आन्तरिक पर्यटकको रोजाईमा संसारकोट सिमसार पर्यटकिय क्षेत्र
नवलपरासी,२२ असोजआन्तरिक पर्यटकको रोजाईमा अहिले चुरे पडाडको फेदमा अवस्थित संसारकोट सिमसार क्षेत्र बन्दै गएको छ । सिरानमा चुरे पर्वत सृगँख्ला,हरियालीले परिपुर्ण,मनमोहक दृष्यले आन्तरिक तथा बाह्य पर्यटक समेतलाई संसारकोट सिमसार क्षेत्र पर्यापयटकिय स्थल पर्यटकको मल लोभ्यउन थालेको हो ।
केही बर्ष देखी जिल्लाको वर्दघाट नगरपालिकाले ससाँरकोट पर्यटकिय क्षेत्रको रुपमा चिनाउदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्न थालेको थियो । बर्षेनी थपिदै गएको पर्यटन पुर्वाधारसँगै प्रचार प्रसारले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्राकृतिक सुन्दरताको दृष्यावलोकन गर्न पुग्न थालेको स्थानियले बताए । संसारकोट सामुदायिक बन क्षेत्र भित्रका जलासयहरुलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने र त्यसलाई पर्यटकिय गन्तब्य बनाउन जैविक पुर्वाधार थप्ने कार्य गर्न थालेको हो । चुरे क्षेत्रको ...









