राजनीतिक परिवर्तन भयो, शैक्षिक प्रणालीमा परिवर्तन भएन : मन्त्री लिमिल्सिना
नवलपरासी,२४ कार्तिकनेपालमा राजनीतिक ब्यवस्था परिवर्तन पटक पटक भए पनि शैक्षिक अवस्था परिवर्तन हुन नसकेको लुम्बिनी प्रदेश सरकारका समाजिक विकास मन्त्री जनमेजय तिमिसिल्नाले बताएका छन् । नवलपरासीको परासी स्थित पाल्ही बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेपालमा राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रमा परिवर्तन नहुदा विश्व प्रतिस्पर्धात्मक र उत्पादनमुखी शिक्षा नभएकोले नेपाल अहिले आयात प्रधान मुलुक बनेको उनले बताए । चालिस बर्ष पहिला नेपालबाट थुप्रै समान उत्पादन भई निर्यात भई रहेको थियो,तर अहिले निर्यात बन्द हुदै मालबस्तुको आयात बढेको छ,उनले भने, यहाँका शिक्षा प्रणाली परिवर्तन नहुदा यहाँका युवा विदेश खाडीमा काम गर्न जाने र अहिले अध्ययनकै नाममा थुप्रै युवा विदेशिने अवस्था रहेको छ । निरकुँश राणाशासन,पञ्चायती ब्यवस्था फालिदै मुलुकमा प्रजातन्त्र,लोकतन्त्र ह...










