पाल्हिनन्दन गाउँपालिका

पाल्हीनन्दनमा चलेको विद्यालयसँग उपाध्यक्ष अभियानले अभिप्रेरित विद्यार्थी गाउपालिका पुगेर उपाध्यक्ष भेटे
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

पाल्हीनन्दनमा चलेको विद्यालयसँग उपाध्यक्ष अभियानले अभिप्रेरित विद्यार्थी गाउपालिका पुगेर उपाध्यक्ष भेटे

नवलपरासी,२ असारजिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्षले सामुदायिक विद्यालयका बालबालिकालाई भविष्यमा समाजको नेतृत्व गर्न सकुन भनेर सञ्चालन गरेको कार्यक्रमको प्रभाव पर्न थालेको छ । गत फागुन महिना भरि सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गर्दै उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले नेतृत्व लिन अगाडी बढन आग्रह गरेको दुई महिना नवित्दै विभिन्न विद्यालयका विद्यार्थीहरु अहिले गाउपालिकामा उपाध्क्ष भेट्न आउन थाल्दा अभियानको असर देखिन थालेको हो ।गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना ...
पाल्हीनन्दन गाउपालिकाद्धारा इदको अवसरमा शुभकामना आदानप्रदान
पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

पाल्हीनन्दन गाउपालिकाद्धारा इदको अवसरमा शुभकामना आदानप्रदान

नवलपरासी,२७ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले इस्लाम धर्मालम्बीहरुको महान पर्व इदको पुर्व सध्यामा शुभकामना आदाप्रदान गरेको छ । जिल्लाका सातवटै गाउपालिका मध्ये पाल्हीनन्दनले सम्पुर्ण इस्लामक धर्मावलम्बीहरु सहित स्थानिय जनप्रतिनिधि र राजनीतिक दलहरु सहितको सहभागिताम सो कार्यक्रम गरेको हो ।गाउपालिकाकी उपाध्यक्ष सकिनाको सक्रियतामा आयोजित उतm कार्यक्रममा साझ इस्लाम धर्मावलम्बी सहित अन्य समुदाय सहितको सहभागितामा साझा रोजा खोल्ने कार्यक्रम पनि सामुहिक रुपमा आयोजना गरिएको थियो । गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm शुभकामना आदान प्रदान कार्यक्रममा पुर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपाल पहिला देखी नै धार्मिक सहिसुण्ता भएको मुलुक भएको बताएका थिए । आफ्नो धर्म प्रति कट्टर रहने तर अरु धर्मको पनि सम्मान गर्ने कुरा नेपालबाट सँसारले सिक्नु पर्ने कुरा औल्याउदै त्यसैक...
महिला स्वास्थ्य सेविकालाई मानसिक रोगीको पहिचान गर्न मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

महिला स्वास्थ्य सेविकालाई मानसिक रोगीको पहिचान गर्न मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण

नवलपरासी,१५ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भरिका महिला स्वास्थ्य स्वम्ेविकाहरुलाई नसर्ने मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गराएको छ । मानसिक समस्या भएका तथा मानसिक रोग सम्बन्धित गाँउ टोलमा मानसिक समयस्या झेल्दै आएको ब्यतिmको पहिचान गरि मानसिक रोग विशेषज्ञ समक्ष प्रेसण गर्न सक्ने गरि आधारभुत तालिम दिलाएको हो ।गाँउ टोलमा खोपजन्य,बालबालिका,महिला स्वास्थ्य सम्बन्धि विभिन्न स्वास्थ्य सम्बन्धि खोजपडताल गरि स्वास्थ्य कर्मी समक्ष ल्याइदिइने महिला स्वास्थ्य सेविकाहरु हुन् । अहिले मानसिक रोग सम्बन्धि अभिमुखीकरण गराएर त्यस्ता विरामी पनि स्वास्थ्यकर्मी र विज्ञ समक्ष पुर्याउनमा सहयोगी हुने विश्वास लिइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेलले बताए । नेपालमा स्वास्थ्य सेवाको सुचकाँक र प्रतिफल ल्याउनमा महत्वपुर्ण भुमिका खेल्दै आएकी स्वासथ्य सेविकाहरुको प्रशँसा गर्दै ...
गण्डक परियोजनाका सडकलाई ‘इण्डो नेपाल गण्डक मार्ग’बनाउन माग
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

