिए । थोरै मल बनाउदा बाहिरसम्म निर्यात गर्न कठिनाई थियो तर विस्तार गर्दा बाटोमा समस्या झेल्न परि रहेको छ । अर्डर गर्दा एक गाडी चाहियो भन्ने भन्छन्, जुन तत्कालै बनाएर आपुर्ति गर्ने अवस्था हुदैन् । यदि तुरन्तै आपुर्ति गरियो भन्ने पक्कै त्यो गडयौला मल हुदैन ् । गडयौला मल बन्नका लागि कम्तीमा तिन देखी चार महिना लाग्छ नै,उनले आफ्नो अनुभव सुनाउदै भने, थोरै मात्रामा उत्पादन गर्दा विक्री गर्ने समस्या देखियो । त्यो भएर अहिले यसको क्षेत्रफल बढाउन तर्फ लागे । बढि मल उत्पादन गरि बाहिर पठाउदा समेत अवरोध झेल्न परेको उनले सुनाए ।
गाँउबाट गोबर संकलन गरिन्छ,त्यसमा गडयौलालाई तहगत राखिन्छ । माथिबाट केही पातपतिँगरको सोत्तर राख्ने गरिन्छ । उन्नत खालका गडयौलाहरु विस्तरै गोबर खादै हुर्किन थाल्छन् । गोबरलाई मलमा परिणत गर्दै पनि जान्छन् । माथिल्लो सतहबाट गोबर खादै मल बनाउदै तल्लो सतहसम्म जाने क्रममा माथिबाट मल संकलन गर्दै थुपार्दै लगिन्छ । यसका लागि गडयौला मलको फर्ममा दैनिक चार जना कामदार मल संकलन मै लागेका हुन्छन् । गडयौलालाई अक्सिनजका लागि पनि विस्तारै गोबरलाई चलाउने काम पनि गरिन्छ । आद्रता मिलाउन बेला बेला पानी छर्कने काम पनि हुन्छ ।
पहिला गडयौला मल सुन्ने गरिन्थ्यो,अहिले आफै लागेर काम गर्दा आफुलाई फरक अनुभव भई रहेको सुनाए । वास्तवमा सजिव हलो भनेर पुराना बुढा पाकाहरु भन्ने गर्थे,जमिनलाई गडयौलाले नै चालेर जोताई गरिदिए जस्तो बनाई दिन्थे । ति काम यो फर्ममा आफ्नै आँखाले देखिन थालिएको उनले अनुभव सुनाए । तर अहिले किसानले प्रयोग गर्दै आएका रासायनिक मल,किरा तथा झारपात मार्न प्रयोग गरिने विषदी,बालीनाली काटिसके पछि खेतबारीमा लगाउने आगलागी गडयौलाका सत्रु भए । जुन कुरा अहिले धेरै किसानले बुझदै गएका छन् । किसानको आकर्षण पनि जैविक मल प्रति बढेको देखिन्छ । तर त्यो जैविक मल कसरी बनाउने,कसरी प्रयोग गर्ने विधि विस्तारै हराउदै गएको छ । विधि प्रकृया विर्सिसकेका किसान त्यसको खोजीमा छन् ।
जैविक मलको नाँउमा केही कम्पनीहरु पनि खुलेका छन् । जुन किसानलाई जैविक मल भनेर कमसल समाग्रिलाई पिसेर पछि दाना दाना तयार गरि जैविक मलको ब्राण्डिगँ र विक्रिवितरण गर्दै आएका छन् । कमजोर सरकार र असंगठित किसानको फाईदा अहिले जैविक मल कम्पनीले उठाउने गरेको उनले अनुभवन पनि सुनाए । कम्पनीले कसरी दानादार जैविक मल तयार गर्न सक्छ ? उनले प्रश्न गरेका थिए । जैविकको अर्थ जुन मलमा प्रत्यक्ष जिउँ रहन्छन् । खेतीबारीमा पुग्दा आफ्ना र्बश बिकास गर्दै माटो र झारपात खादै खेतबारीमै मल बनाउने प्रकृयामा लाग्छन् ।
यदि यो गडयौला मल खेतबारीमा हालियो भन्ने यसमा अहिले पनि गडयौलाका स साना लार्भा,प्युपा,फूल र केही गडयौला नै मिसिएर खेतमा पुग्छन् । खेतमा पुगेर ति गडयौलाहरु आफ्नो बंस विकासमा लाग्दा माटो र झारपात खादै मलको स्वरुप प्रदान गर्छन् । यि कुरा किसानलाई बुझ्न र बुझाउन अति आवश्यक रहेको छ । धेरै किसानलाई आफ्नो कृषि कर्म,खेतीपाती,बालीनालीको बारे आधारभुत ज्ञान नहुदा मल हालेर बाली बढाउने धुनमा बजारमा जे पायो,त्यही हल्लाको भरमा प्रयोग गर्यो,। दुःखद पक्ष तँ यो छ, कि सरकारी निकायले नत यसबारे कृषि सचेतना सञ्चालन गरेको छ, नत कृषि र कृषकसँग खेलेर आफ्नो कमाई बाटो मात्र बनाउनेलाई सरकारले नियन्त्रण गर्न सकेको छ । सरकारी निकायका नियमन अधिकारीहरुकै संग्लगनता ति उद्योगसँग रहेको देखिन्छ । जनप्रतिनिधि पनि तिनैलाई प्रोत्साहन गर्दै ब्यपारमा लागेका हुन्छन् ।
