समाचार

रातीको बेला कार्यालय परिसरमा रहेको रुख डिएफओले काटे पछि बाजर भरि बमण्डर
नवलपरासी (ब.सु.प.), समाचार, समाज

रातीको बेला कार्यालय परिसरमा रहेको रुख डिएफओले काटे पछि बाजर भरि बमण्डर

नवलपरासी,९ असोजबन संरक्षण र प्रवद्र्धनको जिम्मेवारी पाउने डिभिजन बन अधिकृत(डिएफओ) जिवन पंगेनी आफ्नै कार्यालय परिसर भित्रको रुख राती राती काट्न लगाए पछि कार्यालयमा बमण्डर मच्चिएको छ । कार्यालयका सबै कर्मचारीले परिसर भित्र रहेको आँपको रुख काट्न हुदैन भनेर दिउँसो काट्न नदिए पछि रातीको बेला डिएफओ पंगेनीले रुख काट्न लगाए पछि अहिले बमण्डर मच्चिएको हो ।कार्यालय परिसरमै रहेको रुख भए पनि काट्नका लागि प्रकृया पुर्याएर मात्र काट्न पाउने कार्यालयका कर्मचारीले बताए । रुख काट्न दिउँसै डिएफओ तम्सिएका थिए,तर कर्मचारीले काट्न हुदैन,काट्न दिइएनन्,सबै कर्मचारी घर गए पछि राती करिब १० बजे आफै पहिला रुख काट्न थालेर पछि कार्यालय सहयोगीलाई काट्न लगाएका थिए । रुख कटान भई रहेको बारे वरिपरिका स्थानियले हल्ला गरे पछि प्रहरी डिभिजन बन कार्यालय पुगेको थियो ।विहानै देखी डिएफओ प्रजिअ निवास पुगेर आफुले रुख नकाटेको हाँगा म...
रामग्राम स्तुपमा चाईनाको ग्वान्जो बुद्धिष्ट सोसाईटीसँगै रामग्राम विकास कोषको सहकार्यमा अध्यात्मिक अभ्यास
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुपमा चाईनाको ग्वान्जो बुद्धिष्ट सोसाईटीसँगै रामग्राम विकास कोषको सहकार्यमा अध्यात्मिक अभ्यास

नवलपरासी,१० असोजजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार असोज अष्टमीको अवसरमा बुधवार साझ रामग्राम स्तुपमा दिपबाली पुजापाठ तथा ध्यानअभ्यास गरिएको छ । कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाएको हो । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यासलाई गराउने कार्य निरन्तर गर्ने योजना अनुरुप नै बुधवार साझ दिपबाली ध्यान अभ्यास गरिएको हो ।बुधवार साझ नै रामग्राम विकास कोषकै निर्धारित कार्यक्रममा चाईनाका ग्वान्जो बुद्धिष्ट एसोसिएरनका भिच्छु र रामग्राम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएका द प्रमिस लैण्डका सञ्चालक निकेस अधिकारी सहितको टोलीको समेत सहकार्यमा दिपावली भएको कोषका सदस्य रामप्रसाद ...
नर्सहीको बालुवा खानी क्षेत्रमा अवैध उत्खनन भएको आरोप
समाचार, समाज, सुस्ता गाउँपालिका

