समाचार

प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरको सुरक्षा (सेन्ट्रि) स्थल फेला !
पर्यटन, रामग्राम नगरपालिका, समाचार

प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरको सुरक्षा (सेन्ट्रि) स्थल फेला !

नवलपरासी,१३ पुसकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा चार साताको उत्खननले महत्वपुर्ण समाग्रिहरु फेला परेका छन् । जस्ले राजधानीको आधार र प्रमाणलाई मजबुत बताएको लुम्बिन्ी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले बताएका हुन् ।उनका अनुसार नगरमा बस्ने सुरक्षाकर्मीको सेन्ट्रि स्थल रहेको अनुमान गरिएको छ । पुरातत्वविदहरुले राजधानीबारे कुरा नगरे पनि सो सेन्ट्रिले राजधानीलाई प्रष्ट्याउने उनको भनाई थियो । शनिवार पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरेको टोलीसँग जानकारी लिए पश्चात सो कुराको जानकारी प्रदेश साँसद जैसावलले गराएका थिए । उनका अनुसार उत्खननले फेला पर्ने बस्तुहरुले यस क्षेत्रमै पहिलो चक्रिय आधारको ब्यवस्थित नगर प्राचिन कालमा बसेको आधार देखाउछ । विगतका उत्खनन भन्दा केही फरक बस्तु पनि फेला गरेको बताए । उत्खनन टोलीले देखाएको प्राचिन नगरको सुरक्षार्थ बस्ने सुरक्षा(स...
गण्डक नहरको सिल्टबेसिन निर्माण कार्य २ बर्षमा ५० प्रतिसत मात्र, ७ महिनामा सम्पन्न होला बाकी ५० प्रतिसत कार्य ?
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक नहरको सिल्टबेसिन निर्माण कार्य २ बर्षमा ५० प्रतिसत मात्र, ७ महिनामा सम्पन्न होला बाकी ५० प्रतिसत कार्य ?

नवलपरासी, १३ पुसनिर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को म्याद सकिदै जादा आधा काम मात्र सकिएको छ । संरचना निर्माणमा ढिलाई हुदा त्यसको मार स्थानिय किसानले अझै धेरै दिनसम्म ब्यहोर्ने अवस्था देखिएको हो ।सिल्टले सधै नहर पुरिने अवस्थाको अन्त्य गर्न सिचाई बिभागले नहरको मुहानमा सिल्ट बेसिन बनाउन झण्डै ३५ करोडको डिपिआर गरेको थियो । डिपिआर अनुसार सिचाई प्रणालीले ठेक्का आह्वान गरेको थियो । सो ठेक्का भैरव नारायण जेभि नेपालले ३० करोड ४० लाख ४६ हजार ५ सय ६२ रुपियामा ठेक्का हाथ परेको थियो । २०७९ पुस ८ गते सम्झौता भई २०८२ असार ४ गते भित्र सम्पन्न गर्ने कुरा उल्लेख छ । आयोजनाको समय अवधि ७ महिना मात्र छ,काम भन्ने ५० प्रतिसत मात्र भएको सिचाई ब्यवस्थापन कार्यालयले जनाएको छ । २ बर्षमा ५० प्रतिसत काम मात्र हुदा बाकी ५० प्रतिसत काम गर्न पनि दुई बर्ष लाग्ने हो,भन...
सरावल गाउपालिकाले विस्तृत शिक्षा नीति बनाउन छलफल गराउदै
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाले विस्तृत शिक्षा नीति बनाउन छलफल गराउदै

नवलपरासी,१० पुसजिल्लाको सरावल गाउपालिकामा विस्तृत शिक्षा नीति बनाउनका लागि अनुसंधान तथा छलफल कार्य थालिएको छ । शिक्षा नीति मार्फत सबैmलाई शिक्षाको मुल प्रवाहमा ल्याउने उदेश्य सहित स्थानिय सरोकारवालासँग छलफल गर्ने कार्य थालिएको हो ।विगत बर्षमा गाउपालिकाको शिक्षा ऐन बनाइएको छ । तर ऐनको कार्यान्वयका लागि आवश्यक कार्यविधिहरुको अभाव तथा प्रभावकारी शिक्षा नीति नहुदा शिक्षा क्षेत्रमा केही समस्याहरु देखिएको हुदा त्यसबारे छलफल र अनुसंधान गर्ने कार्य भईरहेको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । जुरी नेपाल नामक सस्थाले उतm शिक्षा नीति बनाउनका लागि सहजीकरण गरिरहेको उनले जानकारी गराए । शिक्षक,अभिभावक,शिक्षा शाखा तथा अन्य संघसस्थासँग छलफल तथा राय संकलन गर्ने काम उतm सस्थाले गरिरहेको छ, उनले भने, सबैको राय सुझाव संकलन गरि एक दुई महिना भित्रै शिक्षा नीति तयार गरि त्यसको मस्यौता माथि विस्तृत छलफल...
प्रतापपुर वार्ड नं ४ का सामुदायिक विद्यालय पुर्ण निशुल्क घोषणा
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर वार्ड नं ४ का सामुदायिक विद्यालय पुर्ण निशुल्क घोषणा

