अवस्था बुझ्न उद्योग बाणिज्य संघको टोलीद्धारा उद्योगहरुको अवलोकन

नवलपरासी,६ चैत्र
उद्योग बाणिज्य संघ नवलपरासीको टोलीले जिल्लामा स्थापित उद्योगको उत्पादन,निर्यात अवस्थाबारे जानकारी लिइने उदेश्यले खोजी कार्यमा लागेको छ । जिल्लामा खर्ब बढि लगानी भई दर्जनौ उद्योग स्थापना भएर सञ्चालन हुदै आएको भए पनि धेरै उद्योगहरुले आफ्ना मालबस्तु निर्यात गर्दा उत्पातिको प्रमाणपत्र जारी अन्य जिल्लाबाट लिइने भएको हुदा त्यसको खोजमा संघ लागेको हो ।
संघका अध्यक्ष ओम प्रकाश अग्रहरी र उपाध्यक्ष राजेश कुमार गुप्ता सहितको टोलीले जिल्ला भित्रै तिन बर्ष देखी सञ्चालन हुदै आएको द सगतानी स्टिल प्रालि रामग्राम १६ र सोही स्थानमा सञ्चालन हुदै आएको गोल्ड स्टार स्ट्राइट लिमिटेड तथा रामग्राम १५ सुक्रौली स्थित सिद्धिबिनायक स्टिल प्रालि र सिद्धिबिनायक आयल प्रालिको स्थलगत अध्ययन अवलोकन गर्दै उद्योगको उत्पादन,निर्यातबारे जानकारी लिइएको थियो । उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार उद्योग बिभागले उद्योग बाणिज्य संघहरुलाई अख्तियारी प्रदान गरेको हुदा त्यसको जानकारी लिइनका लागि केही उद्योगको अवलोकन र अनुगमन गरिएको अध्यक्ष अग्रहरीले बताएका थिए । उत्पतिको प्रमाणपत्र जारी गर्दा केही शुल्क पनि उद्योगले तिर्ने गर्छन, उनले भने, जुन संघको एक आय स्रोत पनि हो ।
त्यसै गरि उद्योगमा आई परेका समस्या,संघले खेल्नु पर्ने भुमिकाबारे पनि सुझाव संकलन गरिएको उनले सुनाएका थिए । उनका अनुसार अनुगमन गरिएका ४ उद्योग मध्ये सिद्धिविनायक आईरन र आयल दुई वटा उद्योगले संघबाटै निर्यात प्रमाणपत्र जारी गराउदै आएको छ । तर बाकी दुई वटा उद्योग मध्ये द सगतानी स्टिल प्रालिले बनाउदै आएको स्टिल फर्निचरहरु भारत लगायतका अन्य मुलुकमा पनि निर्यात गर्ने तयारी छ । त्यसका लागि संघले उद्योग विभाग तथा भन्सारमा सहजीकरण गर्न कर्मचारी खटाइएको बताए । तर आर्को गोल्ड स्टार स्ट्राइट लिमिटेडले दैनिक ३ हजार जोडा जुत्ता उत्पादन गर्दै आएको छ । तर उत्पादित उद्योगको गोदाम विरगँजमा भएको भेटियो ।
विरगँजको गोदाममा राख्दा यदि भारत हुदै अन्य मुलुकमा निर्यात गर्दा विरगँजकै संघबाट उत्पादित भएको प्रमाणपत्र जारी गराउदै आएको हुन सक्छ,उनले भने,तर यहाँका उत्पादनको प्रमणपत्र जारी गर्न यहिँको संघबाट गराउनका लागि पहल गरिने उनले सुनाएका थिए । जिल्लाको सबै भन्दा बण् िसिद्धिविनायकको समृद्धि ब्राण्डको सोयाविन,सुर्यमुखी र पाम तेल निर्यात हुदै आएको छ । उत्पादित आयलको ९० प्रतिसत भारत र अन्य मुलुकमाम निर्यात हुदै आएको छ । बाकी १० प्रतिसत मात्र नेपालमा खपत हुने गरेको छ । विगत ६ महिनाको तथ्याँक अनुसार नै १ अर्ब ८० करोड बराबरको तेल निर्यात भएको संघको तथ्याँकमा छ ।
