विधा

डेढ महिना देखी कृषि ज्ञान केन्द्र प्रमुख विहिन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

डेढ महिना देखी कृषि ज्ञान केन्द्र प्रमुख विहिन

नवलपरासी,१८ पुसजिल्ला स्थित कृषि ज्ञान केन्द्रको बर्षेनी घट्दै आएको बजेटसँगै अहिले डेढ महिना देखी कार्यालय प्रमुख विहिन बनेको छ । लुम्बिनी प्रदेश सरकारले निरन्तर बजेट कटौती गर्दै जाने र अहिले कार्यालयमा प्राविधिक सहित कार्यालय सञ्चालनका लागि डेढ महिना देखी प्रमुख विहिन बनाउने कार्यले कृषि र कृषक प्रति अनुदार बन्दै गएको आरोप स्थानियले लगाउन थालेका हुन् ।मंसिर पहिलो साता देखी नै कार्यालय प्रमुख विहिन बनेको छ । कार्यालयका कुनै कर्मचारीलाई कायमुकायम बनाई आर्थिक सहितको अधिकार पनि मन्त्रालयले प्रदान गरेको छैन् । कृषकको अभिभावकिय भुमिका गर्ने ज्ञान केन्द्रमा प्रमुख नहुदा केन्द्र आफै अभिभावक विहिन देखिएको छ । कृषकको सेवा तँ परै जाओस,कार्यालयका कनिष्ट कर्मचारीहरुले दुई महिना देखी तलब सुविधा पनि पाउन सकेका छैनन् । खिचडी मनाउने बेला आई सक्यो,एक कर्मचारीले भने,अहिलेसम्म प्रमुख कोही आएका छैनन्,भएकै कर्...
उद्योगबाट खोला नालामा बगाउदै आएको प्रदुषित पानी थुन्ने स्थानिय युवाको चेतावनी
कृषि, समाचार, समाज

उद्योगबाट खोला नालामा बगाउदै आएको प्रदुषित पानी थुन्ने स्थानिय युवाको चेतावनी

नवलपरासी,१६ पुसजिल्ला स्थित उद्योगहरुले गर्दै आएको प्रदुषण नियन्त्रण र न्युनिकरण नभए उद्योगबाट खोलानालामा बगाईने प्रदुषित पानी थुन्ने चेतावनी स्थानिय युवाहरुले दिएका छन् । उद्योग स्थापना गर्ने तर उद्योगबाट निस्कने फोहर,प्रदुषित पानी स्थानिय कुलो,नाला,घोल र खोलामा बगाउने गरिएको हुदा ति कार्य रोक्नका लागि सम्बन्धित उद्योग र स्थानिय प्रशासन तथा स्थानिय सरकारलाई चेतावनी दिइएका हुन् ।उद्योग खोल्न पाउने अधिकार जो सुकैको भए पनि प्रदुषण बढाएर आम नागरिकको स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक कुण्डित गर्न नपाउने संबैधानिक अधिकार रहेकोले उतm चेतावनी दिइएको रामग्राम ४ का समाजसेवी युवा रामभवन यादवले बताए । उनका अनुसार जिल्लामा दर्जनौ उद्योग स्थापना भएका छन्,तर ति उद्योगहरुले उद्योग भित्रको प्रदुषित पानी प्रसोधन नै नगरि खोला नालामा बगाउदा बस्ति दुर्गन्धित हुने,कुलो खोलाको पानी पशुपंक्षीले सेवन गर्दा वि...
अख्तियारी पाएको १० महिना पुग्न लाग्यो,तर उबासंघको मेलमिलाप केन्द्र सञ्चालनमा आएन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

अख्तियारी पाएको १० महिना पुग्न लाग्यो,तर उबासंघको मेलमिलाप केन्द्र सञ्चालनमा आएन

नवलपरासी,१५ पुसउद्योग ब्यवसायीको समस्या समाधान गर्नका लागि सर्वोच्च अदालतले मेल मिलापको माध्यम केन्द्र खोल्ने जिम्मेवारी उद्योग बाणिज्य संघलाई प्रदान गरे पनि संघले हालसम्म सञ्चालनमा ल्याउन सकेको छैन् । बाणिज्य तथा बैकिँग प्रकृतिका मुद्दाहरु मेलमिलापको माध्यमले समाधान गर्न मेलमिलाप समिति गठन गरेको भए पनि हालसम्म केन्द्र सञ्चालनमा आउन नसक्नु दुखद पक्ष भएको संघका पुर्व बाणिज्य उपाध्याक्ष राधेश्याम अग्रहरीले बताएका हुन् ।सर्वोच्च अदालतमा रहेको मेलमिलाप परिसदले बैँक तथा बाणिज्यसँग सम्बन्धित उद्योगी ब्यवसायीको मुद्दा सिधै अदालत तथा न्यायिक निकायमा जानु पुर्व संघले मेलमिलाप केन्द्र मार्फत मिलाईदियो भने ब्यवसायीलाई पनि राहत हुने र अदालतमा पनि मुद्दाको संख्या घट्ने आसयले अख्तियारी प्रदान गरेको थियो । अख्तियारी आएकै दश महिना पुग्न लाग्यो,तर संघका पदाधिकारीहरुले मेलमिलाप केन्द्र सञ्चालनमा असक्षमता दे...
च्याउ उद्योगमा भविष्य खोज्दै रामग्रामका युवाहरु तेश्रो च्याउ उद्योग निर्माणमा
कृषि, रामग्राम नगरपालिका, समाचार

च्याउ उद्योगमा भविष्य खोज्दै रामग्रामका युवाहरु तेश्रो च्याउ उद्योग निर्माणमा

नवलपरासी, १५ पुुसदेश भरि पुस १५ गते च्याउ दिवस मनाईदै छ, यता दुई वटा उद्योग सञ्चालन भई तेश्रो च्याउ उद्योग खोल्ने तयारीमा जुटेका छन्,स्थानिय युवा कमल कशौधन । च्याउ उत्पादकलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उदेश्यले नेपाल सरकारले २०८२ सालको पुस १५ च्याउ दिवस मनाउने निर्णय पश्चात पहिलो च्याउ दिवस मनाउन शुभारम्भको दिन शुभकामना दिदै कशौधनले आफ्नै प्रयासमा अहिले जिल्लामा तेश्रो ठूलो च्याउ उद्योग निर्माणमा लागेको बताए ।च्याउमै युवाले भविष्य खोज्न सक्ने दाबी गर्दै उनले तिन बर्ष पहिला आफुले स्थानिय युवालाई जोडेर रामग्राम १२ कुनुवारमा माँ पाल्ही कृषि फर्म प्रालिको च्याउ उद्योग स्थापना गरि सञ्चालनमा ल्याइयो,तर पछि आफु त्यसबाट निस्केर दोश्रो.च्याउ उद्योग खोल्न थप युवाहरुलाई जोडेर रामग्राम ६ पोखरापालीमा जौरहरी माई कृषि फर्म प्रालि दर्ता गराई गत बैशाख देखी च्याउ उद्योग सञ्चालनमा ल्याएको सुनाए । अहिले उन...
खोप लगाउने अवस्था सुधारोन्मुख तर खोप नोक्सान अवस्था बढदै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

खोप लगाउने अवस्था सुधारोन्मुख तर खोप नोक्सान अवस्था बढदै

नवलपरासी,१४ पुसजिल्लामा खोपको अवस्था सुधारोन्मुख हुदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनप्रतिनिधि तथा सरोकारावालालाई जानकारी गराएको छ । परासीमा आयोजित नियमित खोप सुदृढिकरणका लागि निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालासँगको पैरवी कार्यक्रममा सो जानकारी गराइएको हो ।खोपको पृष्टभुमि र जनस्वास्वास्थ्यमा खोपको भुमिकाबारे जानकारी गराउदै स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले राणाकालकै राणाशासनका संस्थापक जंगबहादुर राणाको पाला देखी नै नेपालमा खोप लगाउने कार्य प्रवेश गरेको बताए । त्यसको निरन्तरता अहिले कायम रहेको छ । समय अनुसार नै खोपको संख्या पनि बढदै गएको छ । खोपकै कारण खोप शुरु हुनु अगावै नेपालीको सरदर आयु ३५ बर्ष मात्र भएको तर अहिले सरदर आयु वृद्धि भई ७१ बर्ष बढि भएको पुष्टि भई सकेको छ । खोपले मृत्यु दरलाई घटाउदै,रोग विरुद्ध लड्ने क्षमता बढाउदा अकालमा ज्यान गुमाउने संख्या न्युन हुदै जादा...
महेशपुर भन्सारको मंसिर महिनामा राजस्व लक्ष्य भन्दा बढि
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

महेशपुर भन्सारको मंसिर महिनामा राजस्व लक्ष्य भन्दा बढि

नवलपरासी,१४ पुस  चार महिनासम्म निरन्तर ओरालो तर्फ जादै गरेको जिल्ला स्थित महेशपुर भन्सारमा राजस्व उठ्ने क्रममा वृद्धि भएर उकालो तर्फ देखिएको छ । चार महिनासम्म तोकिएको लक्ष्य भेटाउन नसक्ने भन्सारले पछिल्लो मंसिर महिनामा लक्ष्यको १ सय २४ प्रतिसत राजस्व उठाउन सफल देखिएको हो ।गत बर्ष लक्ष्यसम्म भेटाउदै राजस्व उठाउदै आएको महेशपुर भन्सारलाई साउन महिना देखी नै लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल हुदै आएको थियो । चार महिनासम्म लक्ष्य अनुसारको राजस्व उठाउन नसक्दा भन्सार कार्यालय र शुरक्षा निकाय दुबै माथि प्रश्न उठ्न थाले पछि अहिले भन्सार कर्मचारी र शुरक्षा निकाय चोरी तस्करी नियन्त्रण नियमन तर्फ लाग्न थाले पश्चात भन्सार राजस्वले गति लिएको भन्सारका कर्मचारीले बताएका छन् । कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक बर्ष २०८२।०८३ को कार्तिक मंसिर महिनाको लक्ष्य रु.१ करोड ४७ लाख ९७ हजार रहेकोमा राजस्व संकलन...
धराप बन्दै बेलासपुर चोकको गण्डक नहर पुल
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

धराप बन्दै बेलासपुर चोकको गण्डक नहर पुल

नवलपरासी,१४ पुस– पाल्हीनन्दन गाउपालिकाको सदरमुकाम समेत रहेको बेलासपुर स्थित गण्डक नहरको जिर्ण पुलमा दर्जनले ज्यान गुमाएका छन् । महेशपुर मुल भन्सार जोड्ने सुनवल परासी महेशपुर सडकको विस्तार हुदै गर्दा पुलको चौडाई बनाउनेतर्फ कार्य नहुदा आधा दर्जन ज्यान गुमाएको देखेको तयुस खाँले बताए ।आफुले पालिकामा र यस क्षेत्रमा आउने प्रदेश सांसद,संयिघ साँसदलाई समेत यसबारे अवगत गराएको हो, बेलासपुर बजार ब्यवस्थान समितिका संयोजक समेत बताउने उनले भने । गत मंसिरमा समेत पुल नजिकै एक बालकले दुर्घटनामा परि ज्यान गुमाए । दर्जर्नौ घाईते समेत भई रहेका छन्,उनले भने, तर दुर्घटनाका कारणको खोजी भने भई रहेको छैन् । कारण खोज्ने र निवारणका उपाय अपनाउने कार्य सरकारी निकायबाट नभएको उनको आरोप छ ।दुई दुई पटक पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक) निर्वाचित भएका छन् । प्रदेश साँसद बैजनाथ जैसवाल समेत दोश्रो पटक निर्वाचित भई बहाल ...
थारुको परिकारको रुपमा चिनिने घोँघी अहिले खुल्ला बजारमा
नवलपरासी (ब.सु.प.), समाचार, समाज