नवलपरासी,४ पुुसजिल्लाको प्रतापपुर गाउपालिका वार्ड नं.४ ले वार्ड भित्रका सबै सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क बनाउने घोषणा गरिएको छ । आउने शैक्षिक सत्र देखी सामुदायिक विद्यालयका आधारभुत तहलाई पुर्ण निशुल्क बनाउने गरि गाउपालिकाले गर्दै आएको कार्यलाई सार्थक बनाउन विहिवार सो वार्डले औपचारिक कार्यक्रमको आयोजना गरि उतm वार्डका एक मदरसा सहित चार वटा सामुदायिक विद्यालयमा चन्दा,सहयोग लगायत कुनै पनि प्रकारका रकम नउठाउने घोषणा गरिएको हो ।उतm घोषणा गर्ने कार्य संधिानसभा सदस्य समेत रहेका लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवारले गरेका थिए । उनले घोषणासभामा बोल्दै वार्ड कार्यालयले यस्तो घोषणा कार्यले मुलुक भरिकै स्थानिय तहलाई नेपालको संविधान २०७२ र आधारभुत तह अनिवार्य र निशुल्क माध्यमिक तह शिक्षा सम्बन्धि ऐन २०७५ लाई कार्यान्वनमा ल्याएको उदाहरण प्रस्तुत भएका बताएका थिए । सोही क्षेत्रबाट...
रामग्राम १५ स्थित तुरियाखोला सिचाई आयोजनाको बालुवा हटाउने प्रणाली नबन्दा किसानलाई मर्का
कृषि, रामग्राम नगरपालिका, समाचार

रामग्राम १५ स्थित तुरियाखोला सिचाई आयोजनाको बालुवा हटाउने प्रणाली नबन्दा किसानलाई मर्का

नवलपरासी,१ पुुुसजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजनाको नहरमाा बालुवा हटाउने प्रणाली नबन्दा सिचाई आयोजनामा बालुवा जम्मा भएर सिचाई अवरुद्ध हुदा किसान मर्कामा परेका छन् । करोडौ लगानी गरी निर्माण भएको उतm आयोजनाको नहरबाट बालुवा बगाउने प्रणाली नबन्दा नहरमा बालुवा जम्मा भएर सिचाई गर्न नपाएर किसान मर्कामा परेका हुन् ।सिचाई प्रणाली बनाउदा नै नहरबाट बालुवा पुनः त्यही खोलामा बग्ने गरि प्रणाली बनाउनु पर्ने हो,तर सिचाईका प्राविधिकहरुले उतm प्रणाली नबनाईदिदा अहिले नहरमा पुरै बालुवा जम्मा भएर सिचाई समस्या भई रहेको स्थानियबासीले बताए । सिचाई डिभिजन कार्यालयले सिचाई आयोजनाको डिजाईन गर्दा नै बालुवा हटाउने खालको प्राविधिक प्रणाली बनाई दिएन, एक स्थानियले भने,अहिले बाढीको बेला पानी नहरमा बग्दै बालुवा जम्मा भएको छ । सिचाई गर्ने अवस्था छैन् । बालुवा जम्मा भएर जलभण्डारमा पनि समस्य...
नेपालको बोधगया भनि चिनाउने गरिएको सुस्ताको अनोमाघाट(ठाढीघाट) विकासमा बनमन्त्री कलवारको चाँसो
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार, संस्कृति

नेपालको बोधगया भनि चिनाउने गरिएको सुस्ताको अनोमाघाट(ठाढीघाट) विकासमा बनमन्त्री कलवारको चाँसो

नवलपरासी, ३० मंसिरजिल्लाको सुस्ता ५ स्थित सिद्धार्थ गौतमले महाभिनिष्क्रमण(गृहत्याग गरि सन्यास लिएको ) स्थान अनोमाघाटको विकासमा लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवारले चाँसो देखाएका छन् । भगवान गौतम बुद्धसँग जोडिएका स्थानमा पहिलो अष्टधातु रहेको रामग्राम स्तुप,दोश्रो उनको मावली रामग्रामको पण्डितपुर पछि तेश्रो प्रमुख स्थान बुद्धले महाभिनिष्क्रमण लिएको अनोमाघाट भएको भन्दै सो स्थानको विकास,संरक्षण र प्रवद्र्धनमा मन्त्री कलवारले चाँसो ब्यतm गरेका हुन् ।विगत बर्षमा पनि आफुले बजेट बिनियोजन गर्दै सो स्थानमा पुर्वाधारका लागि पहल गर्दै आएको बताउदै उनले आफु मन्त्री भए पछि सो स्थानको विकासका लागि पहल गर्ने अनौपचारिक कुराकानी गर्दै बताएका हुन् । यस क्षेत्रको विकास बारे आफुले लुम्बिनी प्रदेश सरकारसँग निरन्तर पहल गर्दे आएको छु, उनले भनेका थिए,यो अनोमाघाट क्षेत्र आफ्नै निर्वाचन...
कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा थप प्रमाणहरु भेटिदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा थप प्रमाणहरु भेटिदै

