विधा

लाभकर खारेजीको माग गर्दै नागरिक समाजले बुझायो ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), समाज

लाभकर खारेजीको माग गर्दै नागरिक समाजले बुझायो ज्ञापनपत्र

नवलपरासी,४ पुसजग्गा विक्रि वितरण गर्दा जग्गाधनीलाई लाग्दै आएको लाभकर खारेजीको माग गर्दै नागरिक समाज नवलपरासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । किसान माथि यसरी जग्गा कारोबारी तथा ब्यपारी जस्तै लाभ कर लगाउने प्रावधान न्योचित नभएको भन्दै नागरिक समाजका नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।कुनै पनि किसानले जग्गा विक्रि बाध्यकारी अवस्थामा मात्र गर्नु पर्ने भएको हुदा लाभकर थुपारेर किसान माथि अन्याय भएको भनाई सहित उनले जिल्ला समन्वय समितिमा पुगेर हस्तलिखित ज्ञापनपत्र बुझाएका थिए । हाल नेपाल सरकारद्धारा आम किसानहरुले भोगचलन गर्दै आएको आफ्नो निजी स्वामित्वको जग्गा ब्यपारी बर्गमा राखी लाभ कर लिइने गरिएको छ । यसले आम किसानहरु मर्माहित भई रहेका छन् । यसर्थ यथासिघ्र किसानलाई राहत पुग्ने गरि सो लाभ क...
पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता

नवलपरासी,जिल्ला स्थित पाल्हीनन्दन गाउपालिकाले आफ्नो नागरिकलाई आवश्यक पर्ने रगतका लागि कुनै प्रकारको शुल्क नलाग्ने गरि नेपाल रेडक्रस सोसाईटी नवलपरासीसँग सम्झौता गरेको छ । रगत आवश्यक पर्ने बिरामीलाई सहज ढंगले रगतको उपलब्ध गराउने उदेश्यले कुनै प्रकारको शुल्क नलिईने र आवश्यक शुल्क गाउपालिकाले नै तिर्ने गरि सम्झौता भएको हो ।रगत निशुल्क नै हुने भए पनि ब्लड बैंक सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले ब्लड बंैक सञ्चालन गर्दा आवश्यक ब्यवस्थापकिय कार्यका लागि शुल्क लिदै आएको छ । तर अहिले गाउपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत ब्लड बैकबाट लिदा लाग्ने सेवा शुल्क गाउपालिकाले नै तिरिदिइने गरी सम्झौता भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । दुर्घटना तथा प्रसुती महिलालाई बढि आवश्यक पर्ने गरेको छ, उनले भने, पाल्हीनन्दनका विरामी भएको खण्डमा सिफारिस सहित रेडक्रससँग रगत माग गर...
भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रले प्रभावकारी बनाउदै पशु अस्पताल
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रले प्रभावकारी बनाउदै पशु अस्पताल

नवलपरासी,१ पुसजिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालन क्षेत्रको प्रवद्र्धन मात्रै नभई अहिले पशु चिकित्सालाई प्राथमिकतामा राखेर काम गर्न थालेको छ । विरामी हुने पशुको उपचारलाई प्राथमिकता दिदै पशु अस्पताललाई प्रभावकारी बनाउदै लगिएको विज्ञ केन्द्रले जानकारी गराएको हो ।जिल्लामा मानिस भन्दा पशुको संख्या धेरै तर उपचारका लागि जिल्ला स्थित एक मात्र भेटेनरी अस्पतालले गर्दा पनि सो अस्पतालमा दैनिक जसो विरामी पशुलाई उपचारका लागि ल्याउने गरेका छन् । मानिस जस्तै पशुलाई पनि रोगब्याधी लाग्ने तर उपचार नपाएर पशुहरु मर्ने अवस्थाबाट अस्पतालले उपचार गर्दै किसानको पशुधन जोगाउमा सफल भएको केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए । अहिले किसान आफ्नो पशुधन प्रति विगत भन्दा सचेत बन्दै गएका छन्,उनले भने, त्यो भएर समान्य पशु(गाई,भैसी,बाख्रा,बंगुर,कुखुरा हाँस,कुकुर लगायतका पशुलाई अस्पतालले उ...
लुम्बिनी चिनी मिलबाट प्रदुषण न्युनिकरणको माग गर्दै स्थानिय आन्दोलित
राजनीति, समाचार, सुनवल नगरपालिका