जिल्लामा एक खर्ब भन्दा बढि लगानी भई औद्योगिक क्षेत्रको रुपमा विकास भएको भए पनि यहिँ जिल्लाबाट निर्यात गर्ने महेशपुर भन्सारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नसक्दा जिल्लाको उत्पादन,राजस्व समेत अन्य जिल्लामा जोडिने गरेको अध्यक्ष अग्रहरीले जनाए । जिल्ला भित्रका उद्योगी र ब्यवसायीबाट बार्षिक ६ अर्ब तँ आन्तरिक राजस्व कार्यालयमा राजस्व बुझाउदै आएको तथ्याँक देखिन्छ,अग्रहरीले भने,तर उद्योग नवलपरासीमा छ,त्यसको कार्यालयहरु भैरहवा,बुटवल,नारायणघाट,विरगँज जस्ता ठाँउमा छन् । उद्योगले भुमि यो जिल्लाको प्रयोग गरेका छन् । त्यसको लाभ अन्य जिल्लामा भई रहेका छन् ।
राजस्वको प्रत्यक्ष असर सरकारले बनाउने बजेटलाई समेत प्रभाव पार्ने गरेको हुन्छ, संघका उपाध्यक्ष गुप्ताले भने,कुन जिल्लाबाट कति राजस्व उठ्ने गरेको छ,त्यसलाई पनि आधार मानेर ति जिल्लामा विकास पुर्वाधार,शुरक्षा र सञ्चारमा लागनी गर्ने गर्छ । विगतमा जिल्लामा आन्तरिक राजस्व कार्यालयको सेवा कार्यालय परासीमा खोलेर केही बर्ष काम भयो,जुन कार्यालयले १ अर्ब बढि राजस्व संकलन भएको देखाउथ्यो । तर अहिले ति सेवा कार्यालय पनि खारेजीमा परेको छ । यसबार जिल्लाका जनप्रतिनिधि,राजनीतिक दल,शुरक्षा निकाय तथा सञ्चारकर्मीले पनि चाँसो राख्नु पर्ने उनले औल्याएका थिए ।
यसै जिल्लामा उत्पादन भई मुलुक र मुलुक बाहिर मालबस्तु जाने गरेको छ । जमिन,पानी,बायु जस्ता प्राकृतिक स्रोतमा नवलपरासी जिल्लाबासी प्रभावित हुन्छन् । तर उद्योगले बुझाउने राजस्व अन्य जिल्लामा देखिने हुदा पनि यो जिल्लाको पुर्वाधार विकास,सुरक्षा र सञ्चार क्षेत्रमा लगानी कमजोर हुनु स्वभाविक भएको उनको भनाई थियो । यसका लागि संघले अहिले सबै उद्योगको अवलोकन गर्ने र लगत विवरण संकलन गर्ने कार्य गर्दै आएको छ । उनीहरुको समस्या बुझ्दै आएको छ । केही जनप्रतिनिधिहरु अवैध रकमका लागि उद्योग ब्यवस्थापनमा दवाव बनाउने गरेका गुनासोहरु पनि सुनिएको छ । जुन उद्योगीहरुले सुनाउदै आएका थिए ।
संघको तथ्याँक अनुसार जिल्लाबाट अहिले १४ वटा उद्योगका मालबस्तुको निर्यातको लागि प्रमाणपत्र जारी गर्दै आएको छ । जस्मा ओम नेचर ब्रान,आरती एग्रो ब्रान,मारुती एग्रो ब्रान,सिद्धिविनायक स्नायक्स चाउ चाउ,सुसाल प्लाई,ब्रजेश्वरी डाइपर,सिद्धिविनायक स्टिल,सिद्धिविनायक स्टिल,गणेश ओभरसिज(दाना)एसियन ब्लक,अरुण डिस्टीलरी,कत्था स्प्रिट लगायतका उद्योगहरुले उत्पादिन मालबस्तु विदेश निर्यात गर्दै आएको विवरण संघमा रहेको छ । तर पाल्पा सिमेन्ट लगायतका अन्य दर्जनौ उद्योगहरुले कहाँबाट प्रमणपत्र जारी गराउदै आएका छन्,त्यसको विवरण जानकारीमा आएको छैन् ।
छ्टिटै संघले जिल्ला भित्रका ठूलो ,मझौला तथा साना उद्योगहरुको औद्योगिक प्रोफाईल बनाउने योजना बनाएको उपाध्यक्ष गुप्ताले सुनाए । त्यसै गरि औद्योगिक प्रोफाईलकै आधारमा महेशपुुर भन्सारलाई पुर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक क्वारेन्टाईन लगायतका पुर्वाधार निर्माणका लागि पहल गरिनुका साथै जिल्लामै आन्तरिक राजस्व कार्यालय स्थापनाको पहल गर्न पनि आवश्यक रहेको उनले औल्याएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *