विधा

पाल्हीनन्दनमा स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दनमा स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस

नवलपरासी,२० मंसिरजिल्लाको पाल्हीनन्दनका स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस मनाएका छन् । पाल्हीनन्दन गाउपालिकाले पालिका भित्रका सम्पुर्ण महिला स्वास्थ्य स्वम्सेविकाहरुको क्षमता अभिवृद्धि गराउदै अर्धबार्षिक समिक्षा समेत गरेका हुन ।अन्तराष्ट्र्रिय स्वम्सेवक दिवसको अवसर पारेर स्वास्थ्य स्वम्सेविकाहरुलाई क्षमता अभिवृद्धि,सेवा प्रतिवद्धतासँगै अर्धबार्षिक समिक्षा कार्यक्रम गरेर उनीहरुलाई प्रोत्साहित समेत गरेको हो । स्वम्सेविकाहरुके आत्मसम्मान वृद्धि गर्नका लागि पनि गाउपालिकाले उनहरुलाई प्रोत्साहन गरेको पालिका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले जनाए । उनका अनुसार दुई दिनसम्म कार्यक्रम गरे पनि स्वम्सेविकाहरुले आफुले गर्ने सेवाबारे प्रतिवद्धता गरि हस्ताक्षर समेत गरेकी थिईन् । जस्मा उनीहरुले स्वम्सेवी भावले समुदायको स्वास्थ्य अधिकार र पहुँचलाई मुलमन्त्र मानी नैतिकता,इमानदार...
पशु किसानको समस्या बुझ्न पशु चिकित्सकद्धारा डोर टु डोर कार्यक्रम
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पशु किसानको समस्या बुझ्न पशु चिकित्सकद्धारा डोर टु डोर कार्यक्रम

नवलपरासी,२१ मंसिरगत बर्ष पशुपालक किसानको समस्या बुझ्न र निदान गर्न गरिएको डोर टु डोर कार्यक्रम प्रभावकारी भए पछि यो बर्ष पनि सो कार्यक्रमले निरन्तरता पाएको छ । कार्याक्रमको निरन्तता दिदै जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्नका लागि सुनवल नगरपालिकाको भुमहीबाट शुभारम्भ गरेको हो ।घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशु पालनमा देखिएको समस्याहरुको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्यको शुभारम्भ नगरप्रमुख विमला अर्यालले गरेकी थिईन् । उनले कार्यक्रमको शुभारम्भ गर्दै मानिस स्वास्थ्य समस्या प्रति मानिस आफै सचेत हुने भएको तर पशुमा त्यो अवस्था नहुने हुदा यो डोर टु डोर कार्यक्रमले पशुको स्वास्थ्य समस्या बुझ्नमा सहयोगी बन्ने उनले बताएकी थिईन् । उतm कार्यक्रमा पशुपालक किसानका फर्म र घरमा रहेका ...
कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)

नवलपरासी, २० मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएको हो ।पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने,सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पुर्वाधार भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । अहिले एउटा मात्रै ट्रेन्च उत्खनन गर्दा इटको पर्खाल भेटिएको देखाउदै उनले अझै ति पर्खाल मुनि केही छ,भन्ने थप उत्खनन गर्न आवश्यक पर्छ । पुरातत्व विभागको कार्यक्रम अनुसार एक महिनासम्म उत्खनन गरिने बताउदै उनले थप उत्खननका लागि यदि स्थानिय स...
चुनौती बन्दै किसोरीहरुको प्रजनन स्वास्थ्य,२० बर्ष मुनिका चार सय किसोरी गर्भवती
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

चुनौती बन्दै किसोरीहरुको प्रजनन स्वास्थ्य,२० बर्ष मुनिका चार सय किसोरी गर्भवती

नवलपरासी,१९ मंसिरजिल्लामा किसोरीको प्रजनन स्वाीस्थ्य समस्या चुनौतीपुर्ण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएको छ । विहाबारी विस बर्ष पारी,नारा बनाई किसोर किसोरीको प्रजनन स्वास्थ्यमा करोडौ खर्चेर विभिन्न कार्याक्रम सञ्चालन हुदै आए पनि कार्यक्रमहरु प्रभावकारी नहुदा किसोरी प्रजनन स्वास्थ्यको समस्या देखिएको हो ।किसोरीहरु गर्भवती हुने संख्यामा वृद्धि हुदै जादा प्रजनन स्वास्थ्यमा अझै चुनौती कायम नै रहेको तथ्याँकले देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ मा जिल्ला भित्र कुल ४ सय जना (२० बर्ष मुनि) का किसोरी गर्भवती भएका छन् । एका तर्फ किसोरी अवस्थामै २० बर्ष मुनि नै गर्भवती हुन र आर्को तिर प्रोटोकल अनुसार गर्भवती किसोरीहरुले गर्भ परिक्षणको पहुँचमा नहुनुले चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएका छ । चार जना गर्न किसोरी गर्भवती मध्य...
तस्करसँग सेटिगँ गरेर भन्सार घटाउने आरोप लाग्दै आएका महेशपुर भन्सार प्रमुखको सरुवा
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

