जिससले गरायो सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता
नवलपरासी, ३ चैत्रजिल्ला समन्वय समिति (जिसस)ले जिल्लामा शैक्षिक सुधारका लागि जिल्ला स्थित सरोकारवालाको प्रतिवद्धता कार्यक्रम चलाएको छ । शिक्षा संसोधन विधेयकबारे कुरा उठिरहेको बेला संघिय संसद प्रतिनिधिसभा सदस्य (साँसद) तथा कानुन तथा न्याय मन्त्रालयका पुर्व मन्त्रि ध्रुव बहादुर प्रधानको प्रमुख आथित्यतामा जिससले सो कार्यक्रम चलाएको हो ।सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता लिई शैक्षिक गतिविधि तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको जिसस प्रमुख भगौती यादव( रुदल)ले जानकारी गराए । शिक्षक,प्रअ,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष,स्थानिय तहका जनप्रतिनिधि,शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख र संघिय साँसद सहितको कार्यक्रम रामग्राम नगरपालिकाको सभाहलमा गरिएको थियो । शिक्षा क्षेत्रमा रहेका समस्या प्रति कसरी एकताबद्ध भएर निराकरण गर्ने ? ...