लुम्बिनी चिनी मिलबाट प्रदुषण न्युनिकरणको माग गर्दै स्थानिय आन्दोलित

नवलपरासी, १२ मंसिरजिल्लाको सुनवल नगरपालिका स्थित लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित बनेका छन् । चिनी मिलको बढदो प्रदुषणले स्थानियको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसंग माग गर्दै सुनवलबासी आन्दोलित बनेका हुन् ।सुनवलका स्थानिय जनताले लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरि सोमबार पत्रकार सम्मेलन मार्फत उक्त मागबारे जानकारी दिएका हुन् । वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चिन सरकार बिच भएको सम्झौता अनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि संचालनमा रहेको चिनी मिल २०६२ सालमा निजिकरण भएदेखि झनै प्रदुषणको अवस्था बढदै गयो । चिनी मिल संचालकले मिलको प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँव...
कोलिय गणराज्यको राजधानीमा भईरहेको भुभौतिक सर्वेक्षणबारे जानकारी लिदै लुम्बिनी प्रदेश साँसद जैसवाल
नवलपरासी (ब.सु.प.), पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानीमा भईरहेको भुभौतिक सर्वेक्षणबारे जानकारी लिदै लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१२ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा एक साता देखी भई रहेको भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले ठूलो उपलब्धी भएको छ । सर्वे गर्ने क्रममा ठूला ठूला पर्खालका भग्नावेशहरु जमिनमुनि भएको र ठूलो विहार क्षेत्रहरु पनि देखिएको सर्वेक्षण स्थलमा पुगेका लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाललाई जानकारी गराएको हो ।भगवान गौतम बुद्धको मावली प्राचिन कोलिय गणराज्यको राजधानी रहेको थुप्रै प्रमाणहरु शाक्य राज्यको राजधानी प्राचिन कपिलबस्तुसँग समकालिन भाडाहरु,एनविपि,पोष्टहोल जस्ता प्राचिन बस्तुहरु, बुद्ध काल भन्दा पुर्व तिन सय बर्ष पुराना अर्थात इसापुर्व ८ सम्मका मानववस्तीका अवशेषहरु देखिने गरिएको सो टोलीसँग रहेका नेपाल सरकार पुरातत्व विभाग अन्तरगतको पुरातत्व कार्यालय प्रमुख भाष्कर ज्ञवालीले जानकारी गराएका थिए । ८० देखी १ सय विघासम्म क्षेत्रफलमा राजधानी क्षेत्र फै...
पाल्हीनन्दनको प्राचिन नन्दन सिटीमा पुरातात्विक खोज गर्न माग गर्दै गाउपालिका अध्यक्ष गुप्ता
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दनको प्राचिन नन्दन सिटीमा पुरातात्विक खोज गर्न माग गर्दै गाउपालिका अध्यक्ष गुप्ता

नवलपरासी,११ मंसिरजिल्ला भित्र विभिन्न गाउपालिकामा पुरातात्विक खोज अनुसंधान भई रहेकै बेला पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित नन्दनताल नजिकै प्राचिन नगर (सिटी)को पनि पुरातात्विक खोज गर्न गाउपालिकाले पुरातत्व अनुसंधान टोलीलाई आग्रैह गरेको छ । सोमवार सो अनुसंधान टोलीले प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा भुभौतिक सर्वे भई रहेको स्थलमै पुगेर गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले पत्र बुझाउदै पाल्हिनन्दन गाउपालिकाको प्राचिन नन्दन सिटी(नगर)को खोज अनुसंधान गर्न आग्रह गरेका हुन् ।गत असार ५ गने पुरातत्व क्षेत्रमा लामो समय काम गर्दै आएका नारद यादवले स्थलगत अवलोकन गरेर नन्दन सिटी यहिँ हुनु पर्ने कुरा सार्वजनिक गरे पछि अहिले त्यस क्षेत्रको पुरातात्विक खोज अनुसंधानका लागि गाउपालिकाले चाँसो लिएको हो । पुरातत्व कार्यालय प्रमुख समेत रहेका पुरातत्व अधिकृत भास्कर ज्ञवालीलाई पत्र हस्तानान्तर ग...
सुस्ता ५ स्थित अनोमाघाट(ठाढीघाट)मा हजार बत्ति बालेर मनाइयो कार्तिक पुर्णिमा
पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

सुस्ता ५ स्थित अनोमाघाट(ठाढीघाट)मा हजार बत्ति बालेर मनाइयो कार्तिक पुर्णिमा

नवलपरासी, ११ मंसिरजिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पुर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हुदा अहिले अनोमाघाटमा दोश्रो बर्ष जिल्लाको प्रमुख बौद्ध तिर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो । अनोमाघाटमा सुस्ता गाउपालिका वार्ड नं.५ वार्ड कार्यालयकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको स्थानिय भागिरथी पालले जानकारी गराएका थिए । यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो, उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । परापुर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गरेको थियो, उनले भने, यो बर्ष पनि बौद्ध संस्कृति अनुसारको बत्...
पर्यटन प्रवद्र्धनका लागि देवदहले गर्दैछ, १३ वटा पार्क ब्यवस्थापन र १३ वटा पर्यटन विकास समिति गठन
देवदह नगरपालिका, पर्यटन, समाचार

