विधा

मत्स्य उत्पादक संघ नवलपरासीद्धारा मत्यस्य निर्देशक चौधरीको विदाई
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मत्स्य उत्पादक संघ नवलपरासीद्धारा मत्यस्य निर्देशक चौधरीको विदाई

नवलपरासी,३०साउनमत्स्य उत्पादक संघले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख समेत रहेका मत्यस्य निर्देशक श्रवण कुमार चौधरीलाई विदाई गरेको छ । मत्स्य निर्देशक चौधरीलाई लुम्बिनी प्रदेश सरकारले पशु पंक्षि तथा मत्यस्य विकास निर्देशनालय बुटवल सरुवा गरे पछि शुक्रवार उनी नवलपरासीबाट विदाईको क्रममा संघले पनि मायाको चिनो सहित विदाई गरेको हो ।चौधरी विज्ञ केन्द्रको प्रमुख हुदा देखी नै जिल्लामा माछा किसानलाई आवश्यक सेवा प्रवाह,परामर्श र उत्पे्रेरित गर्दै आएको विदाई कार्यक्रममा संघका अध्यक्ष भवनाीशंकर यादवले बताएका थिए । अहिले निर्देशक चौधरीको जिल्लाबाट विदाई भई निर्देशनालय जादा पनि आफुहरु खुशी नै भएको र अझै नवलपरासीका मत्स्य कृषक प्रति उनले सकारात्मक सोचका साथ सहयोग गर्ने आपेक्षा पनि राखेका थिए । जिल्लामा मत्स्य कृषकको संख्या बढदै गएको आधुनकि प्रविधि सहितको माछापालनमा कृषकहरु उत्सा...
वायु प्रदुषण नियन्त्रणमा साझा अवधारणा बनाउन सुस्तामा संवाद
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

वायु प्रदुषण नियन्त्रणमा साझा अवधारणा बनाउन सुस्तामा संवाद

नवलपरासी,२९ साउनजलवायु परिवर्तनका कारक पहिचान गरि जलवायु अनुकुलनका कार्यमा सबैको सहकार्य हुन आवश्यक रहेको सुस्ता १ नवडिहवामा सरोकारवाला सस्थाका प्रतिनिधिले बताएका छन् । नेपाल रेडक्रम सोसाईटी,परासी प्रेस क्लब र सुस्ता गाउपालिकाको सँयुतm आयोजनामा भएको सँवाद कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।स्वच्छ सुस्ता,स्वस्थ्य सुस्ता,वायु प्रदुषण हामा्रे साझा दायित्व विषयक संवाद कार्यक्रममा वतmाहरुले जलवायु परिवर्तनले थुप्रै चुनौतीहरु थप्दै गएको औल्याएका थिए । सुस्तामा वायु जल प्रदुषणको प्रभाव धेरै रहेको हुदा यसलाई सबै मिलेर कार्ययोजना बनाई काम गर्नु पर्ने भनाई वतmाहरुको थियो । वायु प्रदुषणमा उद्योग कलकारखाना मात्रै नभई सर्वसाधारण किसानलाई पनि कुरा बुझाउन नसक्दा अज्ञानताले पनि प्रदुषण बढने गरेको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका थिए । प्रदुषण हुन नदिइनु र त्यसको कारक तत्व पहिचान गरि...
एसएसबीसँग सुस्तामा विवाद हुदा चौध जना सुस्ताबासी माथि भारतीय पक्षले मुद्दा चलायो, त्रासमा सुस्ताबासी
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एसएसबीसँग सुस्तामा विवाद हुदा चौध जना सुस्ताबासी माथि भारतीय पक्षले मुद्दा चलायो, त्रासमा सुस्ताबासी