नवलपरासी, २९ मंसिरदुई साता देखी निरन्तर प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले राजधानीमा पाईने आधार र प्रमाणहरु फेला पर्दै गएको उत्खनन टोलीले जानकारी गराएको छ । रजाधानी क्षेत्रको विभिन्न तिन स्थानमा उत्खनन गर्दा उतm समाग्रि सहितको प्रमाण भेटिरहेको टोलीले जानकारी गराएको हो ।भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) पनि नभेटिन थालेको छन् । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएका थिए । प्राचिन सिल्कन माटाका भाडा,मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरु र खम्बाहरु गाडिएका अवशेष(पोष्टहोल)हरु फेला पर्दै जादा राजधानी कोलनगर क्षेत्रको पहिचान गराउन सहज बताउदै गएको उत्खनन टोलीले देखाएका थिए । राजधानी क्षेत्रको सिमा बारिह पनि होल गरि पुरातात्व...
आउदो शैक्षिकसत्र २०८२ देखी प्रतापपुरमा सामुदायिक विद्यालयको आधारभुत तह पुर्ण निशुल्क बनाईने प्रतिवद्धता
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

आउदो शैक्षिकसत्र २०८२ देखी प्रतापपुरमा सामुदायिक विद्यालयको आधारभुत तह पुर्ण निशुल्क बनाईने प्रतिवद्धता

नवलपरासी,२८ मंसिरजिल्लाको प्रतापपुर गाउपालिकाले आउने शैक्षिक सत्र देखी सामुदायिक विद्यालयका आधारभुत तहलाई पुर्ण निशुल्क बनाउने गरि गाउपालिका लागेको जानकारी पालिका अध्यक्ष उमेशचन्द्र यादवले बताएका छन् । पालिका,विद्यालय र सरोकारवालाहरुको सम्वाद कार्यक्रममा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।विगत देखी नै विभिन्न विद्यालयले विद्यार्थी तथा अभिभावकबाट विभिन्न सहयोगको नाँउमा रकम उठाउदै आएको र ति कार्य निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ विपरित रहेको हुदा कानुन कार्यान्वन गर्दै सो कार्य रोकिने समेत उनले बताएका थिए । विद्यालयमा आर्थिक स्रोतको कमि देखाउदै विद्यालयले सहयोग रकम उठाउने गरेका छन्,उनले भने,आउने शैक्षिक सत्र देखी आधारभुत तहसम्मका सबै प्रकारका खर्च गाउपालिकाले ब्यहोर्ने र पुर्ण निशुल्क घोषणा गरिने छ । माध्यमिक तहलाई पुर्ण निशुल्क बनाउनका लागि प्रदेश सरकार तथा संघिय सरकारले समेत ब्ययभार...
रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न

नवलपरासी,२८ मंसिररामग्राम विकास कोषले आयोजना गरेको भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा कार्यक्रम सम्पन्न भएको छ । कोषले पुजा विशेष समारोहको आयोजना गरि पुजा सम्पन्न गराएको हो ।विहिवार विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा परित्राण गरिएको र उतm विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुर्नस्थापित गर्न हातिद्धारा समेत धातुको पुजा गराइएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका थिए । उतm कार्यको ब्यवस्थापकिय सहयोग गर्दै आएका द प्रमिस लैण्डका अध्यक्ष निकेस अधिकारी सहितको सहभागिता रहेको थियो ।स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पुजाले स्थानियबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए । यो बर्षको धातु विशेषपुजा स्मरणिय रहने छ, उनले भने, अगामी ...
रामग्राम स्तुपमा रहेको भगवान गौतमबुद्धको अष्टधातुको विशेष पुजाको अयोजना गर्दै रामग्राम विकास कोष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा रहेको भगवान गौतमबुद्धको अष्टधातुको विशेष पुजाको अयोजना गर्दै रामग्राम विकास कोष

नवलपरासी,२७ मंसिररामग्राम विकास कोषले भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा समारोहको आयोजना गर्ने भएको छ । विहिवार विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा गरिने कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका हुन् ।उनका अनुसार कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले डिसेम्बर ११ र १२ २०२४ (मंसिर २७ र २८ गते) रामग्राम विकास कोषले सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना गर्न लागेको छ । यो एकता, शान्ति, र भक्ति समारोह हो, जसमा विश्वभरका गुरूहरू, भिक्षुहरू, र आध्यात्मिक नेताहरू उपस्थित भएर विशेष अनुष्ठान गर्ने र आफ्नो ज्ञान बाँड्ने छन् । सो दिनलाई महत्वपुर्ण र विशेष बनाउनका लागि हुने प्रमुख आकर्षणहरूमा, विश्वकै ठूलो नाग पूजा समारोह गरने छ । जस्को दिव्य शक्तिलाई सम्मान गर्दै आशीर्वाद प्राप्त गर्ने गहन अनुष्ठान गर...