विधा

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु

नवलपरासी,१० माघ,जिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको साता भित्रै काम शुरु भएको छ । जिससको आग्रहलाई अंगिकार गर्दै गाउपालिकाले प्रवेशद्धारको रंगरोगन गर्नुका साथै बजार क्षेत्रको सरसफाई काम शुरु गरेको हो ।गत साता महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका थिए । आग्रह अनुसार काम शुरु भएको कुराले आफुलाई खुशी लागेको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । गाउपालिकाले आफ्नो कामको शुभारम्भ प्रवेशद्धारको मर्मत,सम्भार गर्दै रंगरोगन गर्ने कामको शुरुवात गरेको छ, उनले भने, भन्सारले समेत समेत आफ्नो काम र चुनौतीको विवरण जिससमा बुझाई सकेको छ । भन्सारसँग सम्बन्धित सम...
भारतसँग जोडिएको महेशपुर मुलनाकाको बजार र प्रवेशद्धार ब्यवस्थित गर्न जिससको चाँसो
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भारतसँग जोडिएको महेशपुर मुलनाकाको बजार र प्रवेशद्धार ब्यवस्थित गर्न जिससको चाँसो

नवलपरासी,३ माघजिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको छ । महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका हुन् ।भारतबाट नेपाल प्रवेशको प्रमुख नाका हो,उनले भने, महेशपुर बजार मुलनाकाको प्रमुख बजार पनि हो,यसलाई यहाँका संघिय सरकारको कार्यालयको रुपमा रहेको महेशपुर भन्सार र स्थानिय सरकारको रुपमा रहेको पाल्हीनन्दन गाउपालिकाले ब्यवस्थापनमा लाग्नु पर्छ । जिससले समन्वयका लागि भुमिका निर्वाह गर्न तयार रहेको छ । नेपाल भारतको सिमा निर्धारण गर्दाकै बखत बनेको महेशपुर बजार अहिले पनि अब्यवस्थित देखिएका छन्,उनले भने,नाकाबाट यदि सरकारले आम्दनी गर्छ भन्ने नाकाको स्वच्छता,ब्यवस्थान,...
सेवालाई थप गुणस्तरिय बनाउन पृथ्वीचन्द्र अस्पतालले माग्यो गाउपालिका र नगरपालिकासँग तोकेर सहयोग
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

सेवालाई थप गुणस्तरिय बनाउन पृथ्वीचन्द्र अस्पतालले माग्यो गाउपालिका र नगरपालिकासँग तोकेर सहयोग

नवलपरासी, २८ पुसजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा सेवालाई थप प्रभावकारी बनाउन अस्पताल प्रशासनले जिल्लाका सबै पालिकासँग आर्थिक स्रोतको माग गरेको छ । भएकै जनशक्तिबाट अस्पतालको उपयुक्त व्यवस्थापन र गुणस्तरीय चिकित्सा सेवा दिन थालेपछि अस्पताल प्रति विरामीको आकर्षण बढदै जादा सेवाको गुणस्तर खस्किन नदिईन र थप गुणस्तरिय बनाउनका लागि विषय र स्रोत नै खुलाएर अस्पतालले पालिकालाई पत्राचार गरेको हो ।स्थानिय तहबाट विभिन्न प्रकारका विरामीलाई निशुल्क सेवा प्रदान गरिदिन अस्पतालका नाममा निरन्तर आग्रह गर्दै सेवा दिलाउदै आएको र अहिले अस्पतालमा बढदो विरामीको चाँपका कारण ब्यवस्थापनमा चुनौती भएकोले त्यसमा सहकार्यका लागि नगरपालिका र गाउपालिकालाई अनुरोधपत्र पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण पाण्डेले बताए । अस्पताले प्रदान गर्ने चिकित्सा सेवामा व्यापक सुधार ल्याएपछि अस्पतालमा विरामीहरुको चाप ...
बौद्धकालिन प्राचिन नन्दन नगर क्षेत्रको सरसफाईमा सक्रिय स्थानिय
पर्यटन, पाल्हिनन्दन गाउँपालिका

