नवलपरासी (ब.सु.प.)

भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रले प्रभावकारी बनाउदै पशु अस्पताल
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रले प्रभावकारी बनाउदै पशु अस्पताल

नवलपरासी,१ पुसजिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालन क्षेत्रको प्रवद्र्धन मात्रै नभई अहिले पशु चिकित्सालाई प्राथमिकतामा राखेर काम गर्न थालेको छ । विरामी हुने पशुको उपचारलाई प्राथमिकता दिदै पशु अस्पताललाई प्रभावकारी बनाउदै लगिएको विज्ञ केन्द्रले जानकारी गराएको हो ।जिल्लामा मानिस भन्दा पशुको संख्या धेरै तर उपचारका लागि जिल्ला स्थित एक मात्र भेटेनरी अस्पतालले गर्दा पनि सो अस्पतालमा दैनिक जसो विरामी पशुलाई उपचारका लागि ल्याउने गरेका छन् । मानिस जस्तै पशुलाई पनि रोगब्याधी लाग्ने तर उपचार नपाएर पशुहरु मर्ने अवस्थाबाट अस्पतालले उपचार गर्दै किसानको पशुधन जोगाउमा सफल भएको केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए । अहिले किसान आफ्नो पशुधन प्रति विगत भन्दा सचेत बन्दै गएका छन्,उनले भने, त्यो भएर समान्य पशु(गाई,भैसी,बाख्रा,बंगुर,कुखुरा हाँस,कुकुर लगायतका पशुलाई अस्पतालले उ...
कोलिय गणराज्यको राजधानीमा भईरहेको भुभौतिक सर्वेक्षणबारे जानकारी लिदै लुम्बिनी प्रदेश साँसद जैसवाल
नवलपरासी (ब.सु.प.), पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानीमा भईरहेको भुभौतिक सर्वेक्षणबारे जानकारी लिदै लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१२ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा एक साता देखी भई रहेको भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले ठूलो उपलब्धी भएको छ । सर्वे गर्ने क्रममा ठूला ठूला पर्खालका भग्नावेशहरु जमिनमुनि भएको र ठूलो विहार क्षेत्रहरु पनि देखिएको सर्वेक्षण स्थलमा पुगेका लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाललाई जानकारी गराएको हो ।भगवान गौतम बुद्धको मावली प्राचिन कोलिय गणराज्यको राजधानी रहेको थुप्रै प्रमाणहरु शाक्य राज्यको राजधानी प्राचिन कपिलबस्तुसँग समकालिन भाडाहरु,एनविपि,पोष्टहोल जस्ता प्राचिन बस्तुहरु, बुद्ध काल भन्दा पुर्व तिन सय बर्ष पुराना अर्थात इसापुर्व ८ सम्मका मानववस्तीका अवशेषहरु देखिने गरिएको सो टोलीसँग रहेका नेपाल सरकार पुरातत्व विभाग अन्तरगतको पुरातत्व कार्यालय प्रमुख भाष्कर ज्ञवालीले जानकारी गराएका थिए । ८० देखी १ सय विघासम्म क्षेत्रफलमा राजधानी क्षेत्र फै...
चाडपर्व सकिने वित्तिकै संघिय साँसद चौधरीको कृयाशिलता बढ्यो
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

चाडपर्व सकिने वित्तिकै संघिय साँसद चौधरीको कृयाशिलता बढ्यो

नवलपरासी,६ मंसिरसंघिय संसद प्रतिनिधिसभा सदस्य (साँसद) बिनोद चौधरी छठ पर्व सकिने लगत्तै आफ्नो कार्यक्षेत्रमा कृयाशिलता बढाएका छन् । अधिकाँस समय मुलुक बाहिर बिताउने गरे पनि नेपाल भएको बेला महिनामा एक साता जिल्लाका समस्या र आफ्नो संसदिय क्षेत्रमा विताउदै जनताको समस्याबारे सरोकारवालासँग छलफल गर्ने उनको कार्यक्रम अनुसार नै अहिले जिल्लामा कृयाशिलता देखाएका हुन् ।नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत भएकोले पार्टी गतिविधिसँगै समाजिक तथा राजनीतिक समस्याबारे पनि सरोकारवालासँग छलफल चलाउदै आएको उनका सचिवालयमा कृयाशिल पुरुषोत्तम सुवेदीले बताए । जिल्लामा थोरै समय विताउने गरे पनि सक्रिय भएर काम गर्नु हुन्छ, उनले भने, विगतमा भएका कार्ययोजनाको समिक्षा र अगामी दिनमा गरिने कार्यजिममेवारीबारे प्रयाःछलफल गर्ने कार्य गर्दै आएका छन् । सोही क्रममा मंसिर ४ गते पार्टीको विभिन्न कार्यक्रम गरे पछि मंसिर ५ गते भुमि ...
परासीमा मंसिर ५ गते देखी १७ गतेसम्म नवलपरासी औद्योगिक ब्यपार मेला २०८० हुने
अर्थ, नवलपरासी (ब.सु.प.), पर्यटन