नर्सहीको बालुवा खानी क्षेत्रमा अवैध उत्खनन भएको आरोप

नवलपरासी,९ असोजजिल्लाको सुस्ता गाउपालिकाको बालुवाखानी क्षेत्रमा अवैध उत्खनन भई रहेका छन् । स्थानिय प्रहरी र जनप्रतिनिधिहरुको सँलग्नतामा बालुवा उत्खनन गरि तस्करी गर्ने कार्य तिब्र रुपमा हुन थालेको स्थानियले आरोप लगाएका हुन् ।सुस्ता ४ नसर्हीको रेता क्षेत्रमा रहेका उखडा ऐलानी जग्गाको रुपमा जोतभोग गरिरहेका बालुवा खानीबाट लाखौ मुल्य बराबरको बालुवा उत्खनन गरि स्थानिय क्रसर उद्योग तथा भैरहवासम्म बालुवा जाने गरेको स्थानियले बताए । यसमा प्रहरी मौन छ,जनप्रतिनिधिलाई मतलब छैन्, उनले भन्ने यसको तात्पर्य के होला ? जो सकुैले बुझ्न सक्छ । वार्ड कार्यालयले माटो विक्रि भनेर केही राजस्व बुझेको पत्र बनाई दिइएको छ,तर माटोको नाँउमा बालुवाखानीबाट माटो झिकेको झिक्यै छन् । प्रहरी रमिता हेरेर बसेको छ । समान्य किसानले आफ्नो खेतको माटा आफ्नो घरमा लैजादा पनि केरकार गर्ने,सोधखोज गर्ने प्रहरी हाईवामा लोड गरेर इलाका प्रह...
प्रतापपुर र सुस्ता जोड्ने नर्सहीको चोर्निया खोलामा पुल बनेपछि स्थानियलाई राहत
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर र सुस्ता जोड्ने नर्सहीको चोर्निया खोलामा पुल बनेपछि स्थानियलाई राहत

नवलपरासी,९ असोजविगत बर्ष देखी सानो पुल भत्किएर सास्तै झेल्दै आएका स्थानियबासीलाई जिल्लाको प्रतापपुर गाउपालिका ८ स्थित चोरनिया खोला पुल निर्माण पछि स्थानियबासीलाई राहत भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालयको सडक पुर्वाधार विकास कार्यालयले सो पुलको निर्माण गराई दिएपछि स्थानियलाई राहत पुगेको हो ।विगत चार बर्ष देखी सानो पुल रहेको उतm खोलाले बाढीमा बगाए पछि अहिले सडक पुर्वाधार विकास कार्यालयले पुल निर्माण गराउने कार्य थालेको सम्बन्धित वार्डका पुर्व वार्ड अध्यक्ष कादिर अलिले बताएका थिए । पुल बगाउदा स्थानियलाई बर्षायाममा सास्ती झेल्न परेको थियो,उनले भने,विद्यालय जाने बालबालिकालाई पनि समस्या भइ रहेको थियो । उता पुल निर्माणले नर्सहीबासीलाई ठूलो राहत भएको स्थायिन लख्खु यादवले बताए । केरा उत्पादक कृषक समितिका अध्यक्ष समेत रहेका यादवले भने, यो पुल...
माछा तस्करी रोकिएन ःतीन महिना बासी अस्वथ्यकर भारतिय माछा नेपाल भित्रिदै
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

माछा तस्करी रोकिएन ःतीन महिना बासी अस्वथ्यकर भारतिय माछा नेपाल भित्रिदै

नवलपरासी,९ असोजसिमाक्षेत्रबाट हुने भारतिय माछा तस्करीबाट भित्रिने माछा तिन महिना बासी माछा भएको पुष्टि प्रयोगशाला परिक्षण तथा पोष्टमार्टम रिपोर्टले देखाएको माछा उत्पादक किसानले बताएका छन् । रसायनयुतm माछा सस्तोमा नेपाल भित्रयाउदा नेपाली किसानलाई मर्कामा मात्रै पारेको छैन्,अहिलेको पोष्टमार्फत रिपोर्टले नेपाली उपभोतmालाई समेत रसायनयुतm गुणस्तरहिन माछा खुवाएर जनस्वास्थ्यमा असर पाने गरेको माछा किसानले बताएका हुन ।काठमाडौको कालीमाटी बजारलाई नै कब्जामा भारतिय माछा विक्रि वितरण हुदै आएको प्रतापपुरका माछापालक किसान भवानी शंकर यादवले बताए । नेपाली किसानको माछा त्यहा छिर्न नपाउने,बाजरमा तिन महिनासम्मको पुरानो रसायनयुतm माछाले बजारले नेपाली किसानलाई प्रभावित बनाएको छ । भारतिय माछा तस्करी र आयातमा रोक लगाउनु पर्ने माग गर्दै बढेको गुनासो स्थानिय किसानले गर्न थालेको भए पनि सरोकारवालाले त्यस प्रति चाँसो ...
डिजाईन फेल भएर निर्माण कार्य रोकिएको पण्डितपुर पर्यटन मार्गको तुरियाखोला पुल दुई बर्ष देखी अलपत्र
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