बौद्धकालिन प्राचिन नन्दन नगर क्षेत्रको सरसफाईमा सक्रिय स्थानिय

नवलपरासी,२८ पुसजिल्लाको पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित बौद्धकालिन प्राचिन नन्दन नगर(नन्दन सिटी)को बगैचा क्षेत्रको सरसफाईमा स्थानियबासी सक्रिय भएका छन् । पर्यटकिय स्थलको रुपमा विकास,संक्षण प्रवद्र्धनमा स्थानियबासीले चाँसो लिदै आएको सो स्थानको विकासका लागि गाउपालिकाले अग्रसरता लिईने भए पछि तिन दिन देखी निरन्तर स्थानिय पनि सरसफाईमा सक्रियता देखाउन थालेका छन् ।केही महिना देखी यो पुरातात्विक तथा बौद्धकालिन नन्दननगर भएको पुरातात्वका जानकार तथा बौद्ध अध्ययेताहरुले पडरी कोटहीमाई स्थान भनेर चर्चामा ल्याए पछि अहिले स्थानिय युवाहरु पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको स्थानिय युवा संदिप कुमार यादवले बताए । अहिले सो स्थानको अवलोकन भ्रमण गर्न केही बाहिरका पर्यटक आउन थाले पछि त्यस स्थानको सफाई गर्ने कार्य भई रहेको छ, उनले भने, परम्परागत रुपमा देवीदेवताको पुजा गर्दै आएका स्थानियले अहिले मा...
पशु सेवा विज्ञ केन्द्रले थाल्यो, गाईभैसीमा देखिने बाँझोपन हटाउन घरदैलो ‘डोर टु डोर’ सेवा
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पशु सेवा विज्ञ केन्द्रले थाल्यो, गाईभैसीमा देखिने बाँझोपन हटाउन घरदैलो ‘डोर टु डोर’ सेवा

नवलपरासी,२६ पुस,जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्न थालेको छ । घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशु पालनमा देखिएको समस्याहरुको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्य शुरु गरेको हो ।पशुपालक किसानका फर्म र घरमा रहेका दुधालु गाई भैसी मध्ये अधिकाँसमा बाझोपन जस्ता समस्या देखिएको अस्पतालकी पशु चिकित्सक डा.विभुती सिँहले बताईन् । उनका अनुसार पशु स्वास्थ्यकर्मी सहित चिकित्सकहरुको टोली पशुपालक किसानको डोर टु डोर पुग्ने र सेवा दिईने अभियानको रुपमा चलाईको छ । यसले पशुपालक कृषकमा उत्साह थपिएको छ, उनले भनिन्,किसानहरुले यस्तो पहिलो पटक घरदैलोमै आएर पशु(गाईभैसी)को समस्या बुझ्ने कार्य भई रहेको छ । पशुमा देखिने बाँझोपन समस्या प्रमुख समस्याको रुपमा देखिएको छ । पशु विरामी हुदा त किसानले थाहा पाउने...
पाल्हीनन्दनका नागरिकलाई मोतिविन्दु अप्रेसन र रगत निशुल्क
पाल्हिनन्दन गाउँपालिका, स्वास्थ्य

पाल्हीनन्दनका नागरिकलाई मोतिविन्दु अप्रेसन र रगत निशुल्क

नवलपरासी २५ पुसगाउपालिका भित्रका नागरिकलाई निशुल्क रगतको ब्यवस्था मिलाएको जिल्लाको पाल्हीनन्दन गाउपालिकाले मोतिविन्दुका अप्रेसन पनि निशुल्क हुने गरे सम्झौता गरेको छ । नेपाल रेडक्रमस सोसाईटीको ब्लड बैंकसँग निशुल्क रगत दिने सम्झौता पछि गाउपालिकाले सदरमुकाम परासी स्थित विनोद निता कण्डेल आँखा अस्पतालसँग निशुल्क मोतिविन्दुको अप्रेसन गरिदिन भनेर सम्झौता गरेको हो ।नागरिकलाई स्वास्थ्यको अधिकारलाई सहज शुलभ बनाउदै आएको गाउपालिको पालिका भित्र सेवा नभएको रगतको ब्यवस्थापन र आँखाको मोतिविन्दुको अप्रेसन सेवालाई पनि निशुल्क उपलब्ध गराउने गरि सरोकारवाला संस्थासँग सम्झौता गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । अन्य स्वास्थ्य सेवाका लागि गाउपालिकाकै पाल्हीनन्दन आधारभुत अस्पताल तथा प्रत्येक वार्डमा रहेको स्वास्थ्य चौकी तथा गाउघर क्लिनीक मार्फत स्वास्थ्य सेवा दिदै आएको छ, प्रमुख...
प्राचिन कोलिय गणराज्य कोलनगर(पण्डितपुर)मा लुम्बिनी पर्यटन परिषदका अध्यक्ष जोशी सहितको टोली
पर्यटन, रामग्राम नगरपालिका

प्राचिन कोलिय गणराज्य कोलनगर(पण्डितपुर)मा लुम्बिनी पर्यटन परिषदका अध्यक्ष जोशी सहितको टोली

नवलपरासी,२४ पुसलुम्बिनी प्रदेश पर्यटन परिषदका अध्यक्ष रामु जोशी सहितको टोलीले रामग्राम १८ स्थित बुद्धको मावली रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) क्षेत्रको स्थलगत अवलोकन गरेका छ । प्रदेशसभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाल सहित परिषदको टोलीले राजधानी क्षेत्रको अवलोकन गर्दै यस क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले नै अब अग्रसरता लिईने समेत बताएका हुन् ।यस क्षेत्रको दिर्घकालिन विकास,संरक्षण,सांस्कृति अभियान,पहिचान हुने खालका कार्यक्रम गर्नका लागि प्रदेश सरकारद्धारा नै एक सरकारी संरचना खडा गरि काम गर्न सकिने समेत अध्यक्ष जोशीले बताए । सो क्षेत्रमा फेला परेका बस्तु तथा दस्तावेजको समेत अवलोकन अध्ययन गरेका थिए । स्थानिय स्तरबाट पनि संरक्षण र प्रवद्र्धनका लागि समितिहरु पनि निर्माण गर्न स्थानियलाई आग्रह गर्दै अध्यक्ष जोशीले सो संस्थासँग सहकार्य गरि लुम्बिनी प्रदेश सर...
बिरामीको मन जित्दै पृथ्वीचन्द्र अस्पताल
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

