विधा

पुरातत्व विभागले प्राचीन ककरपत्त नगरक्षेत्रमा उत्खनन गर्ने भए पछि गाउपालिका उत्साही
पर्यटन, समाचार, सरावल गाउँपालिका

पुरातत्व विभागले प्राचीन ककरपत्त नगरक्षेत्रमा उत्खनन गर्ने भए पछि गाउपालिका उत्साही

नवलपरासी,९ फागुन,जिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगरमा पुरातत्व विभागले उत्खननमा चाँसो देखाए पछि गाउपालिका उत्साही भएको छ । पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि आफ्नो कार्ययोजनामा राखिएको जानकारी गराए पछि गाउपालिका उत्साही भएको हो ।गाउपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पुर्वाधार तथा सन्देश दिईने खालको मुर्तिको स्थापना समेत गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गरिहेको गाउपालिकाले जानकारी गराएको हो । सो पर्यटकिय क्षेत्रको स्थलगत अवलोकन गर्दै गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमति हरिजनले पर्यटकिय स्थलको रुपमा यसलाई विकास गर्नका लागि बजेट तथा कार्यक्रम समेत राखेको बताएका थिए । यसका लागि स्थानिय पनि सकृया हुन समेत उनले औल्याएका थिए ।प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ...
परासीमा नवलपरासी औद्योगिक व्यापार मेला २०८० हुदै
अर्थ, कृषि, पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासीमा नवलपरासी औद्योगिक व्यापार मेला २०८० हुदै

नवलपरासी, ९ फागुन,जिल्ला सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला २०८०, संचालन गर्न तयराी तिब्र बनाइएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी सहितको मेला संचालन तिब्र बनाइएको बुधवार पत्रकार सम्मेलन गरि आयोजकले जनाएको हो ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले मेला मुल कृषि पर्यटन उद्योग व्यपार प्रबद्रधनलाई प्रथामिकता राखी मेला आयोजना गरिएको बताए । उनले अहिले आर्थिक बन्दी रहेकोले व्यापार व्यवसाय चालयमान बनाउने मूल उद्देश्य रहेको बताए । यस क्षेत्रको विकासको लागि यो व्यापार मैलाको ठूलो योगदान पुग्ने अध्यक्ष अग्रहरीको भनाइ थियो ।रामग्राम स्तुप, पण्डितपुर लगायत जिल्लाका पुरातात्विक एवं धार्मिक स्थलहरुको चिनारी, आधुनिक सूचना प्रविधिको प्रदर्शनी,निर्यात प्रवद्रधनका लागि ग...
रामग्राम नगरपालिकामा स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने कार्य शुरु
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकामा स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने कार्य शुरु

नवलपरासी,८ फागुन,जिल्लाको रामग्राम नगरपालिकामा पहिलो पटक स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने गरि पोर्टल सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीले आफुले तिर्ने राजश्व सो पोर्टल मार्फत बुझाउने कार्य शुभारम्भ गर्न थाले पछि सो सेवा सञ्चालनमा आएको हो ।सो पोर्टलमा सेवाग्राही नगरपालिकामै उपस्थित भएर राजस्व बुझाउनु भन्दा आफ्नै कार्यालय वा घरबाट राजस्व बुझाउन सक्ने हुदा करदाता नागरिकका लागि राजश्व बुझाउन सहज हुने भएका कारण यो पोर्टल सञ्चालनमा ल्याईको नगरपालिकाका लेखापाल सञ्जय शर्माले बताए । यसले अब रामग्रामका करदातालाई कर बुझाउन सहज हुनेछ, उनले भने, यसलाई सहज रुपमा अभ्यासमा ल्याउनु पर्छ । उनका अनुसार सो पोर्टलबाट कर बुझाउने पहिलो करदाताको रुपमा इन्दिगो पेन्ट्स प्रालि रामग्राम १२ रहेको छ । सो कम्पनीले नगरपालिकालाई ब्यवसाय नबिकरण कर वापत ६० हजार कर दाखिला गरेको छ । कर दाखिला गर्दा पोर्टलले भौचर आफै ...
निर्माणाधीन पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन हस्तानान्तरण पछि डायलसिस सेवा सुचारु हुने
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

निर्माणाधीन पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन हस्तानान्तरण पछि डायलसिस सेवा सुचारु हुने