तस्करसँग सेटिगँ गरेर भन्सार घटाउने आरोप लाग्दै आएका महेशपुर भन्सार प्रमुखको सरुवा

नवलपरासी,१९मंसिरजिल्ला स्थित महेशपुर भन्सारमा भन्सार प्रमुख सहितको कर्मचारी सेटिगँले तसकरी गराउदा राजस्व घटेको कुरा सार्वजनिक भए पछि भन्सार प्रमुख प्रमुख बुद्धिकुमार चुडालको सरुवा भएको छ । सो नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घटदै ओरालो लाग्नु प्रहरीको मिलोमतो कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिगँले गर्दा राजश्व हस हुने गरेको रहस्य सार्वजनिक भए भए पनि प्रमुख चुडालको सरुवा भएको स्थानियले बताएका हुन् ।भन्सार प्रमुख चुडालको कार्यशैली ठिक नभएको स्थानिय र प्रहरी अधिकृतहरुले समेत गुनासो गर्दै आएका थिए । भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानिय केही ब्यपारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मुल्याँकन घटाउदै थोरै रकममा लिलाम गराई रहेको रहस्य खुल्न थालेको समाचारहरु सार्वजनिक भएको थियो । एकै दिनमा तिन तिन पटक सुचना टास गरि मुल्याँ...
अन्तराष्ट्रिय अपाँग दिवसको अवसरमा अपाँगहरुलाई सम्मान
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

अन्तराष्ट्रिय अपाँग दिवसको अवसरमा अपाँगहरुलाई सम्मान

नवलपरासी,१८ मंंसिरजिल्लाको पाल्हीनन्दन गाउपालिकाले अन्तराष्ट्रिय अपाँग दिवसको अवसरमा पालिका भित्रका अपाँगहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको छ । गाउपालिकाकी उपाध्यक्ष फातुमा खातुन अंसारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पालिका भित्रका अपाँगहरुलाई सम्मान गर्ने कार्य गरिएको हो ।उतm कार्यक्रममा स्वागत गर्दै गाउपालिकाकी न्यायिक समितिका सदस्य समेत रहेकी कार्यपालिका सदस्य अनामिका हरिजनले सबै अपाँगहरुलाई कानुनले समान अधिकार प्रदान गरेको बताएकी थिईन् । समाजका अपाँगको पनि अन्य ब्यतिm सरह नै सबै अधिकार भएको र थप केही विशेषाधिकार पनि कानुनले प्रदान गरेको हुदा बेलामै सबैले अपाँगता परिचयपत्र बनाउनु पर्ने आग्रह गरेकी थिईन् । सो अपाँगता परिचय पत्रले राज्यद्धारा प्रदान गरिने सेवा सुविधा लिन समेत उनले अनुरोध गरेकी थिईन् ।गाउपालिकाले केही न्युनतम सुविधा दिदै आएको छ, उनले भने, तर गाउपालिकाले बनाईदिइने अ...
किसोरकिसोरी मैत्री स्वास्थ्य सेवा विस्तार गर्दै रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

किसोरकिसोरी मैत्री स्वास्थ्य सेवा विस्तार गर्दै रामग्राम नगरपालिका

नवलपरासी,१८ मंसिरजिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका थप उनवछ स्वास्थ्यचौकीमा सेवा विस्तार गरेको छ । सोमवार रामग्राम ७ उजैनी स्थित उतm स्वास्थ्य चौकीको नवनिर्मित भवनको उदघाटसँगै किसोरकिसोरी मैत्री सेवा प्रवाह गर्ने घोषणा गरिएको हो ।नगरप्रमख धनपत यादवले स्वास्थ्यचौकी भवनको उदघाटसँगै किसोरकिसोरी मैत्री सेवा प्रवाहको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको थिए । उनवछ स्वास्थ्य चौकी भगवान गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर भित्रै रहेको र सो स्तुप क्षेत्रको भ्रमण गर्न आउने नगरपालिका बाहेकका पनि किसोरकिसोरी आउने गर्छन् । पर्यटकिय क्षेत्रलाई लक्षित गरि पनि सो सेवा विस्तार गरिएको स्वास्थ्यचौकी इन्चार्ज बलिराम कोईरीले बताएका थिए । यो भन्दा अगाडी गत बर्ष देखी दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको थियो । किशोरकिशोरी मैत्री सेवाका लागि ...
स्थानिय तहका पशु प्राविधिकसँग पशुसेवा विज्ञ केन्द्रले गर्यो अन्तरक्रिया गोष्ठि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