नवलपरासी,२७ साउनपटक पटक भारतिय अतिक्रमणको चपेटामा पर्दै आएको नेपाली भुमिको सुरक्षार्थ सुस्ताबासी माथि भारतिय सिमा सुरक्षा बल एसएसबीले मुद्दा दायर गरे पछि सुस्ताबासी त्रसित बनेका छन् । एसएसबीसँग समान्य विवाद हुदा एसएसबी माथि आक्रमण भएको भन्दै १४ जना सुस्ताबासी माथि भारत विहार प्रदेशको पश्चिम चम्पारन जिल्ला अदालत बगहामा मुद्दा दायर भए पछि सुस्ताबासी त्रसित बनेका हुन् ।आफ्र्नै खेत जोतिरहेको बेला भारतिय एसएसबीका जवानहरु आएर रोक्न थाले पछि गत फरवरी २४ तारिख २०२५ मा विवाद भएको थियो । भनाभन हुदै जादा सुस्ताबासी जम्मा भए पछि एसएसबी आफै भागेका थिए । प्रतिसोध स्वरुप उनीहरुले जम्मा भएका सुस्ताबासीको तस्विरको आधारमा नाम ठेगाना पत्ता लगाई उनीहरुले बाल्मिकी नगर थानामा एफआईआर दर्ता गराएको जानकारी पछि मात्र थाहा पाएको स्थानिय आमद खानले बताए । उनका अनुसार स्थानिय रँजन लोनियाले परापुर्व कालदेखी नै जोतभोग गर...
किसानलाई अभाव भए पछि मल माग्न सरोकारवाला कार्यालय धाउदै जनप्रतिनिधि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

किसानलाई अभाव भए पछि मल माग्न सरोकारवाला कार्यालय धाउदै जनप्रतिनिधि

नवलपरासी,२७ साउनजिल्लामा मलखाद्यको थप कोटा अनुसारको माल माग्दै जनप्रतिनिधि सरोकारवाला कार्यालय धाउन थालेका छन् । मंगलवार थप माग गर्दै लुम्बिनी प्रदेश सरकारका प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवार सहित रामग्रँमका ४ जना वार्डअध्यक्षहरु भैरहवा स्थित कृषि समाग्रि कम्पनी र साल्ट टेडिगँको कार्यालय धाउन थालेका हुन् ।थोरै मलले पुर्याउन समस्या भएको भन्दै गत साता उनीहरु लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण अचार्य,कृषि मन्त्री,सिचाई मन्त्री सहितलाई भेटेर नवलपरासीमा मल कोटा बढाउन ज्ञापनपत्र बुझाएका थिए । सो बेला मल थपेर पठाउन लगाउने आश्वासन पाएको ति जनप्रतिनिधिहरु अहिले मल आपुर्ति गर्ने कृषि समाग्रि कम्पनीको कार्यालय र साल्ट टेगिँडको कार्यालय गएको सुनाएका थिए । मुख्यमन्त्रीले दिएको आश्वासन अनुसार मल थप भएर आएको प्रदेश साँसद कलवारले बताए । ति मल छिट्टै परासी स्थित गोदाममा पुग्ने समेत उन...
स्थानिय तह र सरकारी कार्यालयले बेलामा समिक्षा नसकाउदा जिल्ला सभा गर्न ढिलाई
नवलपरासी (ब.सु.प.), राजनीति

स्थानिय तह र सरकारी कार्यालयले बेलामा समिक्षा नसकाउदा जिल्ला सभा गर्न ढिलाई

नवलपरासी,२६ साउनजिल्लाका सरकारी कार्यालय र सात वटा स्थानिय तहले समिक्षा कार्यमा ढिलाई गर्दा जिल्ला सभा गर्न ढिलाई भएको जिल्ला समन्वय समिति(जिसस) ले जनाएको छ । आफ्ना कार्यालय स्तरबाट अघिल्लो आर्थिक बर्ष २०८१।०८२ को प्रगति समिक्षा गरेर नसकाउदा जिल्ला सभा गर्न नसकिएको जिससले जनाएको हो ।जिससले जिल्ला भरिको कार्यप्रगति विवरण जिल्ला स्तरमा प्रस्तुत गरि जिल्ला स्तरिय समिक्षा गर्ने र तत्पश्चात जिल्ला सभा कार्य सम्पन्न गर्दै आएको थियो । तर अहिले साउन महिना सकिन लाग्दा पनि सरकारी कार्यालय र पालिकाले समिक्षा गर्नमा ढिलाई हुदा जिल्ला सभा पनि ढिलाई भएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । पालिका र सरकारी कार्यालयको सबैको समिक्षा गरेर जिसस पठाए पछि जिल्ला स्तरिय समिक्षा कार्य हुन्थ्यो, उनले भने, यता सात वटा स्थानिय तह मध्ये एउटा सरावल गाउपालिकाले मात्र समिक्षा सकेको जानकारी गराएको छ ।अन्य पालिका र का...
विद्युत आयोजना कार्यको अवरोध नहट्दा उद्योग र सर्व साधारण ग्राहकका १७ करोड बढि नोक्सानी
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

