कोलवृक्ष संरक्षण विकास र विस्तारमा लुम्बिनी प्रदेश सरकारको बन वातावरण मन्त्रालयको चाँसो

नवलपरासी, २३ असार
नेपाल कै लोपोन्मुख कोलवृक्षबारे चाासो लिदै लुम्बिनी प्रदेश सरकार बन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले सो वृक्षको अनुसंधान गरि विस्तार गर्नु पर्ने बताएका छन् । हालै मात्र उनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख बन तथा बन्यजन्तुको विशेषतामा आधारित भएर संरक्षण गित सार्वजनिक गरेका सचिव भट्टराईले जुन जिल्लाको जुन विशिष्टिकृत बनस्पतिको अनुसंधान,संरक्षण र विकास विस्तार गर्ने लक्ष्य बनाएर कार्य गरिने बताएका हुन् ।
नवलपरासी जिल्लाको ऐतिहासिक कोलवृक्षलाई आफ्नो गितमा समेटेर प्राथमिकता दिएका छन् । सोहीबारे उनी सोमवार रामग्राम स्तुप परिसरमा रहेको कोलवृक्षको तस्विर लिन पुगेका थिए । साथै सँगै रहेका नवलपरासीको सिनियर डिभिजन बन अधिकृत राजु क्षेत्रीलाई सो वृक्षको संरक्षण र विकास विस्तारका लागि कार्यक्रम गर्न र कार्ययोजना बनाउनु पर्ने बताएका थिए । केही बर्ष पहिला नै कोलवृक्ष संरक्षणमा सरोकारवालाले ध्यान दिइनु पर्ने रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका थिए । औषधिय गुण मात्र नभई यस कोलिय गणराज्यको इतिहास समेत जोडिने भएको हुदा सो रुखको संरक्षण प्रवद्र्धन र विस्तारमा बन तथा बनस्पति विभाग र रामग्राम नगरपालिकाले काम गर्न आवश्यक रहेको औल्याएका थिए ।
उनले कोलिय गणराज्यद्धारा निर्मित भगवान बुद्धको अष्टधातु रहेको स्थान रामग्राम र कोलिय गणराज्यको राजधानी पहिचान गराउन अनयन्त्रबाट पनि सो विरुवा सार्नु पर्ने ठाँउमा आफै भेटिएको छ । यस्ले राजधानी क्षेत्रको प्राचिन पुरातााित्वक बस्तुसँगै प्राचिन कोलनगरको पहिचान दिईने विरुवा कोलवृक्ष पाउनु सौभाग्यको कुरा भएको बताएका थिए । बुद्धको मावली भएको उतm स्थानको खोज अनुसंधानका लागि स्थानियको मागसँगै अन्य देशी विदेशीहरुले समेत चाँसो ब्यतm गर्दै आएका छन् । विगत दुई दशक देखी नियमित रुपमा उत्खनन,जिओफिजिक्स(भुभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसंधान भई रहेको छ, उनले भने,अब बुद्धकालिन बनस्पतिहरुको पनि खोज अनुसंधान गरि इतिहासलाई पुर्नस्थापित गर्नु पर्छ ।
कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो ।
इतिहास अनुसार कोलवृक्षकै नामले प्राचिन काशी राज्य अन्तरगत कै कोलिय गणराज्य बनेको थियो । यसको सन्दर्भमा काशी राज्यको राजधानी बनारसका राजा रामलाई कुष्ट रोग लागेको थियो । राजबैद्यको परामर्श अनुसार कोलवृक्षमा जाने र कोलवृक्षको पात तथा फल र छाल प्रयोग गरेमा कुष्टरोग निको हुने भएका कारण राजा रामलाई यस क्षेत्रमा निर्वासित गरिएको थियो । उनी कोलवृक्षको सेवन गरेर निको पनि भए,पछि बनारस फर्केनन,यसै क्षेत्रमा बसोबास गर्न थाले,बसोबास गर्ने गाँउ(ग्राम)लार्इं रामग्राम भनेर चिनियो पछि उनले कोलवृक्षबाटै पुर्नजिवन पाएको भनेर कोलवृक्षकै नामले कोलिय गणराज्यको स्थापना गरेका थिए । पछि उनी सबेको गाँउ विकसित हुदै नगरमा परिणत भयो,कोलनगरले पनि चिनिन थाल्यो,पछि सोही कोलनगर नै कोलिय गणराज्यको राजधानीको रुपमा विकसित भयो । जुन अहिले रामग्राम १८ पण्डितपुरमा अवस्थित छ । कोलिय राजाले बुद्धको धातु ल्याएर स्तुप बनाएको स्थान रामग्राम ७ देउरहवामा अवस्थित छ ।

Health Advertisement
Health Advertisement

बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो ।
शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् । महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *