सरावल गाउपालिकाद्धारा अपाँगलाई शित भेटघाट कार्यक्रम
नवलपरासी,२० पुसजिल्लाको सरावल गाउपालिका भित्रका जनप्रतिनिधि अहिले जाडो लक्षित विभिन्न समाजिक अभियानमा जुटेका छन् । गाउपालिका भित्रका अपाँग,विपन्न महिला,जेष्ठ नागरिकलाई लक्षित कार्यक्रम बनाई जनप्रतिनिधिहरुले राहतमुखी कार्याक्रममा जुटेको जनाएका हुन् ।सरावल गाउपालिकाका अध्यक्षहरु शितकालिन अपाँग राहत कार्यमा जुट्दै अपाँगहरुका घरदैलोमै पुगेर पोषणयुतm खानेकुरा वितरण गरेका छन् । समाजिक शुरक्षा कार्यक्रम अन्तरगत नै गाउपालिकाको समाजिक विकास शाखाद्धारा राहतमुखी कार्यक्रममा जुटेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । अपाँगहरुलाई सरकार हाम्रो हो,हाम्रो लागि हो,भनेर अनुभुति गराउनेका लागि पनि पालिका सरकारले विगतमा पनि धेरै राहत मुखी,शिपमुलक तथा आयमुलक कार्यक्रम गर्दै आएको थियो । अहिले शितकालिन अपाँग राहत कार्यक्रम नै बनाएर अपाँग खोज्दै राहत स्वरुप केही पोषणयुतm खानाका लागि अण्डा(फुल)च्वनप्रास लगायतका...