थारुको परिकारको रुपमा चिनिने घोँघी अहिले खुल्ला बजारमा

नवलपरासी,१२ पुसथारु समुदायको लोकप्रिय परिकार माध्ये घोँघी अहिले खुल्ला रुपमै विक्रि वितरण हुन थालेको छ । थारु मात्रै नभई अन्य समुदायले चाँसो लिई उतm घोँघी खान थालेका कारण बजार र चोक चोकमा विक्रि वितरण हुन थालेका हुन् ।माछा जस्तै घोँघीले पनि अब बजार पाउन थालेको छ । जस्ले गर्दा माछापालक किसानहरु घोँघी पनि संकलन गरि विक्रि वितरण तर्फ आकर्षित हुन थालेको पाल्हीनन्दन गाउपालिका १ महेशपुर चोकमा घोँघी बेच्दै गरेका एक किसानले सुनाए । पोखरीमा पहिला घोँघी त्यसै छाडिदिन्थ्यौ,तर अहिले यसको माग बढदो छ । त्यही भएर पोखरी तथा अन्य जलासयबाट पनि संकलन गरि तरकारीसँगै बेच्दै गरेको देखाए । प्रति केजी १ सय ५० रुपिया देखी १ सय २० रुपियासम्म आफुले विक्रि गर्दै आएको सुनाए । पहिला थारु समुदायका महिलाहरु जलासयहरुमा घोँघी सित्तैमा संकलन गरेर लैजाने गरेका थिए । तर पछिल्लो समय बजारमा पाइए किनेर नै मान्छे लैजान खोजे पछि स...
लिटिल गण्डक ड्रेन सफाईका लागि ७ दिने सुचना
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

लिटिल गण्डक ड्रेन सफाईका लागि ७ दिने सुचना

नवलपरासी,१२ पुुसजिल्ला स्थित सरावल र प्रतापपुर गाउपालिकाका दर्जनौ गाँउ डुबानको कारक बन्ने लिटिल गण्डक सफाई गर्न नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयले अग्रसरता देखाएको छ । जल निकास ब्यवस्थापनमा योगदान पुर्याउने लिटिल गण्डक नामक घोल(ड्रेन) अतिक्रमण हुदै र पुरिदै जादा सो क्षेत्रमा डुबान हुने कारक बनेको स्थानियले विगत बर्षबाट गुनासो गर्दै आएको र त्यसलाई सम्बोधन हुने गरि सफाई कार्यक्रम हुन लागेको हो ।ब्यवस्थापन कार्यालयद्धारा लिटिल गण्डक ड्रेन अतिक्रमण गरि बनाइएको विभिन्न घर टहरा, तथा अन्य संरचनाहरु ७ दिन भित्र खाली गर्न गराउनका लागि सरावल र प्रतापपुर गाउपालिकालाई आग्रह गर्दै सार्वजनिक सुचना समेत जारी गरिएको छ । २०८२ पुस ९ गते नै सार्वजनिक रुपमा सुचना जारी गरिएको छ, प्रतापपुर ३ का स्थानिय समाजसेवी निवास यादवले भने, यो सुचना स्वागत योग्य छ । पालिका र स्थानियले अतिक्रमित संर...
जिसस पुर्व उप प्रमुख चुरिहार आफ्नै तेल मिलमा तेल पेल्न ब्यस्त
समाचार, समाज, सरावल गाउँपालिका

जिसस पुर्व उप प्रमुख चुरिहार आफ्नै तेल मिलमा तेल पेल्न ब्यस्त

नवलपरासी,१२ पुुसअघिल्लो कार्यकालमा जिल्ला समन्वय समिति(जिसस)का उपप्रमुख भई राजनैतिक कार्यमा सक्रिय पुर्व उपप्रमुख अब्दुल रहमान चुरिहार अहिले आफ्नै उद्यम ब्यवसायमा ब्यस्त देखिएका छन् । सरावल ७ बुडन्वापुर धनेवाखोला नजिकै तेल मिलको स्थापना गरि तेल पेल्नमा उनी ब्यस्त देखिन्छ । राजनीति कार्यबाट निस्कृय बन्दै चुरिहार अहिले घरायसी ब्यवहारका लागि आफु ब्यसायलाई नै प्राथमिकतामा राखेको बताउदै आफ्नै कार्यमा ब्यस्त रहेको सुनाए ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरावल गाउपालिकामा २०७४ सालको स्थानिय चुनावमा वार्ड सदस्यमा निर्वाचित भई चुरिहार नेपाली काँग्रेससँग तालमेल गरि जिससको उपप्रमुख बनेका थिए । पछि सो पार्टीका अध्यक्ष विजय कुमार गच्छेदार नै नेपाली काँग्रेसमा पार्टीलाई एकिकरण गरिदिए पनि चुरिहार पनि काँग्रेसमै प्रवेश गरेका थिए । तर काँग्रेसमा प्रवेश गरे पनि काँग्रेसमै रहेका पुराना नेता कार्यकर्ताहरु ...