गण्डक परियोजनाका सडकलाई ‘इण्डो नेपाल गण्डक मार्ग’बनाउन माग

नवलपरासी,५ चैत्रहालै पहिचानमा आएको जिल्लाको पाल्हीनन्दन गाउपालिको प्राचीन नन्दन नगर र नन्दन ताललाई जोड्दै इण्डो—नेपाल गण्डक मार्गको माग उठेको छ । ति स्थानलाई मुख्य मार्गसँग जोड्न भारत भएर मधेश प्रदेशको विरगँजसम्म जोड्ने ‘नेपाल—भारत गण्डक मार्ग अर्थात (इण्डो—नेपाल गण्डक मार्ग)को स्वरुप दिन गाउपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना)ले संघिय सांँसद र प्रदेश साँसदसँग माग गरेकी हुन् । पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कण्डेलको निवासमा भएको संघिय साँसद विनोद चौधरी तथा लुम्बिन्ी प्रदेश साँसदद्धय देवकरन कलवार र बैजनाथ जैसवाल सहितको जनप्रतिनिधीहरुको अनौपचारिक छलफलमा उनले सो कुरा उठाएकी हुन् । गण्डक सम्झौता अनुसार गण्डक ब्यारेजबाट नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली र नेपाल गण्डक पुर्वि गण्डक सिचाई प्रणालीको सेवा सडक अर्थात सर्भिस रोडलाई स्तरोन्नती गरि सार्वजनिक यात्रुबाहक यातायात...
नुमना युवाँ संसदको नीति कार्यक्रममा प्रस्तुत भयो प्राचीन नन्दनताल र प्राचीन नन्दन नगरको विकास
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

नुमना युवाँ संसदको नीति कार्यक्रममा प्रस्तुत भयो प्राचीन नन्दनताल र प्राचीन नन्दन नगरको विकास

नवलपरासी,२७ फागुनसंसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका सक्रिय स्थानियहरु युवाहरुको गाउसभा(गाँउ सँसद)मा प्राचीन नन्दन नगर र नन्दनताललाई विश्वसम्पदामा सुचिकृत गराउने गरि नीति कार्यक्रममा समावेश भएको छ । पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ सनईमा रहेको नन्दनताल र पडरीमा रहेको प्राचीन नन्दन नगरक्षेत्रको विकास गर्नका लागि विश्वसम्पदामा सुचिकृत गराउन आवश्यक रहेको भनि नमुना गाउसभामा प्रस्तुत गरिएको नीति कार्यक्रममा राखिएको हो ।विश्वसम्पदाको रुपमा रहेको १ सय विघा बढि क्षेत्रफलको नन्दनताललाई रामसार सिमसारमा सुचिकृत गरिनु पर्ने र प्राचीन कोलिय गणराज्य अन्तरगतकै प्राचीन नन्दननगरलाई पुरातात्विक खोज गराई युनेस्को मार्फत विश्वसम्पदामा सुचिकृतका लागि गाउसभाले पहल गर्नु पर्ने भनेर नीति कार्यक्रम बनाई प्रस्तुत गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । प्राचीन सम्पदा भए पनि ओ...
विद्यालयबाट भविष्यका नेता छानी अवार्ड प्रदान गरिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार, समाज

विद्यालयबाट भविष्यका नेता छानी अवार्ड प्रदान गरिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,२४ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकामा विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गरिएको छ । उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना बालबालिकालाई भविष्यका नेता भन्दै पुरस्कार प्रदान गरेकी हुन् ।गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । स्वच्छ राजनीतिका लागि पढेलेखेका युवाहरु राजनीतिमा सहभागित हुन पर्छ, उनले भनिन्,त्यसका लागि विद्यालय तह देखी नै विद्यार्थीमा नेता बन्ने उत्साह बढाउनु पर्छ । अहिले विद्यालय,समाज हुदै राज्यका विभिन्न निकायमा नेतृत्व गर्न सकुन भनेर ५ जना छात्रा र ५ जना छात्रलाई भविष्यका नेता भन...
पाल्हीनन्दन गाउपालिकामा स्थानिय युवालाई नमुना संसादको अभ्यास गराईदै
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