परासीमा मंसिर ५ गते देखी १७ गतेसम्म नवलपरासी औद्योगिक ब्यपार मेला २०८० हुने

नवलपरासी,२९ आश्विनउद्योग बाणिज्य संघ नवलपरासीले ‘नवलपरासी औद्योगिक ब्यापार मेला २०८०’ यहिँ मंसिर ५ गते देखी १७ गतेसम्म सञ्चालन गर्ने भएको छ । कृषि,पर्यटन,उद्योग,ब्यपार एवं सूचना प्रविधिको वृहद प्रदशनी सहितको सो औद्योगिक ब्यवपार मेलाबारे सोमवार पत्रकार सम्मेलन गरि संघले जानकारी गराएको हो ।जिल्लालाई कृषि,पर्यटन, एवं औद्योगिक,ब्यवसायिक पर्यटकिय,कृषजन्य एवं विविध साँस्कृतिक तथा धार्मिक धरोहरको प्रवद्र्धन एवं प्रचार प्रसार गर्दै यस क्षेत्रमा साना ठूला लगानी भित्रयाउने लक्ष्य सहित मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले जानकारी गराएका थिए । ति लक्ष्य प्राप्तीका लागि कृषक,उद्योगी र ब्यवसायिहरुको बीचमा अवसर समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने,जिल्ला स्थित ठूला,मझौला तथा साना तथा राष्र्टिय स्तरका उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिदै बजार प्रवद्र्धन गर्ने,कृषि उद्योग ब्यपा...
ओल्मा काउन्सिल नेपालले उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्ने
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

ओल्मा काउन्सिल नेपालले उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्ने

नवलपरासी,२५ आश्विनस्थानिय युवाहरुलाई उर्दु तथा अरबी भाषाको आधारभुत जानकारी गराउने उदेश्यले जिल्लाका सात वटै पालिकामा भाषा कक्षा सञ्चालन हुने भएको छ । मदरसामा अध्यापन गर्ने उर्दु अरबी भाषा शिक्षक तथा इस्लामिक धर्म गुरुहरुको साझा सस्था ओल्मा काउन्सिल नेपालले सो पालिकामा उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।विगत बर्ष देखी विभिन्न धार्मिक सम्मेलन तथा अभियान सञ्चालन गर्दै आएको काउन्सिलले स्थानिय युवाहरु उर्दु तथा अरबी भाषा बोलिने मुलुकमा रोजगारीका लागि जाने गरेका युवा लक्षित उतm कक्षा सञ्चालन गर्ने काउन्सिलका अध्यक्ष सैयद गुलाम हुसेन मजहरीले बताए । उनका अनुसार अधिकाँसमा भाषागत समस्याले पनि हैरानी ब्यहोर्न परिहेकोले ति देशमा जाने युवाहरुलाई भाषाको ज्ञान होस,आफ्ना समस्या समाधान गर्न तर्फ आफै सक्षम बनुन भन्ने उदेश्यले यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो । वैदेशिक रोजगारीमा जादा भ...
अस्पतालमा गुणस्तरिय सेवा वृद्धिका लागि स्थानिय सरकार प्रमुखसँग शुक्रवार बैठक बस्दै पृथ्वीचन्द्र अस्पताल
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

अस्पतालमा गुणस्तरिय सेवा वृद्धिका लागि स्थानिय सरकार प्रमुखसँग शुक्रवार बैठक बस्दै पृथ्वीचन्द्र अस्पताल

नवलपरासी,२५ आश्विनअस्पतालको सेवालाई गुणस्तरिय बनाउनमा स्थानिय तहसँग सहकार्य गर्ने गरि पृथ्वीचन्द्र अस्पताल परासीले शुक्रवार पालिका प्रमुखसँग संयुतm बैठक बस्ने भएको छ । अस्पतालको सेवा सुविधाबारे पालिका प्रमुखहरुलाई जानकारी गराउने र अस्पतालको सेवालाई प्रभावकारी तथा गुणस्तरिय बनाउन पालिका प्रमुखहरुको प्रतिवद्धता लिइने गरि पालिका प्रमुखहरुसँग बैठक बस्न लागेको अस्पतालले जनाएको हो ।नागरिकको मौलिक हकमा स्वास्थ्यको हकलाई प्रत्याभुत गराउनका लागि नेपाल सरकारको संघ,प्रदेश र स्थानिय सरकार गरि तिनै सरकार मिलेर जानु पर्ने हुदा जिल्ला स्तरमा यो पृथ्वीचन्द्र अस्पतालमा तिनै तहका जनप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम बनाई काम गर्ने उदेश्यले बैठक आयोजना गरिएको अस्पतालमा निमित्त प्रमुख डा.किरण पाण्डेले बताए । लुम्बिनी प्रदेश सरकार अन्तरगतको यो ५० सैयाको जिल्ला अस्पताल हो, उनले भने, तर जिल्लाका सबै जनतालाई विश...
महेशपुर भन्सारमा मंसिर सम्ममा प्लान्ट क्वारेन्टाईन स्थापना हुने
अर्थ, नवलपरासी (ब.सु.प.)