नवलपरासी,८ फागुन,जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेसँगै अस्पताल भित्र डायलसिस सेवा पनि सुचारु हुने भएको छ । डायलसिस सेवा जिल्लामा नभएको हुदा नयाँ भवनको हस्तानान्तरसँगै डायलसिस सेवा सुचारु हुने अस्तपतालले जनाएको हो ।रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको र यसै बर्ष भवन हस्तानन्तरण भएर अस्पतालको स्वामित्वमा आए पछि अस्पतालका लागि आवश्यक पुर्वाधार हुने भए पछि डायलसिस सेवा सुचारु गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण पाण्डेले जानकारी गराए । यो जिल्लाबाट सो सेवा लिनका लागि बुटवल र भैरहवा जान परेको छ, उनले भने, भवन अस्पतालको स्वामित्वमा आए पछि डायलसिस सेवा सुचारु हुन्छ । यसका लागि अस्पतालका केही स्वास्थ्यकर्मीले तालिम लिई सकेका छन् । केही जनशतिm प्रदेश सरकारले उपलब्ध गराउने र त्यसका लागि विज्ञ...
प्रत्येक वार्डमा मुस्लिम महिलालाई जनचेतना कार्यक्रम गर्दै सरावल गाउपालिका
समाचार, समाज, सरावल गाउँपालिका

प्रत्येक वार्डमा मुस्लिम महिलालाई जनचेतना कार्यक्रम गर्दै सरावल गाउपालिका

नवलपरासी,८ फागुनजिल्लाको सरावल गाउपालिकाले मुस्लिम महिलालाई शसतिmकरण गर्ने उदेश्यले मुस्लिम समुदायमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिला तथा बालबालिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै गर्दा मुस्लिम समुदायको सहभागिता पातलो देखिए पछि गाउपालिकाले मुस्लिम महिलालाई नै लक्षित गरि सो जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।सरावल गाउपालिका वार्ड नं.२ दंगिया गाँउमा भएको उतm जनचेतना कार्यक्रममा बोल्दै त्यस्तो कार्यक्रम प्रत्येक वार्डमा मुस्लिम बाहुल्यता रहेको गाँउलाई लक्षित गरि मुस्लिम समुदायलाई जनचेतना कार्यक्रम सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आम रुपमा कार्यक्रम सञ्चालन गर्दा मुस्लिम महिलाहरु मुलधारबाट छुट्ने गरेका थिए,उनले भने,त्यसैले अहिले यो कार्यक्रममा मुस्लिम महिलाको सहभागिता मात्रै हुने गरि जनचेतना कार्यक्रम गरिएको छ । यसले मुस्लिम महिलालाई मुलधारमा ल्याउन सहज...
पाल्हीनन्दनमा ‘आनन्द जात्रा’ मनाउन मुल समारोह समिति गठन
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दनमा ‘आनन्द जात्रा’ मनाउन मुल समारोह समिति गठन

नवलपरासी,८ फागुन,बौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानिय ‘आनन्द जात्रा’ मनाउन स्थानियबासीले मुल समारोह समिति गठन गरेका छन् । पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ का वार्ड अध्यक्ष समेत रहेका प्रवतmा कृष्णचन्द्र यादवको अध्यक्षतामा भएको भेलाले पिन्कु सिँह सैथवारको संयोजकत्वमा ३१ सदस्यि मुल समारोह समिति गठन भएको हो ।विगत केही महिना देखी नै आनन्द जात्रा मार्फत प्राचीन नन्दन नगर र नन्दन तालको प्रवद्र्धन र प्रचार प्रसार गर्ने गरि जात्राको तयारीमा जुटेका थिए । भेलाले जात्राको मुल समारोह समितिसँगै प्राचीन नन्दन नगर संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति समेत गठन गरेको वार्ड अध्यक्ष यादवले बताए । उनका अनुसार सो पर्यटन समिति ब्यास चौधरीको अध्यक्षतामा १३ सदस्यि समिति गठन गरिएको छ । गाउलेको भेलामा सो प्राचीन नन्दन नगरको इतिहास थाहा पाए पछि उत्साही भएको स्थानिय अखिलेस यादवले बताए । ...
जसपाले थाल्यो विकासका लागि सर्वपक्षिय बहस अन्तरक्रिया
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

जसपाले थाल्यो विकासका लागि सर्वपक्षिय बहस अन्तरक्रिया

नवलपरासी,५ फागुन,जनता समाजबादी पार्टी (जसपा) नवलपरासीले विकासमा बहस गर्ने उदेश्यले पाल्हीनन्दन गाउपालिकामा सर्वदलिय सर्वपक्षिय अन्तरक्रिया गरेको छ । पाल्हीनन्दन गाउपालिका भित्र संघिय सरकार,लुम्बिनी प्रदेश सरकार र स्थानिय सरकारको रुपमा रहेको गाउपालिका सरकारले गर्दै आएको विकास योजनाबारे जनतालाई प्रत्यक्ष जानकारी गराउने गरि सो अन्तरक्रिया गरिएको हो ।जनताले सबै जनप्रतिनिधिलाई सवाल जवाफ गर्न सकुन भनेर जसपाले यस्तो कार्यक्रमको आयोजना गरेको जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी गराएका थिए । भई रहेको विकासको सबैले आफुले गरेको भनेर जस लिईने र धेरै यस्ता अतिवाश्यक रहेको बिकासमा कस्को कारणले नभएको भनेर कुनै जनप्रतिनिधिले चाँसो नलिईने गरेको हुदा यसको निर्कौल गरि जनतालाई सहि सुचना प्रवाह होस,आफ्ना जनगुनासा पनि राख्न सकुन भनि कार्यक्रम राखिएको उनले बताए । सो कार्यक्रममा संघिय सरकार प्रतिनिध सभा ...
पाल्हीनन्दन ३ कुश्मामा सेमरहवा कुटीपार्क बनाउने अवधारणा
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दन ३ कुश्मामा सेमरहवा कुटीपार्क बनाउने अवधारणा

नवलपरासी,३ फागुनजिल्ला स्थित पाल्हीनन्दन गाउपालिकाले वार्ड नं.३ कुश्मा स्थित सेमरहवा कुटी पार्कको अवधारणा अगाडी सारेको छ । जिल्लाका विभिन्न गाउपालिका र नगरपालिकाले अ आफ्नो पालिका क्षेत्र भित्र पार्क निर्माण गर्ने योजना अगाडी बढाउदै गर्दा पाल्हीनन्दन गाउपालिकाले पनि नयाँ पार्क निर्माण गर्ने प्रस्ताव अगाडी बढाएको हो ।धार्मिक स्थल तथा प्राकृतिक मनोरम दृष्ट रहेको उतm स्थानलाई पार्कको लागि उपयुतm देखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश प्रकाश पौडेलले बताए । वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन सहित उतm स्थानको स्थलगत अवलोकन गर्दै सो स्थान पार्क निर्माणका लागि उपयुतm देखिएको हुदा त्यसको लागि स्थानियको सहमति,निर्णय र योजना बनाई गाउपालिकामा पेश गर्नका लागि समेत प्रमुख प्रशासकिय अधिकृत पौडेलले वार्ड अध्यक्ष हरिजनलाई आग्रह गरेका थिए । झरही नदी किनारमा रहेको वृक्षारोपण क्षेत्र र सेमरहवाबा...
पाल्हीनन्दनले राख्यो पर्यटकिय क्षेत्रको सुचना बोर्ड
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दनले राख्यो पर्यटकिय क्षेत्रको सुचना बोर्ड

नवलपरासी,४ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भित्रको पर्यटकिय तथा अत्यावश्यक स्थानको जानकारी दिइने गरि सुचना बोर्ड राखेको छ । गाउपालिकाको अन्तिम सिमा रामग्राम ७ को उजैनी गाँउको दक्षिण तर्फ महेशपुर परासी सडकमा सो सुचना बोर्ड राखेको हो ।स्थान र दुरी सहित सम्बन्धित स्थानको तस्विर सहित राखेर सुचना बोर्ड राखिएको सो सुचना बोर्ड स्थानपनाका संयोजक ज्ञानेश्वर सहानीले जानकारी गराए । सुचना बोर्ड राख्न गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता,उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल सहितको उपस्थितीमा राखिएको उनको बताए । महेशपुर भन्सार,प्रवेशद्धार,गाउपालिका कार्यालय,पाल्हीनन्दन अस्पताल,शिवपार्वत सिद्धधाम लोहरौली,पाल्ही भगवती मन्दिर,विसुनपुरा भन्सार नाकाको चिमनटोलवा,प्रचीन नन्दन सिटी,नन्दन ताल लगायतको क्षेत्रको दुरी समेत उल्लेख गरिएको छ । यसरी आफ्नो गाउ...
मुटको जाँच सहित परासीको एभरग्रीन अस्पतालमा अप्रेसन सेवा शुरु
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

मुटको जाँच सहित परासीको एभरग्रीन अस्पतालमा अप्रेसन सेवा शुरु

नवलपरासी, २ फागुनजिल्ला सदरमुकाम परासी स्थित निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको एभरग्रीन अस्पतालको नयाँ व्यवस्थापनले शल्यक्रिया(अप्रेसन) सहितको विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नो १२ औँ स्थापना दिवसको अवसर पारि सबै प्रकारका शल्यक्रिया (अप्रेसन) सेवा शुभारम्भ गरेको हो ।अस्पतालमा निर्माण गरिएको सुविधासम्पन्न अप्रेसन कक्षको आज लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले शुभारम्भ गरका हुन । उनले यस सुविधाबाट यस क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए । सबै प्रकारका सेवालाई गुणस्तरीय सेवा बनाई प्रदान गर्न समेत आग्रह गरेका थिए । परासीमा विगत देखि नै सञ्चालनमा रहेपनि हाल एभरग्रिन अस्पताल नयाँ व्यवस्थापन र स्तरीय सेवासहित सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी गराए ।वार्षिकोत्सवको अवसरमा सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दैसबै प्रकारका ...