करिब ३६ लाख रुपिया लागत बचाउन ठेकेदारले सडक किनारमा खनेर खाल्टो बनाउदै, स्थानियद्धारा विरोध

नवलपरासी, ८ चैत्र
सडक निर्माणमा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने प्रावधान भए पनि ठेकेदारले सडक किनारकै माटो खन्ने कार्यको स्थानियले विरोध गरेका छन् । दशक देखी ओझेलमा रहेको जिल्लाको बरमपुरवा—बैरहवा— विसुनपुरवा सडकको स्तरोन्नी गर्ने कार्य गर्दा सडकमा बाहिरबाट माटो ल्याई पुर्ने कार्य गर्नु पर्ने स्टिमेट भए पनि सम्बन्धि ठेकेदारले आफ्नो लागत घटाउन सडक किनारकै माटो खन्ने कार्यको स्थानियले विरोध जनाएका हुन् ।
लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ कलवारको पहलमा सो सडक स्तरोन्नती गर्ने गरि बजेट विनियोजन भई ठेक्का समेत लागेको थियो । गत पुस महिनामा औपचारिक रुपमा स्तरोन्नती गर्ने कार्य शुभारम्भ भएको र त्यो बेला स्थानियले सडक किनारको माटो खनेर पुर्नु भन्र्दा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने कुरा उठाएका थिए । त्यो बेला ठेकेदारले स्टिमेटमै बाहिरबाट माटो ल्याउने कार्य हुने प्रतिवद्धता जनाएको थियो । सडक किनारमै गहिरो खाल्टो खनेर सडक पुर्ने र पछि सो खोल्टोमा पानी जम्दा गाँउ प्रदुषित हुने,खाण्डामा बालबालिका खसेर दुर्घटना हुने त्रास रहने कारण देखाउदै खाल्टो नबनाउन स्थानियले माग समेत गरेका थिए ।
प्राविधिकहरुले पनि बाहिरबाटै माटो ल्याएर पुर्ने कार्य हुन्छ,भनेर प्रतिवद्धता जनाए । काम शुभारम्भ भयो,एक स्थानियले देखाउदै भने,अहिले ठेकेदारले प्रतिवद्धता तोड्दै सडक किनारकै माटो खन्ने र पुर्ने गरेको छ । अझै गहुँ बाली नै नष्ट हुने गरि खाल्टो बनाउने कार्य गरेको आरोप समेत लगाएका छन् । उतm सडक झण्डै ३ किलो मिटर लाम्बाईको छ । दुबै किनारबाट यदि १ मिटर चौडाई र एक मिटर गहिराई खाल्टो खनेर माटो झिकियो भन्ने कुल ६ हजार घन मिटर माटोको प्रयोग ठेकेदारले सित्तैमा गर्ने छ । जस्को लागत करिब ३६ लाख पर्न जान्छ । खाल्टो खनेर माटो पुर्ने पछि आफ्नो भुतmानी लिएर हिड्ने दाँउ हुन सक्ने स्थानियको आशंका छ । यसलाई रोक्नका लागि सम्बन्धित कार्यालयले पहल गर्नु पर्ने उनीहरुको माग रहेको थियो ।
लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयको यातायात पुर्वाधार कार्यालय नवलपरासीले साढे ३ करोड बढिको लागनी गरि सडक स्तरोन्नती गर्न ठेक्का आह्वान गरेको थियो । ठेक्काका लागि परेका विभिन्न निर्माण कम्पनी मध्ये एम एस ग्रेण्ड पुर्वाधार नेपाल प्रालिले ठेक्का सकार गरेको छ । पाल्हीनन्दन गाउपालिका र रामग्राम नगरपालिका समेतलाई जोड्ने उतm सडकको निर्माण सम्झौता अनुसार बेलामै सम्पन्न गर्न र त्यसका लागि स्थानिय सरकार तथा स्थानियबासीले आवश्यक सहयोग गर्नु पर्ने आग्रह समेत साँसद कलवारले गरेका थिए ।
कार्यालयले स्टिमेट गरे अनुसार नै काम गर्नु पर्ने र मापदण्ड र गुणस्तरमा कुनै बहाना बनाउन नहुने निर्माण कम्पनीका प्रतिनिधिलाई पनि सुझाव समेत दिएका थिए । जिल्ला सदरमुकाम परासी देखी भारतिय विसुनपुरा सिमानाका जोड्ने सडक अन्तरगतको सो सडक एउटा भाग हो । रामग्रामको वार्ड नं.९ र पाल्हीनन्दन गाउपालिकाको वार्ड नं.४ र ५ लाई जोडदै सिमानाकासम्म पुग्छ । उतm सडकले आधा दर्जन गाँउलाई जोड्ने हुदा स्थानियलाई यातायातमा पहुँच पुर्याउने गरि काम भई रहेको छ ।
सडकको विच भाग देखी दाँया बाँया २५ फिट गरि कुल ५० फिटको सडक कायम गरि सडकको स्तरोन्नती कार्य हुने छ । सडकको बजेट भ्याट सहित कुल रु.३ करोड ६६ लाख ३२ हजार २ सय ८० रहेको छ । सडक स्तरोन्नती गर्नका लागि २०८२ असोज २९ गते नै सम्झौता भएको र उतm सडक २०८३ जेठ २० गते भित्र सम्पन्न गर्नु पर्ने छ । सडकको स्तरोन्नती पश्चात सडकले जोड्ने गाँउमा ढलनिकास,बजार ब्यवस्थापन लगायतका कार्य गर्दै जाने लक्ष्य समेत सुनाइएको थियो । तर अहिले खाल्टो बनाउने कार्यले स्थानिय चकित परेका छन् ।
सो सडकले जिल्ला सदरमुकाम सहित सदरमुकाम परासीको पाल्ही क्याम्पस जाने बाटोको रुपमा रहेको हुदा बजार र अध्ययनका लागि आउने जाने विद्यार्थीलाई पनि सुविधा पुग्नमा स्थानिय फकिरी चौधरीले विश्वास ब्यतm गरेका थिए । विगतमा जिल्ला विकास समिति.(जिविस) हुदा बेला बेला मर्मत सम्भार हुदै आएको थियो । तर पछि २०७२ सालमा नेपालको नयाँ संविधान जारी गर्दै राज्यको पुर्नसंरचना हुदा जिल्ला विकास समितिको अधिकार कि प्रदेश सरकारमा कि स्थानिय सरकारमा सरेको थियो । जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति(जिसस)मा परिणत भएको थियो ।
जिविसले मर्मत सम्भार गर्दै आएको जिल्लाका दर्जनौ सडक लामो समयसम्म स्वामित्व पहिचानमा अन्यौलता भएका कारण कुन सरकारले स्वामित्व लिई काम गर्ने ? समस्या समेत रहदै आएको थियो । यसका लागि स्थानियले पालिकामा धाउदा उतm सडक दुई पालिकामा पर्ने हुदा कुन पालिकाले बजेट हाल्ने जस्ता पनि समस्या देखिने गरेको थियो । राजमार्ग र राजमार्ग जोड्ने लिँक सडक बाहेकका दुई पालिका जोड्ने सडकहरु प्रदेश सरकारले नै जिम्मेवारी लिई काम गर्नु पनेै कुरा उठ्न थाले पछि लुम्बिनी प्रदेश सरकारले यस्ता सडकमा लगानी गरि मर्मत सम्भार,स्तरोन्नी गर्ने कार्यमा अग्ररता देखाएको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *