समाचार

परासी स्थित पिस पार्कको लुम्बिनी प्रदेशसभा सदस्य (साँसद) कलवारद्धारा अवलोकन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासी स्थित पिस पार्कको लुम्बिनी प्रदेशसभा सदस्य (साँसद) कलवारद्धारा अवलोकन

नवलपरासी,१३ साउनजिल्ला सदरमुकाम परासी स्थित सञ्चालनमा आएको पिस पार्कले परासीमा पार्कको आवश्यकतालाई पुरा गरेको लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) बैजनाथ कलवारले बताएका छन् । पिस क्लब इन्टरनेसन,परासी नवलपरासीद्धारा ब्यवस्थापन गरि सञ्चालनमा ल्याइएको उतm पार्कको शनिवार स्थालगत अवलोकन गर्दै सो कुरा बताएका हुन् ।पिस पार्कको सञ्चालन तथा ब्यवस्थापन पिस क्लबले गर्दै आए पनि यसको विकास र प्रवद्र्धनमा रामग्राम नगरपालिकाले ध्यान दिनु पर्ने उनले औल्याएका थिए । रामग्राम नगरपालिका भित्र यतिको पार्क नभएको हुदा यसलाई नगरले नै सहयोग गरि ब्यवस्थित गर्दै लैजानु पर्ने र लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि आवश्यक पुर्वाधार बनाउनका लागि समेत पहल गरिने उनको भनाई थियो । झरही नदी किनारमा लोहषणा विद्यालयद्धारा वृक्षारोपण गरिएको करिब पाँच विघा क्षेत्रफलमा उतm पार्कको साउन १ गते सोही वार्डका वार्डअध्यक्ष महेन्द्र ठाकुरले...
सिचाई जलको श्रोत खोज्न चुरेबन क्षेत्र चहार्दै सरावल गाउपालिका अध्यक्ष चौधरी
कृषि, समाचार, सरावल गाउँपालिका

सिचाई जलको श्रोत खोज्न चुरेबन क्षेत्र चहार्दै सरावल गाउपालिका अध्यक्ष चौधरी

नवलपरासी,९ साउनजिल्लाको सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी सिचाईको श्रोत खोज्दै बन क्षेत्रमा प्राविधिक सहितको टोली खटिएका छन् । यो बर्ष पानी कम पर्ने गर्दा सिचाई समस्या देखिन थाले पछि गाउपालिको चुरे क्षेत्रमा रहेका खोला भित्र पसेर पानीको श्रोत पहिचानमा लागेका हुन् ।विगत बर्ष देखी नै चुरेको माटो चुरेलाई,चुरेको पानी सबैलाई नारा नै राखेर राष्ट्रपति चुरे संरक्षण कार्याक्रम मार्फत चुरे संरक्षण गर्नु पर्ने कार्यक्रम हुदै आएको छ । तर संरक्षण गर्दै चुरेको पानीलाई उपयोग गर्दै सिचाईको श्रोत बनाउनु पर्ने आवश्यकता अहिले महशुस गर्न थालिएको अध्यक्ष चौधरीले बताए । गाउपालिकाका प्राविधिकहरु टोली लिएर अहिले गाउपालिकाको सिरानमा रहेको चुर क्षेत्रको बन भित्रको सुखौरा खोला क्षेत्रमा सिचाईको श्रोतको खोजिमा लागेका छौ । पानीको श्रोत रहेको छ,उनले भने,प्राविधिकहरुलाई पनि ति पानी किसानको खेत खेतमा कसरी पुर्य...
प्रतापपुर गाउपालिकाले शुरु गर्यो स्वास्थ्य सस्था सञ्चालक तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण
प्रतापपुर गाँउपालिका, समाचार, स्वास्थ्य

प्रतापपुर गाउपालिकाले शुरु गर्यो स्वास्थ्य सस्था सञ्चालक तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण

नवलपरासी,८ साउनजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्रका स्वास्थ्य चौकीहरुको उचित ब्यवस्थान तथा सञ्चालनका गर्न स्थानिय स्वास्थ्य सस्था सञ्चालन तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण तालिम दिएको छ । स्थानिय स्तरबाट नै गठित स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिलाई शसतm बनाई ग्रामिण जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले सो तालिम दिइएको हो ।बेस नेपालको सहजीकरणमा गाउपालिको स्वास्थ्य शाखाले प्रतापपुर ९ स्थित स्वास्थ्य चौकीका सञ्चालन तथा ब्यवस्थापन समितिका सदस्यहरुलाई तालिम प्रदान गरिएको स्वास्थ्य शाखाले जानकारी गराएको थियो । स्वास्थ्य सस्थाहरुमा पुरा समय स्वास्थ्यकर्मी नबस्ने गरेको र केही स्वास्थ्यकर्मीहरुले आफ्नो निजी क्लिनीकमा सेवा दिईने तर स्वास्थ्य चौकीमा सेवा नदिईने गरेको गुनासो गाउपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानिय जनताले कुरा उठाएका थिए । त्यस बेला...
थारु साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराउदै सरावल सरकार
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराउदै सरावल सरकार