पाल्हीनन्दन गाउपालिकामा स्थानिय युवालाई नमुना संसादको अभ्यास गराईदै

नवलपरासी,१९ फागुनसंसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका स्थानियहरु युवाहरु सक्रिय भएका छन् । नेपाल सरकार राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तरगत हुन लागेको कार्यक्रममा स्थानिय युवाहरुले सक्रियता देखाउन थालेका हुन् । परिषद र गाउपालिकाको सहकार्यमा जिल्लाको यो पाल्हीनन्दन गाउपालिकाको वार्ड नं.२ हरपुरमा यस्तो कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यो कार्यक्रम जिल्लाको पाल्हीनन्दन गाउपालिकाका छनौट भएको छ, उनले भने, यो पाल्हीनन्दन गाउपालिकाको लागि सौभाग्य हो । जुन संसद र संसदिय कार्य समाचारमा हेर्ने र पढने गरेका थिए । त्यसैलाई प्रत्यक्ष अनुभुतिका लागि सानै देखी अभ्यास गर्न पाउने मौका पाएका छन् । यसका लागि युवा परिषदले अवसर जुराएकोमा उनले परिषदलाई आभार ब्यतm गरेका थिए । उनका अनुसार अहिले संसदिय अभ्यासका लागि गाउपालिका भरि य...
स्वास्थ्य र संघसस्था दर्ता ऐन पास गर्दै पाल्हीनन्दनको १६ औ गाउसभा सम्पन्न
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

स्वास्थ्य र संघसस्था दर्ता ऐन पास गर्दै पाल्हीनन्दनको १६ औ गाउसभा सम्पन्न

नवलपरासी,१८ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकाको १६ औ गाउसभा दुई वटा ऐन पास गर्दै सम्पन्न भएको छ । गाउपालिकाले स्वास्थ्य ऐन २०८० र संघसस्था दर्ता सम्बन्धि ऐन २०८० सँगै लैगिँक समानता,अपाँगता तथा समाजिक समावेशिकरण नीति २०८० र बिनियोजन विधेयकको संसोधन गर्दै सो नगरसभा सम्पन्न भएको हो ।गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm सभामा बिधायन समितिका संयोजक तथा गाउपालिकाका प्रवतmा समेत रहेका कृष्णचन्द्र यादवले ति विधेयकहरु प्रस्तुत गरेका थिए । त्यसको ब्याख्या र औचित्य माथि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले प्रकाश पारेका थिए । ति विधेयकहरुलाई गाउसभा सदस्यहरुले सर्वसम्मतले पास गरेका थिए । त्यसै गरि अगामी दिनहरुमा गाउपालिकाको राजश्व वृद्धिका लागि दर भन्दा दायराको वृद्धि गर्नु पर्ने र थप राजश्वको स्रोत खोजीमा लाग्नु पर्ने गाउपालिकाकी उपाध्यक्ष फातिम अंसारी सकिन...
छात्रा आवासिय मदरसा इस्लामियाका छात्रालाई भेटिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

छात्रा आवासिय मदरसा इस्लामियाका छात्रालाई भेटिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,१७ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले छात्रा आवसिय मदरसा इस्लामियाका बालबालिकाहरुलाई भेटेकी छिन् । छात्रबासको समस्याहरुको पहिचान गर्नका लागि उनले आवासिय रुपमा सञ्चालन हुदै आएको पाल्हीनन्दन ३ बेलासपुर स्थित सो मदरसाका छात्राहरुलाई एक कार्यक्रमको आयोजना गरि भेटघाट गरेकी हुन् ।उनी अभियानकै रुपमा सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न मदरसा र विद्यालयमा कार्यशाला,अन्तरक्रिया,प्रश्नोत्तर गर्दै आएकी उपाध्यक्ष सकिनाले छात्रबासका समस्या बुझ्नका लागि प्रत्यक्ष भेटघाट गरेकी थिईन् । प्रमख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल सहित उनी छात्रबासको समस्या गाउपालिकाबाट सकेसम्म सम्बोधन गर्नका लागि भेटघाट गर्न पुगेको उनका स्वकिय सचिव इमरान अलीले बताए । उनका अनुसार बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम...
सामुदायिक विद्यालयका बालबालिकासँग कार्याशाला गर्दै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

सामुदायिक विद्यालयका बालबालिकासँग कार्याशाला गर्दै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,१४ फागुन,जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयमा कार्यशाला गरेकी छिन् । आफु विद्यार्थी कालमै चुनाव लडेर उपाध्यक्ष बनेकी सम्वतः नेपालकै कान्छि उपाध्यक्ष सकिनाले विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न थालेकी हुन् ।कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ स्थित हरपुर माविमा गर्दै त्यसको निरन्तताका लागि सोमवार वार्ड नं.२ स्थित सिद्धार्थ मावि कुश्मामा कार्यशाला गरेकी थिईन् । विद्यालयमा समाजिक शिक्षक नभएको र सरसफाईमा ध्यान कम पुर्याइएको गुनासो समेत बालबालिकाले उठाएका थिए । सो कार्यक्रममा वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुरेस गुप्ता सहितको सहभागि...