प्रशासन कार्यालयको सुचना अटेरी गर्दै विवरण बुझाएन्न मिटरब्याजी साँहुहरु
नवलपरासी,२१ पुसजिल्लामा विद्यमान अनुचित लेनदेन (मिटरब्याज) मा उजुरी परेको ऋणदाता साँहुले भर्नु पर्ने फारम अनिवार्य रुपमा भरि पेश गर्नका लागि जारी गरिउको सुचनाको अवहेलना गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले पुस १ गते नै उतm फारम भर्नका लागि जारी गरेको १५ दिने सुचनाको म्याद सकिदा पनि एक जनाले मात्र फारम भरेको हुदा अन्य मिटरब्याजी साँहुहरुले अटेरी गरेको देखिएको हो ।गृह मन्त्रालयको मिति २०८२ कातिक २३ गते नै चलानी नं.६७९ पत्र पठाउदै जिल्ला स्थित मिटरब्याजी सम्बन्धि समस्या समाधानका लागि जिल्ला स्तरिय संयन्त्रका प्रभावकारीता बढाउने सम्बन्धमा पत्राचार भएको थियो । उतm पत्रमा मिटरब्याज सम्बन्धि समस्या समाधान गर्ने सम्बन्धमा निर्देशन भई आए बमोजिम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कातिक ३० गते बैठक बसेको थियो । उतm बैठकमा संघर्षरत मिटरब्याजी पिडितहरुको संगठन सहितको बैठकमा मिटरब्याजी ...










