विधा

सुनवलमा वैदेशिक रोजगारीमा गएका परिवारलाई वित्तिय साक्षरता
शिक्षा, समाचार, सुनवल नगरपालिका

सुनवलमा वैदेशिक रोजगारीमा गएका परिवारलाई वित्तिय साक्षरता

नवलपरासी,८ आश्विनवैदेशिक रोजगारमा गएका ब्यतिmका परिवारलाई सुनवल नगरपालिकाले वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको सुभारम्भ गरेको छ । विदेशमा कमाएर पठाइएको पैसा कसरी बचत गर्ने र वैदेशिक रोजगारीले घरमा उब्जिने विभिन्न समाजिक तथा मनोवैज्ञानिक समस्यालाई कसरी ब्यवस्थापन गर्ने भनि २१ दिइने साक्षरता शिक्षाको सुभारम्भ नगरपालिकाकी मेयर विमला अर्यालले गरेकी हुन् ।सुनवल वार्ड नं.१ सुनवल सामुदायिक अध्ययन केन्द्रको सभाहलमा प्रत्येक साताको सोमवार सञ्चालन हुने गरि उतm कक्षाको सुभारम्भ गर्दै मेयर अर्यालले घरका पुरुषले परिश्राम गरि कमाएको रकम घर पठाउदा त्यसको उचित ब्यवस्थान गर्न समेत उनले सहभागिहरुलाई आग्रह गरेकी थिईन् । स्वदेशमा रोजगारी सृजना हुन नसक्दा विदेश जान परेको कुरालाई स्मरण गर्दै उनले विदेशमा दुःख गरि कमाईएको रकमको फजुल खर्चमा नलगाई सुक्षित र उत्पादन मुलक काम लगाउनु पर्ने आग्रह गरेकी थिईन...
आलु खेती प्रति किसान आकर्षित देखिएनन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

आलु खेती प्रति किसान आकर्षित देखिएनन

नवलपरासी,७ अश्विननेपालमा आलु खेतीमा अवसर खोज्ने हो भने अहिले नेपालमा आलुको बजार ठूलो सम्भावना रहेको भए पनि किसान आलु खेती प्रति आकर्षित नभएको देखिएको छ । कृषि ज्ञान केन्द्रले हालै आश्वान गरेको आलु ब्लक विकास क्षेत्र निर्धारणका लागि प्रस्ताव आह्वानको सूचना जारी गरे पनि म्याद भित्र एउटा पनि प्रस्तावन आवेदन नपर्दा किसानको आलु खेती प्रतिको आकर्षण नभएको जस्तै देखिएको हो ।ज्ञान केन्द्रले भदौ २१ गते नै आलु ब्लक खेतीका लागि ८० हेक्टर क्षेत्रफलमा आलु खेतीका लागि १५ दिन भित्र प्रस्तावन माग गरेको थियो । तर म्याद भित्र एउटा पनि आवेदन आई नपुगेको ज्ञान केन्द्रले जनाएको छ । आलु खेतीलाई नै प्रवद्र्धन गर्ने गरि आलु खेतीलाई नै तोकेर अनुदान कार्यक्रम लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा प्रस्ताव गरेको हो । जिल्लामा ठूलो भण्डार क्षमताको चिस्यान केन्द्र(कोल्ड स्टोर) भएको ले जिल्लामा आलु खेतीलाई प्रथामिकतामा राखी...
परासीको राष्ट्रिय धार्मिक एकता सम्मेलन नेपालमै उदाहरणिय कार्य भएको छ ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना
रामग्राम नगरपालिका, समाचार, संस्कृति

परासीको राष्ट्रिय धार्मिक एकता सम्मेलन नेपालमै उदाहरणिय कार्य भएको छ ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

नवलपरासी,६ आश्विनमदरसा शिक्षकहरुको साझा संगठन ओल्मा काउन्सिल नेपालले आयोजना गरेको राष्ट्रिय एकता दिवस नेपालमै उदाहरणिय कार्य भएको संघिय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् । शनिवार परासीमा आयोजना गरिएको उतm सम्मेलनमा उदघाटन मन्तब्य दिदै उनले सो कुरा बताएका हुन् ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्यजयन्तीको अवसरमा ओल्मा काउन्सिल नेपाले सम्भवतः पहिलो पटक यस्तो सम्मेलनको आयोजना गरिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए । इस्लामिक धर्मगुरु मात्रै नभई हिन्दु,बौद्ध र इसाई धर्मगुरुलाई समेत सहभागिता गराई धार्मिक एकताको स्वरुप प्रदान गर्ने गरि गरिएको उतm कार्यक्रमले अन्य मुलुकमा धार्मिक द्धन्द्ध भए पनि नेपालमा सबै धर्म विच एकता रहेको सन्देश दिइएको उनले बताए । यस प्रकारका सम्मेलन अन्य धार्मिक समुह र संघसस्थाले पनि आयोजना गर्नु पर्छ,यो उदाहरणिय र सराहनिय कार्य भएको छ,उनले ...
पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना

नवलपरासी,५असोजजिल्लाको पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै गए पनि अतिरितm स्वास्थ्य सेवा(ईएचएस) सेवा थप गर्ने गर्ने भएको छ । दैनिक २ सय देखी ३ सय विरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको अस्पतालले जनाएको हो ।विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने विरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ,अध्यक्ष गुप्ताले भने,सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः आर्को ...
बनकट्टी मजारको प्रवद्र्धन गर्न पैगम्बर मोहम्मद जयन्तीको अवसरमा परासीमा धार्मिक एकता सम्मेलन हुदै
रामग्राम नगरपालिका, समाज, संस्कृति

बनकट्टी मजारको प्रवद्र्धन गर्न पैगम्बर मोहम्मद जयन्तीको अवसरमा परासीमा धार्मिक एकता सम्मेलन हुदै

नवलपरासी,४ आश्विनजिल्लाको सुनवल नगरपालिका ९ कब्रिस्तान बनकट्टी स्थित इस्लामिक पुरातात्विक र धार्मिक स्थललाई इस्लाम धर्म तिर्थ स्थलको रुपमा प्रवद्र्धन तथा धार्मिक सदभाव बलियो बनाउन सर्व धर्म एकता सम्मेलन हुने भएको छ । इस्लाम धर्म प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय एकता दिवस तथा सर्व धर्म सम्मेलन नेपाल आश्विन ६ गते शनिवार परासीमा हुने भएको जानकारी आयोजक सस्था ओल्मा काउन्सिल नेपाल र अहलेवैतले जानकारी गराएको हो ।सम्मेलनमा हिन्दु धर्मगुरु गजेन्द्रमोक्ष धाम त्रिवेणीका करपात्री जी महाराज स्वामी कृष्ण प्रपन्नाचार्य,इस्लामिक धर्म गुरु आले रसुल हजरत सैयद असन अशरफ असरफी जिलानी साहब,बौद्ध धर्मको तर्फबाट लुम्बिनी स्थित राजकिय बुद्ध विहारका भिच्छु भन्ते सागर धम्म र इसाई धर्मबाट पास्टर सुबास ज्ञवालीले धर्म प्रवचन गर्ने छन् । त्यसै गरि उतm सम्मेलनको औपचारिक उदघाटन संघिय सँसद राष्...
नेपालको बोधगया भनेर चिनिने सुस्ताको अनोमाघाटमा पर्यटन पुर्वाधारका लागि गाउपालिकाले छुट्टायो पन्द्र लाख बजेट
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

नेपालको बोधगया भनेर चिनिने सुस्ताको अनोमाघाटमा पर्यटन पुर्वाधारका लागि गाउपालिकाले छुट्टायो पन्द्र लाख बजेट

नवलपरासी,३ आश्विनजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गाउपालिकाले चालु आर्थिक बर्षमा पुर्वाधार विकासका लागि पन्द्र लाख बजेट विनियोजन गरेको छ । नेपालको बोधगया भनेर बौद्धतिर्थ स्थल बनाउनमा काम गर्दै आएको गाउपालिकाले डिपिआर अनुसारकै काम गर्न पालिका स्तरिय योजनाबाट सो रकम विनियोजन गरेको हो ।काम आन्तरिक आर्य भएको सुस्ता गाउपालिकाले उतm स्थानमा आवश्यक पर्यटकिय पुर्वाधार बनाउनका लागि यो बर्ष पन्द्र लाख रुपिया विनियोजन भएको गाउपालिकाको रातोकिताबमा उल्लेख गरिएको छ । डिपिआरमा उल्लेखित डिपिआरको आधारमा कुन पुर्वाधार तत्कालै आवश्यक छ,त्यसबारे आन्तरिक छलफल गरेर काम हुने गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । सिद्धार्थ गौतम २७ बर्षको उमेर गृह त्याग गर्दा तिलौराकोटबाट कन्टक घोडा र सारथी छन्नासँगै तत्कालिन कोलिय गणराज्यको पुर्वि सिमा अनोमाघाट(ठाढीघाट) मा पुगेर महाभि...
‘सरकार अर्थतन्त्र प्रति गम्भिर छैन ।’ – गुणनिधि तिवारी, उ.बा.महासंघ परिसद सदस्य
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