विद्युत आयोजना कार्यको अवरोध नहट्दा उद्योग र सर्व साधारण ग्राहकका १७ करोड बढि नोक्सानी

नवलपरासी,२६ साउनविद्युत आपुर्ति सहज बनाउन जिल्लामा निर्माणाधिन ३२ केभिए प्रसारणलाईन आयोजनामा केही स्वार्थ समुहले अवरोध गराउदा अहिले उद्योग र ग्राहकलाई करोडौको नोक्सानी ब्यहोर्न परेको छ । जिल्ला स्थित रामग्राम र आसपासका औद्योगिक क्षेत्र तथा परासी क्षेत्रका विद्युत ग्राहकलाई पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्ने आयोजनामा अवरोध भएर ढिलाई हुदा उद्योग र साधारण ग्राहकले १७ करोड बढि नोक्सानी ब्यहोर्न परेको हो ।राष्ट्रिय प्रसारणलाई सुनवल सब स्टेसनबाट परासी सब स्टेसनमा ल्याउने गरि कन्ट्रक्सन वर्क अफ ३२ केभिए डबल सर्किट फ्राम सुनवल सब स्टेसन टु शान्तिचौर नामक आयोजना २०७८ चैत्र २२ गते सम्झौता भई निर्माणधिन रहेको छ । उतm अयोजनाको काम २०८२ असार २२ गते नै सम्पन्न हुनु पर्ने हो,तर केही स्वार्थ समुहको उक्साहटमा सुनवल ८ मा अवरोध गरिएको छ । सो अवरोधले म्याद भित्रै सम्पन्न हुने कार्य अहिलेसम्म रोकिएको...
गोदाममा मलको भण्डार छ,किसानको हात खाली
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

गोदाममा मलको भण्डार छ,किसानको हात खाली

नवलपरासी,२५ साउनजिल्ला भित्रै कृषि समाग्रि कम्पनीको गोदाममा युरिया मलले गोदाम भरि भराउ भए पनि किसानले मल पाउन नसकेको गुनासो गरिरहेका छन् । जनप्रतिनिधिको जालोमा मल वितरण प्रकृया परे पछि अहिले ‘गोदाममा मल हुने, किसानको हात खाली पर्ने’ गरेको किसानले आरोप लगाउन थालेका हुन् ।निर्णय प्रकृयामा समस्याले मल भए पनि वितरण प्रणाली कमजोर देखिएको कृषि समाग्रि कम्पनीको परासी कार्यालय प्रमुख तारा प्रसाद खनालले जानकारी गराए । उनका अनुसार मल वितरण भई सके पछि सम्बन्धित प्रदेश,जिल्ला,पालिका र वितरण गर्ने संस्थाको कोटामा परेका मल पुर्न वितरणका लागि ४ महिना कुर्नु पर्ने बाध्यता छ । कोटा छुट्टयाइएका मल सम्बन्धित सस्थाले नलगे पनि उतm मल अन्य सस्था,पालिका वा जिल्लाको कोटा सच्याउन वा अन्यलाई पुर्नवितरणका लागि लामो अवधीसम्म भण्डारण गरेर राख्नु पर्ने अवस्था छ । यो अवस्था नसच्चिएसम्म समस्या रहिरहने छ, कार्यालय ...
पानी परेर जिल्लाका किसानले खडेरीबाट राहत पाए,तर सरकारबाट युरिया मल पाएनन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पानी परेर जिल्लाका किसानले खडेरीबाट राहत पाए,तर सरकारबाट युरिया मल पाएनन