स्थानिय तहका पशु प्राविधिकसँग पशुसेवा विज्ञ केन्द्रले गर्यो अन्तरक्रिया गोष्ठि

नवलपरासी,१८ मंसिरभेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले जिल्लाका सात वटै स्थानिय तहमा रहेका पशु प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । पशुपालक किसानका समस्या तथा सरकारी स्तरबाट दिदै आएको सेवाबारे स्थानिय तहका पशु पंक्षि विकास शाखाका प्राविधिकहरुलाई अस्पताल परिसरमै डाकेर गोष्ठिको आयोजना गरेको हो ।जिल्लाका पशुपालक किसानलाई प्रोत्साहित गर्नमा पशु सेवा प्राविधिकहरुको ठूलो योगदान रहेको बताउदै उनीहरुलाई निरन्तर सेवामा लागि रहन कार्यालय प्रमुख श्रवण कुमार चौधरीले बताएका थिए । कुनै पनि मुलुकको मेरुदण्ड अर्थतन्त्र भएको र नेपालमा कृषि र पशुपालन नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै सरकारी सेवामा लागेका पशु सेवा प्राविधिकहरु आफ्नो कार्यक्षेत्रमा लगतसिल भएर लाग्न आग्रह गरेका थिए । मानिसको स्वास्थ्य प्रति मानिस सचेत हुन्छन्,आफ्ना औषधी उपचार गराई हाल्छन्,उनले भने,तर पशु पंक्षीहरु मासिन जस्त...
पाल्पा सिमेन्टले गरेको बन अतिक्रमण प्रति सरोकारवाला मौन
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

पाल्पा सिमेन्टले गरेको बन अतिक्रमण प्रति सरोकारवाला मौन

नवलपरासी, १८ मंसिरजिल्ला स्थित सरकारी बन क्षेत्र अतिक्रम्ण गरि उद्योगले सडक बनाए पनि सरोकारवाला कार्यालयले अतिक्रमण नियन्त्रणमा चाँसो नदेखाएको आरोप स्थानियले लगाएका छन् । जिल्लाको सुनवल नगरपालिका ७ स्थित लोकेश्वर सामुदायिक बन क्षेत्र भित्र पाल्पा सिमेन्ट मिलले बनको जग्गा अतिक्रमण गरि सडक बनाएको भए पनि अतिक्रमण खाली गराउनमा डिभिजन बन कार्यालयले चाँसो नलिएको आरोप सामुदायिक बनले लगाएको हो ।पाल्पा सिमेन्ट उद्योगले गरेको अतिक्रम्ण प्रति सरोकारवाला मौन देखिएको आरोप स्थानियबासीको रहेको छ । उद्योगले पुर्व पश्चिम राजमार्गको कजरार खोला पुल नजिकैबाट बन क्षेत्र अतिक्रम्ण गरि खोला मिचेर एकतर्फि उद्योगका समाग्रि ढुवानी गर्न सडक बनाएको छ । कुल ३ किलोमिटर सडकमा झण्डै एक किलोमिटर सडक बन क्षेत्र रहेको छ । बाकी खोलाको किनारै किनार उद्योग परिसरसम्म सडक पुर्याएको छ । उतm सडकमा चुनढुगाँ ढुवानी गर्नका लागि ग्राभ...
स्वास्थ्य बीमा कार्यक्रम प्रति जनताको आकर्षण घटदो
समाचार, स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रम प्रति जनताको आकर्षण घटदो

नवलपरासी,१४ मंसिरसबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यले सरकारद्धारा लागु गरिएको स्वास्थ्य विमा कार्यक्रम निष्प्रभावि बन्दै गएको स्थानियले बताएका छन् । नागरिकहरुलाई स्वास्थ्य विमा प्रति प्रोत्साहित गर्नु भन्दा निरुत्साही बनाउने चिकित्सक,स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाहरुको रवैयाले सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रति आपेक्षित नागरिकहरुको आकर्षण बढन नसकेको हो ।सरकारले नागरिकलाई सुलभ र सस्तो तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको भए पनि बीमा कार्यक्रमलाई विधिसम्मत जिम्मेवारीपुर्ण तरिकाले काम हुन नसक्दा बीमा कार्यक्रम प्रति नै आकर्षण घट्दो अवस्था देखिएको छ । समाजिक स्वास्थ्य बीमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चितत गर्ने उदेश्यले नेपाल सरकारले आर्थिक बर्ष २०७२÷०७३ साल देखी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थ...