नवलपरासी,७ साउनजिल्लाको सरावल गाउपालिकाले थारु साँस्कृतिक पार्क बनाउनका लागि उचित स्थानको खोजी र सम्भाब्यता अध्ययनमा लागेको छ । थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययनमा लागेको हो ।थारु साँस्कृतिक पार्क निर्माणका लागि विगत डेढ दशक देखी खिचडी महोत्सव हुने गरेको सरावल २ मनरी गाँउ नजिकै पार्क बनाउने गरि स्थानको खोजी र सम्भाब्यता अध्ययन भई रहेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । उनले विगत बर्ष देखी थारुको महत्वपुर्ण चाडपर्वको रुपमा माघी खिचडी मनाउने र सो अवसरमा मेला महोत्सव समेत मनरी स्थित जनता माध्यमिक विद्यालयको परिसर भित्र हुदै आएको छ । तर अहिले मेला विस्तार हुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रुपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न...
पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने ः मेयर यादव
पर्यटन, रामग्राम नगरपालिका, समाचार

पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने ः मेयर यादव

नवलपरासी,६ साउनहालै सञ्चालनमा आएको रामग्राम ८ उनवछ स्थित पिस पार्क चर्चा पाए पछि त्यसको स्थलगत अवलोकन गर्न रामग्राम नगरपालिकाका नगर प्रमुख(मेयर) धनपत यादव पुगेका छन् । पिस क्लब इन्टरनेसनल नवलपरासीको ब्यवस्थापनमा सञ्चालनमा आएको उतm पार्क स्थलमा अहिले शान्त र मनोरम दृष्य भएको स्थानमा समय बिताउने देखी मिटिगँ बैठक गर्ने संघ सस्थाहरुको आकर्षण बढे पछि सो पार्कलाई थप ब्यवस्थापन गर्ने उदेश्यले नगरप्रमुख यादवले शनिवार विहान अवलोकन गर्न पुगेका हुन् ।परासीको यो पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने देखिएको उनले नगरप्रमुख यादवले महशुस भएको बताएका थिए । झरही किनारमा रहेको झण्डै पाँच विघा क्षेत्रफलमा फैलिएको वृक्षारोपण गरिएको रुख बोट विरुवाले भरिएको उतm स्थान गर्मियाममा समय विताउनका लागि पिस क्लबले पिस पार्कको रुपमा ब्यवस्थापनम जुटेको छ । यहिँ साउन १ गते देखी उतm पार्क...
सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

नवलपरासी, ३ साउनजिल्लाको सरावल गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा एसईई २०७९ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ । बुधवार एक समारोह विच उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका विद्यार्थीलाई सम्मान गरेको छ ।पालिका भित्रका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान पत्र प्रदान गरिएको गाउपालिकाले जनाएको छ । जिल्लामा उत्कृष्ट ४ जिपिए ल्याउने छात्रा प्रतापपुरको लिटिल बुद्ध स्कुल फाउन्डेसनकी कृष्णा कुमारी गौड, सरावल गाउँपालिकामा उत्कृष्ट ३.७६ जिपिए ल्याउने आर्दश माध्यमिक विद्यालय सरावल २ खोखरपुराका छात्रा निलमकुमारी गुप्ता तथा एसइइ उत्कृष्ट भएका पालिका भित्रका ४२ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले विद्यार्थिहरुलाइ शिक्षा...
सुस्ता अस्पताल नबनाउने निर्माण कम्पनीलाई कालोसुचिमा राखी कारवाही प्रकृया अगाडी बढाउदै गाउपालिका
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

सुस्ता अस्पताल नबनाउने निर्माण कम्पनीलाई कालोसुचिमा राखी कारवाही प्रकृया अगाडी बढाउदै गाउपालिका

नवलपरासी,३ साउनम्याद सकिए पनि अस्पताल निर्माणकार्य नगर्ने निर्माण कम्पनीलाई सुस्ता गाउपालिकाले कारवाही प्रकृया अगाडी बढाएको छ । निजी स्वार्थलाई प्राथमिकतामा राखी असपताल जस्तो पुर्वाधार निर्माण नगरि जनस्वास्थ्य माथि खेलवाड गर्ने कार्य निर्माण कम्पनीलाई कालोसुचीमा राख्ने गरि कारवाही प्रकृया अगाडी बढाएको हो ।निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत बर्ष देखी नै अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो । अस्पताल निर्माण कार्य शुरु गर्न पटक पटक ताकेता गरिए पनि काम नगरे पछि गाउपालिका बाध्य भएर कारवाही प्रकृया अगाडी बढाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । निर्माण कम्पनीले माग गरेको पेश्कि रकम समेत गाउपालिकाले उपलब्ध गराएको थियो,तर काम नगर्ने लक्षण देखाए प...
परासीमा पहिलो पटक पिस पार्कको सञ्चालन कार्य शुभारम्भ
पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासीमा पहिलो पटक पिस पार्कको सञ्चालन कार्य शुभारम्भ