डिजाईन फेल भएर निर्माण कार्य रोकिएको पण्डितपुर पर्यटन मार्गको तुरियाखोला पुल दुई बर्ष देखी अलपत्र

नवलपरासी,७ असोजजिल्लाको रामग्राम १५ स्थित तुरियाखोला पुलको डिजाईन फेल भएर निर्माण कार्य रोकिएको पण्डितपुर पर्यटन मार्गको पुल म्याद सकिएको दुई बर्ष पुग्न लाग्दा पनि निर्माण कार्य पुनः सुचारु हुन सकेको छैन् । पुल प्रति स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाको वेवास्ता सो पुल हालसम्म अलपत्र परेको हो ।पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएर अलपत्र परेको स्थानियले बताए । उतm पुलको डिजाईन परिमार्जन गरि पुलको निर्माणका लागि यस क्षेत्रका प्रदेश साँसदले पहल गर्नु भन्दा छुट्टै पुल निर्माण तर्फ लाग्दा पुल अलपत्र परेको स्थानियले बताएका छन् । एउटा पुल नबन्दै त्यसको पाँच सय मिटर दक्षिणमा सोही नदीमा आर्को पुलको गत आर्थिक बर्षमा शिलान्यास भएको थियो ।अहिले दुबै पुल निर्माण कार्य अलपत्र छन्,नागरिक समाजका अध्यक्ष समेत रहेका स्थानिय राधेश्य...
विश्व शान्ति दिवसको अवसरमा जिसस परिसर भित्र वृक्षारोपण
नवलपरासी (ब.सु.प.), समाचार, समाज

विश्व शान्ति दिवसको अवसरमा जिसस परिसर भित्र वृक्षारोपण

नवलपरासी,५ असोज“शान्तिका लागि वृक्षारोपण“ नारा सहित जिल्ला समन्वय समितिले अन्तर्राष्ट्रिय शान्ति दिवस –२०२४ को अवसर पारेर समन्वय भवन परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । शनिवार जिल्ला समन्वय समितिको निर्माणाधीन भवनको प्राङ्गणमा सो वृक्षारोपण कार्यक्रम गरिएको हो ।जिल्ला समन्वय प्रमुख, जिल्ला स्थित सबै पालिका प्रमुख, अध्यक्ष÷उपप्रमुख, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सुनवल सामुदायिक केन्द्र, युनाइटेड मिसन टु नेपाल, नागरिक समाज, पत्रकार लगायतका विभिन्न व्यक्तित्वज्युहरु द्वारा वृहत् रूपमा वृक्षारोपण गरि अन्तर्राष्ट्रिय शान्ति दिवस –२०२४ मनाइएको समन्वय प्रमुख भगौती प्रसाद यादवले जनाकारी गराए । विश्वभरी विभिन्न तरिकाले मनाईको शान्ति दिवसलाई जिल्ला स्तरमा शान्ति दिवसमा पर्यावरणीय रुपमा मनाउने गरि वृक्षारोपण कार्यक्रम गरिएको उनले जनाए ।४० वर्ष ...
सुनवल २ मुखियाटोलमा तीन हजार मे.ट.क्षमताको शितभण्डार सञ्चालन
कृषि, समाचार, सुनवल नगरपालिका