पर्यटन प्रवद्र्धनका लागि देवदहले गर्दैछ, १३ वटा पार्क ब्यवस्थापन र १३ वटा पर्यटन विकास समिति गठन

नवलपरासी,१० मंसिररुपन्देहीको देवदह नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विभिन्न १३ वटा पर्यटन विकास समितिलाई दर्ता गर्नुका लागि १३ वटा पार्क ब्यवस्थापनका लागि स्रोतको खोजीमा लागेको छ । धामिक,सांस्कृतिक तथा पर्यापर्यटनको सम्भावना बोकेको देवदह नगरपालिकाले योजनाबद्ध तरिकाले विकासका लागि पर्यटन विकास समिति दर्ता तथा पार्क ब्यवस्थापनको निर्णय गरि योजना अगाडी सारेको हो ।नगरसभाको निर्णय नं.१६ र १७ मा उतm प्रस्तावहरुबारे निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । देवदह नगरपालिका देशी विदेशी पर्यटकका लागि आकर्षण गर्ने थुप्रै पुर्वाधारहरु भएकोले ति पुर्वाधारको ब्यवस्थानका लागि स्थानिय समिति गठन दर्ता तथा पार्क ब्यवस्थापनका लागि स्रोतको खोजी गरि काम गरिने उनले बताए । नगरसभाले दिइएको म्याण्डेट अनुसार जनप्रतिनिधि र कर्मचारी तथा स्थानिय संघसस्थाहरु पनि य...
रामग्राम स्तुप क्षेत्रमा उत्खनन उपलब्धी प्राचिन बौद्ध विहार र पोखरीको प्राप्ती भएको उत्खनन् टोलीको भनाई
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप क्षेत्रमा उत्खनन उपलब्धी प्राचिन बौद्ध विहार र पोखरीको प्राप्ती भएको उत्खनन् टोलीको भनाई

नवलपरासी,१० मंसिरभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा भई रहेको उत्खननले चिनियायात्री ह्वेगँसाँग र फाइयानले बर्णन र भुभौतिक सर्वेक्षण अनुसारका अधिकाँश संरचना भेटिएको उत्खनन टोलीले जनाएको छ । रामग्राममा गत २९ तारिख देखी भई रहेको उत्खननका क्रममा भेटिएका आधार प्रमाणबारे उत्खनन टोलीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।रामग्राम नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा वेलायत दुराम विश्वविद्यालयका पुरातत्व विद,नेपाल सरकार पुरात्व विभाग र लुम्बिनी विकास कोष लगायतका पुरात्व अधिकृत तथा विज्ञहरु तथा स्थानिय प्रशासन,स्थानियबासी विच उत्खननको उपलब्धी बारे जानकारी गराइएको थियो । भुभौतिक सर्वेक्षणमा देखिएका संकेतको आधारमा उत्खनन गरिए पछि प्राचिन पोखरी र विहारका पर्खालहरु फेला परेको पुरातत्व विद रबिन कनिघंमले जानकारी गराएका थिए । त्यसै गरि पुरातत्व विभागले गरेको अन्वेषण खोज उ...
हिन्दु र बौद्ध संस्कृतिको साझा स्थल शिलवटियामा कार्तिक पुर्णिमाको भब्य मेला
ओमसतिया गाउँपालिका, पर्यटन, समाचार

हिन्दु र बौद्ध संस्कृतिको साझा स्थल शिलवटियामा कार्तिक पुर्णिमाको भब्य मेला

बेचु गौडनवलपरासी ८ मंसिररुपन्देही जिल्लाको ओमसतिया गाउपालिका स्थित सिलवटिया हिन्दु र बुद्धको साझा संस्कृति सांस्कृतिक इतिहास बोकेको प्राचिन गाँउमा कार्तिक पुर्णिमा लक्षित भब्य मेलाको तयारी भई रहेको छ । बर्षाै देखी कार्तिक पुर्णिमामा मेला लाग्ने गरेको र यस बर्ष सो मेलालाई भब्य बनाउनमा गाउपालिकाले पनि तयारी गर्न थालेका हो ।मेला क्षेत्रमा विहिवार राती देखी नै रामलिला शुरु भएको र मेलाकै दिन सो रामलिलाको तयारी भई रहेको मेला गाउपालिकाले जानकारी गराएको थियो । विहिवार नै आयोजकसँग गाउपालिका अध्यक्ष मन्जित कुमार यादव,उपाध्यक्ष सुनिता चौधरी र प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्र सहितको टोलीले संयुतm बैठक समेत बसेर मेला तयारीबारे छलफल गरेको थियो । रोहिणी नदि किनारमा रहेको ओमसतिया माई मन्दिर,रामजानकी मन्दिर लगायत विभिन्न हिन्दु देवी देवताको प्राचिन मन्दिर अवस्थित छ । झोलुगेँपुल मात्रै सो स्थानमा भएको ...