नवलपरासी,१ साउनजिल्लाको सदरमुकाम परासीमा पहिलो सार्वजनिक पार्कको रुपमा पिस पार्क सञ्चालन कार्य शुभारम्भ भएको छ । रामग्राम नगरपालिका वार्ड नं.८ उनवछ गाँउ पुर्व बसपार्क नजिकै सो पार्कको शुभारम्भ सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले गरेका हुन् ।पार्कको शुभारम्भ गर्दै उनले अहिले आफ्नै वार्डमा बन्न लागेको यो पिस पार्क नगरपालिकाकै सम्पति भएको बताए । यसमा रामग्राम नगरपालिकाले समेत लगानी गुर्न पर्छ,उनले भने, वार्ड स्तरबाट हुने सहयोग निरन्तर भई नै रहन्छ । धेरै दिन देखी परासी बजार क्षेत्रमा पार्क नभएको आवश्यकता महशुस भई रहेको थियो । अहिले यो पिस पार्कले सो आवश्यकतालाई पुर्ति हुने हुदा उनले खुशी ब्यतm गरेका थिए । वार्डले शुरुवात गरेको छ,तर पार्क ब्यवस्थानमा करोडौ लगानी लाग्न सक्ने हुदा नगरपालिका,प्रदेश सरकार र संघिय सरकारले पनि स्वामित्व लिएर लगानी गर्न समेत उनले औल्याएका थिए । स्थानिय लोहसडा ...
नवलपरासीका थारुमा भारी मात्रामा सिकलसेलका विरामी भेटिदै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

नवलपरासीका थारुमा भारी मात्रामा सिकलसेलका विरामी भेटिदै

नवललपरासी,३१ असारजिल्ला भित्रका थारु समुदायको रतm नमुना परिक्षण गर्दा सिकलसेल तथा थालासेमिया रोग रहेका विरामी भेटिन थालेका छन् । प्रायः थारु समुदायमा भेटिने सिकलसेल समस्या भएको हुदा थारु समुदायमा परिक्षण गर्दा सिकलसेल भएका ब्यतिmहरु भेटिन थालेका हुन् । आईतवार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धि पत्रकारहरुलाई अभिमुखीकरण तथा अन्तरक्रियामा सिकलसेल सम्बन्धि जानकारी गराइएको थियो । जिल्लाका सात पालिका मध्ये ६ वटा पालिकामा नमुना संकलन गरि परिक्षण गरिएको थियो । पाल्हीनन्दन गाउपालिकाले कम चाँसो देखाएका कारण ति पालिकामा हालसम्म नमुना परिक्षण हुन नसकेको कार्यालयले जानकारी गराएको थियो । कार्यालयका अनुसार सरावल गाउपालिकामा कुल ३ सय ७४ जनाको रतm नमुना लिएको थियो,जस्मा सिकलसेल बाहक ८ जना,थालासेमिया २१ जना,एचबीई १ जना र ९१ जनाको अझै नतिजा आउन बाकी नै र...
महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन सञ्चालन गर्न हाटबजार जिल्ला समन्वय समितिको माग
अर्थ, नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन सञ्चालन गर्न हाटबजार जिल्ला समन्वय समितिको माग

नवलपरासी,२९ असारमहेशपुर भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि पहल गर्न हाटबजार जिल्ला समन्वय सिमितिले जिल्ला समन्वय समिति(जिसस) लाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाको महेशपुर नाकामा मुल भन्सार कार्यालय स्थापना भएको बर्षाै वित्ति सक्दा पनि हालसम्म प्लान्ट क्वारेन्टाईनको ब्यवस्थापन नहुदा स्थानिय ब्यवसायी तथा उपभोतmालाई मर्का परेको भन्दै सो ज्ञापनपत्र बुझाएको हो ।सम्बन्धित सरोकारवाला निकायसँग पहल गरि प्लान्ट क्वारेन्टाईनको ब्यवस्थापन गर्न जिसस प्रमुख भगौती प्रसाद यादवलाई हाटबजार जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले ज्ञापनपत्र बुझाएका थिए । मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन,तरकारी लगायतका बनस्तीजन्य पदार्थको ...