बिरामीको मन जित्दै पृथ्वीचन्द्र अस्पताल

नवलपरासी,२४ पुसराणाकालिन इतिहास बोकेका जिल्लाको पृथ्वीचन्द्र अस्पताल अहिले विभिन्न आरोह र अहरोह पार गर्दै विरामीको मन जित्न उन्मुख देखिन थालेको छ । अल्पकालिन र दिर्घकालिन चुनौतिको विचमा पनि सेवा विस्तार र गुणस्तर वृद्धिमा अस्पतालले अग्रसरता देखाउन थालेको हो ।अल्पकालिन चुनौतीको रुपमा अस्पताल भित्र जनशतिm अभावसँगै पुर्वाधारको पनि समस्या छ नै दिर्घकालिन चुनौतीमा नीतिगत समस्या,शुरक्षा,अविश्वास,बेला बेलामा हुने मुखभेड जस्ता पनि कायम नै छ , अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेडन्ट डा.किरण पाण्डे भने, तर पनि दैनिक विरामीको चाँप बढदै गए पछि अतिरितm स्वास्थ्य सेवा(ईएचएस) सेवा थप गर्ने भएको छ । दैनिक २ सय देखी ३ सय विरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको उनको भनाई छ ।वि.सं.१९६८ सालमा तत्कालिन श्री ५ पृथ्वी विक्रम श...
जिसस र नेपाली सेनाले शुभारम्भ गरे पुरातात्विक सम्पदा संरक्षण तथा सरसफाई अभियान २०८०
पर्यटन, रामग्राम नगरपालिका, समाचार

जिसस र नेपाली सेनाले शुभारम्भ गरे पुरातात्विक सम्पदा संरक्षण तथा सरसफाई अभियान २०८०

नवलपरासी,२२ पुसजिल्ला भित्र रहेका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सरसफाई अभियान २०८० को शुभारम्भ भएको छ । जिल्ला समन्वय समिति र नेपाली सेनाको गोरखदल गण रामग्राम ब्यारेकको संयुतm आयोजनामा उतm अभियान प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट शुभारम्भ गरेको हो ।राजधानी कोलनगरसँगै प्राचिन कोलिय गणराज्य अन्तरगत रहेका अहिलेसम्म पत्ता लागेको बौद्धकालिन नगरहरु तथा अन्य धार्मिक तथा पुरातात्विक स्थलको संरक्षण तथा सरसफाई अभियान सञ्चालन गर्न आवश्यक रहेको ठहर गरिएको थियो । त्यसै अयिभानलाई नेपाली सेनाको सक्रियता तथा जिससको नेतृत्वमा अभियानको शुभारम्भ गर्दै घोषणा गरिएको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । संरक्षण र सरसफाई कार्यमा आवश्यक जनशतिmको ब्यवस्थापन गर्ने कार्य नेपाली सेनाले लिईने र अन्य सरोकारवालासँग समन्वय सहकार्य जिससले गर्ने गरि यो अभियान अगाडी बढाइएको छ,जिसस प...
मनरी स्थित थारु साँस्कृतिक पार्कको डिपिआर गर्ने कार्य शुरु
पर्यटन, समाचार, सरावल गाउँपालिका

मनरी स्थित थारु साँस्कृतिक पार्कको डिपिआर गर्ने कार्य शुरु

नवलपरासी,१३ पुसजिल्लाको सरावल स्थित निर्माण हुन लागेको थारु साँस्कृतिक पार्कलाई ब्यवस्थित बनाउन विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु भएको छ । हुलाकी राजमार्ग देखी करिब ५ सय मिटर उत्तर भलुही नदि किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई थारु साँस्कृतिक पार्कको स्वरुप दिनका लागि गाउपालिकाले डिपिआर बनाउने कार्य शुरु गरेको हो । सो स्थानलाई केही महिना पहिला स्थानियको सक्रियतामा पार्क बनाउने कार्यमा लागेका थिए । त्यसलाई ब्यवस्थित र आकर्षित बनाउनका लागि डिपिआर बनाउने कार्य गाउपालिकाले शुरु गरेको छ, गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,स्थानियको चाहना र भावनासँगै मिलेर गाउपालिकाले पनि काम गर्नु पर्छ,भनि त्यसलाई ब्यवस्थित गर्नका लागि डिपिआरको निर्माण गर्न लागिएको हो । यसरी बैज्ञानिक हुन्छ,उनले थपे,डिपिआरमा स्थान र पुर्वाधारको यकिन गरिनुका साथै गुणस्तर पुर्वाधारमा पनि सहयोगी ...