नवलपरासी, २२ साउनपानी नपरेर खडेरीको मार झेल्दै आएका जिल्लाका पानी परे पश्चात राहत महशुस गरे पनि युरिया मलको अभाव झेल्न परेको बताएका छन् । प्रकृतिले पानी पारेर किसानलाई राहत पुर्याए पनि युरिया सरकारले पुर्याउन नसकेर किसान मारमा परेको सुनाएका हुन् ।पानी परेसँगै युरिया मलको ब्यवस्थापन सरकारले गरिदिए राम्ररै धान उत्पादन हुने रामग्राम ५ का कृषक नरेश जैसवालले बताए । प्रकृतिले किसानलाई पानी परेर राहत दियो, उनले भने,पानी परे पछि टफ ड्रेसिगँ(युरिया छर्ने) गर्ने बेला हो,तर युरिया मल पाउनै मुस्किल भएको छ । आरोही सिड्स कम्पनी मार्फत उन्नत धानको विउँ उत्पादन गर्दै आएका जैसवालले साधारण खाद्य प्रयोजनको धान भन्दा संतुलित मलखाद्यको आपुर्ति विउँ बिजनमा हुनु पर्ने भए पनि युरिया अभावले संन्तुलित मलखाँद पुर्याउन समस्या देखिएको बताए । यसका लागि सरकारले पहल गर्नु पर्छ, समान्य खाद्यका धानबाली भन्दा विउँका लागि भए...
शैक्षिक क्षेत्रमा निजी विद्यालयको योगदान सराहनिय ः सुनवल नगरपालिकाकी मेयर अर्याल
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

शैक्षिक क्षेत्रमा निजी विद्यालयको योगदान सराहनिय ः सुनवल नगरपालिकाकी मेयर अर्याल

नवलपरासी,२२ साउनजिल्लाको सुनवल नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले शैक्षिक क्षेत्रमा निजी विद्यालयहरुको योगदान सराहनिय रहेको बताएकी छिन् । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल(जिसन) नवलपरासीको २३ औं स्थापना दिवसका अवसरमा बिहीबार सुनवलको रिवर्न रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।अन्तराष्ट्रिय बजारमा नेपाली विद्यार्थी पुगेर अँग्रेजी माध्यमबाट प्रतिस्पर्धा गर्न सक्ने र आफ्ना ज्ञान र सिपको प्रयोग गरि काम गर्न सक्ने अवस्थामा निजी विद्यालयको योगदान सराहनिय रहेको बताउदै अब निजी विद्यालयले सिपमुलक,दक्ष र कार्यमुलक शिक्षा योजना ल्याउनु पर्ने औल्याएकी थिईन् । अब अँग्रेजी भाषामा शिक्षा दिईने कार्य सामुदायिक विद्यालयहरुले समेत गर्न थालेका छन् । निजी विद्यालयहरुले अब अग्रेजी भाषाको शिक्षा देखाएर सञ्चालनमा चुनौती थपिदै गएका छन् । अब निजी विद्यालयले आफ्ना अस्तित्व जोगाउनलाई स...
नवलपरासीका पशुमा लम्पी स्किन रोगको संक्रमण बढदै,किसान चिन्तित
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीका पशुमा लम्पी स्किन रोगको संक्रमण बढदै,किसान चिन्तित

नवलपरासी,२२साउनविगत दुई बर्ष पहिला लुम्बिनी प्रदेशमा लम्पी स्किन रोग महामारीको रुपमा देखिदा कम प्रभावित रहेको नवलपरासीमा अहिले पुनःलम्पी स्किन रोग देखा परेका छन् । सरोकारवाला निकायले बेलामै पशु स्याहार,खोप उपचारको काममा लापर्वाही गर्दा अहिले जिल्लामा लम्पी स्किनको रोग पशुमा वृद्धि हुदै गएको हो ।हरेक दिन लम्पी स्किनका विरामी पशु भेटेनरी अस्पतालमा आउने गरेको र गाँउ गाँउबाट पनि सुचना आई रहेको हुदा लम्पी स्किन लागेका पशुको संख्या दिन प्रति दिन बढदै गएको देखिएको हो । जिल्लामा लम्पी स्किन रोग बेलामै अभियानमुखी उपचार र खोप कार्यक्रम सञ्चालन नगरिए महामारीको रुपमा लिन सक्ने पशु चिकित्सकले बताए । जिल्लामै अवस्थित पशु रोग अन्वेषण प्रयोगशाला परासीले पशुको नुमना संकलन गरि परिक्षण गर्दा सुनवल,वर्दघाट र रामग्रामका १४ वटा पशुमा लम्पी स्किन रोग पोजेटिभ देखिएको भनि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...