परासीको एभरग्रिन हस्पिटलको अब आफ्नै १०० सैया क्षमताको भवन बन्ने
नवलपरासी,३० साउनजिल्ला सदरमुकाम परासीमा लामो समय देखी सेवा दिदै आएको इभरग्रिन हस्पिटल अब १०० सैयाको आफ्नै हस्पिटल भवन बनाउनका लागि सार्वजनिक सुनुवाई गरेको छ । भवन निर्माणार्थ वातावरणिय प्रभाव मुल्याँकनको क्रममा अस्पतालबारे सार्वजनिक सुनुवाई गरिएकाृे हो ।अस्पतालका सञ्चालक बलिराम कोईरीले हाल इभरग्रिन हस्पिटल ५० सैया रहेको र अहिलको नयाँ मापदण्ड अनुसार आफ्नै भवन हुनु पर्ने हुदा जग्गा खरिद गरी आफ्नो भवन निर्माण कार्य अगाडी बढाउनका लागि वातावरणिय प्रभाव मुल्याँकन गराउने कार्य गर्दै गर्दा अस्पतालको स्तरोन्नती गर्दै १०० सैयाको लक्ष्य अनुसार भवन निर्माण गर्न लागिएको बताएका थिए । भविष्यमा सो अस्पतालमा शैक्षणकि कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य पनि उनले सुनाएका थिए । यसले नवलपरासी जिल्ला लगायत भारत विहार चम्पारन र युपिको महराजगंज जिल्लाका पनि विरामी सेवा लिन आउने हुदा ति क्षेत्रलाई पनि लक्षित गरि क...