महेशपुर भन्सारमा मंसिर सम्ममा प्लान्ट क्वारेन्टाईन स्थापना हुने

नवलपरासी,२४ आश्विनजिल्ला स्थित महेशपुर भन्सार नाकामा बनस्पती(प्लान्ट) क्वारेन्टाईन स्थापना हुने सम्भावना बढेको भन्सार कार्यालयले जनाएको छ । विभागबाट प्राप्त जानकारी अनुसार प्लान्ट क्वारेन्टाईनको अभावमा आउने राजश्वमा कमी र उद्यमी ब्यवसायीको हैरानीलाई मध्यनजर गर्दै विभागले पहल थालेको भन्सार कार्यालयले जनाएको हो ।स्थायिन उद्योगी ब्यवसायी र राजनीतिक दलबाट पनि सो समस्याबारे पटक पटक अवगत गराउदै माग हुन थाले पछि विभागको ध्यानाकर्षण भई प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि कार्यदल बनाई प्रकृया अगाडी बढाईने जानकारी आएको भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालले जानकारी गराए । स्थायिनको मागबारे भन्सार विभागले भन्सार कार्यालयबाट पनि जानकारी मागेको थियो, उनले भने,उद्योगी ब्यवसायी तथा स्थानिय किसान र दलहरुको माग जायज नै हो भनि जानकारी पठाइयो । सम्भवतः मंसिर तिर प्लान्ट क्वारेन्टाईन स्थापना भई कर्मचारी ...
लुम्बिनी प्रदेश साँसद जैसवालको पहलमा जमुनियामा ढल निर्माण
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

लुम्बिनी प्रदेश साँसद जैसवालको पहलमा जमुनियामा ढल निर्माण

नवलपरासी,२१ आश्विनबर्षाै देखी ओझेरमा रहेको रामग्राम नगरपालिका १६ जमुनिया गाँउको अब्यवस्थित ढल ब्यवस्थित हुने भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवारको पहलमा सो स्थानको अब्यवस्थित ढललाई ब्यवस्थित गर्न बजेट बिनियोजन गराई ढल निर्माणका लागि पहल गरे पछि ब्यवस्थित ढल बन्ने भएको हो । रामग्राम नगरपालिका भित्रै पर्ने भए पनि उतm स्थानमा कसैको ध्यान नजादा अहिलेसम्म अब्यवस्थित रुपमा ढलको पानी बग्दै आएको थियो । अहिले २५ लाख बजेट विनियोजन भएको छ,साँसद कलवारले भने,यसलाई निरन्तरता दिदै लगिने छ । पहिलो गाँउको पानीको निकास गाँउ बाहिरसम्म पुर्याउनु पर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । परासी सदरमुकामको हुलाकी मार्ग अन्तरगत मन्झरिया चोकबाट नन्दन ताल जोड्दै सिमावर्ति पडरीसम्म जाने सडक हो । सोही सडक वरिपरि रहेको जमुनिया गाँउ अहिले बजार उन्मुख भई रहेको छ ।तर ढल पुर्वाधार समस्याले स...
आलु खेती प्रति किसान आकर्षित देखिएनन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

आलु खेती प्रति किसान आकर्षित देखिएनन

नवलपरासी,७ अश्विननेपालमा आलु खेतीमा अवसर खोज्ने हो भने अहिले नेपालमा आलुको बजार ठूलो सम्भावना रहेको भए पनि किसान आलु खेती प्रति आकर्षित नभएको देखिएको छ । कृषि ज्ञान केन्द्रले हालै आश्वान गरेको आलु ब्लक विकास क्षेत्र निर्धारणका लागि प्रस्ताव आह्वानको सूचना जारी गरे पनि म्याद भित्र एउटा पनि प्रस्तावन आवेदन नपर्दा किसानको आलु खेती प्रतिको आकर्षण नभएको जस्तै देखिएको हो ।ज्ञान केन्द्रले भदौ २१ गते नै आलु ब्लक खेतीका लागि ८० हेक्टर क्षेत्रफलमा आलु खेतीका लागि १५ दिन भित्र प्रस्तावन माग गरेको थियो । तर म्याद भित्र एउटा पनि आवेदन आई नपुगेको ज्ञान केन्द्रले जनाएको छ । आलु खेतीलाई नै प्रवद्र्धन गर्ने गरि आलु खेतीलाई नै तोकेर अनुदान कार्यक्रम लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा प्रस्ताव गरेको हो । जिल्लामा ठूलो भण्डार क्षमताको चिस्यान केन्द्र(कोल्ड स्टोर) भएको ले जिल्लामा आलु खेतीलाई प्रथामिकतामा राखी...
पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना

नवलपरासी,५असोजजिल्लाको पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै गए पनि अतिरितm स्वास्थ्य सेवा(ईएचएस) सेवा थप गर्ने गर्ने भएको छ । दैनिक २ सय देखी ३ सय विरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको अस्पतालले जनाएको हो ।विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने विरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ,अध्यक्ष गुप्ताले भने,सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः आर्को ...