‘सरकार अर्थतन्त्र प्रति गम्भिर छैन ।’ – गुणनिधि तिवारी, उ.बा.महासंघ परिसद सदस्य

नवलपरासी,२ अश्विननेपालको अर्थतन्त्र दिनाुनदिन खस्कदै जादा पनि सरकार त्यस प्रति गम्भिर नभएको नेपाल उद्योग बाणिज्य महासंघ परिसद सदस्य गुणनीति तिवारीले आरोप लगाएका छन् । अर्थतन्त्र खस्कदा त्यसको प्रत्यक्ष मार उद्योगी ब्यवसायीलाई परेको तर त्यस प्रति सरकार सोचे जस्तो गम्भिर नभएको आरोप उनले लगाएका हुन् ।हरेक दिन उद्योग ब्यवसायमा सञ्चालनमा एउटा एउटा समस्या आउने गरेका छन्,त्यसै सरकारले उद्योगी ब्यवसायिको संरक्षण र प्रवद्र्धन गर्नु पर्नेमा उल्टै समस्यामा पार्ने खालको गतिविधि गर्दै आएको उनले पत्रकार भेटघाटमा बताएका हुन् । आफ्नै सत्ता स्वार्थ र पदलोलुपतामा रनिभुल्ल पर्ने सरकार जनता उद्योगी ब्यवसायि तथा राज्यको मेरुदण्डको रुपमा रहेको अर्थब्यवस्था धारासायि प्रति सोच्न नसकेको प्रति उनले दुःख समेत ब्यतm गरेका थिए । लामो समय उद्योग बाणिज्य क्षेत्रमा काम गरेका तिवारी उद्योग बाणिज्य संघ नवलपरासीका सल्लाहकार...

पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान
नवलपरासी (ब.सु.प.), राजनीति, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान

नवलपरासी,२७ भदौजिल्ला अस्पताललाई सुदृढ बनाइ जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने कार्यमा पुर्व कानुन मन्त्री तथा प्रतिनिधि सभा सदस्य (साँसद) धु्रव बहादुर प्रधानले चाँसो देखाएका छन् । अस्पतालमा चिकित्सक नहुदा प्रभावित बनेको स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सकको ब्यवस्थापनका लागि उनी संघिय स्वास्थ्य मन्त्रालय पुगेरका हुन् ।जिल्ला पृथ्वी चन्द्र अस्पताल लुम्बिनी प्रदेश अन्तरगत भए पनि अस्पतालको समस्या समाधानमा संघिय सरकारले पनि सहयोग गर्न चाँसो लिइनु पर्यो भन्दै साँसद प्रधानले कृयाशिलता देखाएको अस्पतालले जनाएको थियो । साँसद प्रधानलाई अस्पतालले अस्पतालको चिकित्सक समस्यासँग खानेपानी लगायतका ब्यवस्थापकिय सुविधाका लागि पहल गरिदिन भनि पत्रचार गरेको थियो । सो पत्र प्राप्ती पछि साँसद प्रधान सरोकारवाला मन्त्रालय धाउन थालेका छन् । साँसद प्रधानको अस्पतालको विकास प्रति लगाव रहेको छ,अस्पताल विकास समिति...
जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका
मार्चवारी गाउँपालिका, समाचार, स्वास्थ्य

जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका

मर्चवारी (रुपन्देही),२७ भदौरुपन्देही जिल्लाको मर्चवारी गाउपालिका गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नमा जिल्लामै उत्कृष्ट भए पछि गाउपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने भएको छ । मर्चवार जिल्लाको दुर्गम क्षेत्रको गाउपालिका भए पनि स्वास्थ्य सेवाका अधिकाँश मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका कारण जिल्ला भित्र समिक्षा हुदा उत्कृष्ट भएकोले सबै स्वास्थ्यकर्मीको हौसला बढाउने उदेश्यले सम्मान गर्न लागिएको गाउपालिकाले जनाएको हो ।स्वास्थ्य सेवाका विभिन्न सुचकाँकहरु पुरा गर्नमा गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मिहेनत र परिश्रमले गाउपालिकाले उतm स्थान प्राप्त गरेको हुदा गाउ कार्यपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको गाउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । स्वास्थ्यकर्मीहरुको हौसला गाउ कार्यपा...