सुनवल २ मुखियाटोलमा तीन हजार मे.ट.क्षमताको शितभण्डार सञ्चालन

नवलपरासी,४ असोजजिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी शीतभण्डार निर्माण भएर सञ्चालन गरिए पनि पुर्ण क्षमतामा सञ्चालन नहुदा दैनिक खर्च उठाउन आईस(बरफ) विक्रि गरि चलाउन परको छ । शितभण्डार सञ्चालनमा ल्याउदा किसानहरूले राहत महसुुस गरेको तर शितभण्डारमा राख्ने मालबस्तु नहुदा पुरै क्षमता सञ्चालन र दैनिक खर्च चलाउन चुनौती नै रहेको सहकारी संघले जनाएको हो ।सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा आए पछि स्थानीय किसानहरूले महसुुस गरे छन, सोही वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले भने, तर पुरा क्षमतामा शितभण्डार सञ्चालनमा आएको छैन् । शितभण्डारसम्म पुग्न पहुँच मार्ग निर्माण नहुनु र किसानमा अहिले पनि शितभण्डारणबारे ब्यापक प्रचार प्रसार नहुनु,किसानलाई शितभण्डारको फाईदाबारे जानकारी नहुनाले पनि शितभण्डारमा समाग्रि पुरा राखिएको छैन्...
भौतिक पुर्वाधार विकास कार्यालय सदरमुकाम परासी मै राख्नु पर्ने भन्दै नागरिक समाजको ध्यानाकर्षण
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भौतिक पुर्वाधार विकास कार्यालय सदरमुकाम परासी मै राख्नु पर्ने भन्दै नागरिक समाजको ध्यानाकर्षण

नवलपरासी,४ असोजजिल्लामा स्थापना हुन लागेको भौतिक पुर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरु सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्यानाकर्षण गराएको छ । लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले नवलपरासीमा स्थापना गर्न लागेको भौतिक पुर्वाधार विकास कार्यालय वर्दघाट नगरपालिकाको ज्यामिरेभारमा राख्न नेताहरु लागेको कार्यप्रति जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराएको हो ।जिल्ला सदरमुकाम परासीमै उतm कार्यालय राख्नका लागि आवश्यक पहल गर्न समेत नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिससका प्रमुख भगौती प्रसाद यादवलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । जिल्ला स्थित सबै सरोकारवाला कार्यालय सदरमुकाम परासीमा राखिएका छन्, उनले भने,अहिले प्रदेश सरकारले स्थापना गर्न लागेको नयाँ कार्यालय सदरमुकाममा नराखी बाहिर लैजाने कार्यशैली ठिक होईन् । एक कार्यालयको सम्ब...
थारु संस्कृतिले स्वागत गरियो क्यानेडियन प्रतिनिधिलाई सरावलको प्राचिन ककरपत्तनगरमा
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु संस्कृतिले स्वागत गरियो क्यानेडियन प्रतिनिधिलाई सरावलको प्राचिन ककरपत्तनगरमा

नवलपरासी,२ असोजलुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा क्यानेडियन प्रतिनिधिहरुले अवलोकन गरेका छन् । कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको भए पनि सो पर्यटकिय स्थलमा विदेशीको आगमनले स्थानियलाई उत्साही बनाएको हो ।कोलवृक्ष बगैचा रहेको उतm स्थान केही बर्ष अगाडी मात्रै सो स्थान प्राचिन बौद्धकालिन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रुपमा घोषणा भएको थियो । तत्कालिन गाउपािलका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलको पहलमा बौद्ध अध्येता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको घोषणा गरेका थिए । सोही बेला देखी सो स्थानमा देशी विदेशीको चाँसो बढदै गएको स्थानिय कोलवृक्ष पर्यटन विकास सस्थाका सचिव अतेन्द्र चौधरीले बताए । अहिले नेपाल रेडक्रस सोसाईटीको कार्यक्रममा आई पुगेका क्यानेडियन प्...