प्रतापपुर वार्ड नं ४ का सामुदायिक विद्यालय पुर्ण निशुल्क घोषणा
नवलपरासी,४ पुुसजिल्लाको प्रतापपुर गाउपालिका वार्ड नं.४ ले वार्ड भित्रका सबै सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क बनाउने घोषणा गरिएको छ । आउने शैक्षिक सत्र देखी सामुदायिक विद्यालयका आधारभुत तहलाई पुर्ण निशुल्क बनाउने गरि गाउपालिकाले गर्दै आएको कार्यलाई सार्थक बनाउन विहिवार सो वार्डले औपचारिक कार्यक्रमको आयोजना गरि उतm वार्डका एक मदरसा सहित चार वटा सामुदायिक विद्यालयमा चन्दा,सहयोग लगायत कुनै पनि प्रकारका रकम नउठाउने घोषणा गरिएको हो ।उतm घोषणा गर्ने कार्य संधिानसभा सदस्य समेत रहेका लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवारले गरेका थिए । उनले घोषणासभामा बोल्दै वार्ड कार्यालयले यस्तो घोषणा कार्यले मुलुक भरिकै स्थानिय तहलाई नेपालको संविधान २०७२ र आधारभुत तह अनिवार्य र निशुल्क माध्यमिक तह शिक्षा सम्बन्धि ऐन २०७५ लाई कार्यान्वनमा ल्याएको उदाहरण प्रस्तुत भएका बताएका थिए । सोही क्षेत्रबाट...










