बर्षौ देखी मर्मत सम्भार नभएको भुतहा—महेशपुर सडकको अवस्था अवलोकन गर्दै भौतिक पुर्वाधार मन्त्री ढकाल
नवलपरासी,१९ फागुनबषौै देखी मर्मत सम्भारको उपेक्षामा परेको जिल्लाका महत्वपुर्ण सडकको अवस्थाबारे सरावल गाउपालिकाले लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रीलाई स्थलगत अवलोकन गराएर अवगत गराएको छ । जिल्लाको भन्सारनाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत ९ बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएको समस्याबारे लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकाललाई अवगत गराइएको गाउपालिका अध्यष सुखाडी चौधरीले जानकारी गराएका हुन ।मुलुकमा संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस मार्फत सो सडक ओटासिल बनाइएको थियो तर पछिल्लो समय सो सडकको मर्मत सम्भार गर्ने दायित्व कुन तहको सरकारसँग हुने अन्यौलताले सडक जिर्ण हुदै गएको थियो । अहिले पनि उतm सडक दुई जना संघिय सरकारका साँसद र तिन जना प्रदेश सरकारका साँसदको क्षेत्रलाई जोड्ने भए पनि सडकको मर्मत सम्भारमा कुनै पनि सरकारले ...










