विकास पुर्वाधार

अलपत्र पुल निर्माण गर्न सरोकारावालाद्धारा सरकारको ध्यानाकर्षण
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

अलपत्र पुल निर्माण गर्न सरोकारावालाद्धारा सरकारको ध्यानाकर्षण

नवलपरासी,२० साउनजिल्लाको परासी — पण्डितपुर पर्यटन मागमा पर्ने तुरियाखोला पुल तिन बर्ष देखी अलपत्र पर्दा सरोकारवालाले पुल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मन्त्री आउने र पुल बनाई दिने आश्वासनमा सिमित बनेको उतmपुलको निर्माणमा ध्यान दिइनु पर्ने उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार लगायतको ध्यानाकर्षण गराए पछि प्रदेश सभा सदस्य कलवारले लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको ध्यानाकर्षण गराएका हुन् ।औपचारिक रुपमा नेता तथा मन्त्रीहरुले आश्वासन दिए पनि ठेकेदारको सामु ति नेता र मन्त्रीको केही नचल्ने गरेको आरोप स्थानियले लगाएका छन् । मन्त्री आउने हेर्ने र आश्वास दिदै्र फर्के,तर काम तिन बर्ष देखी अलपत्र नै रहेको संघका अध्यक्ष अग्रहरीले पुल देखाउदै भने,हेर्दै जाओ कहिले पुल बन्छ । सडक बन्यो,तर पुल...
महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्य ःसास्तै झेल्दै जनता,म्याद थपाउदै ठेकेदार
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्य ःसास्तै झेल्दै जनता,म्याद थपाउदै ठेकेदार

नवलपरासी,१० साउनजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्यको दोश्रो पटक म्याद थपिदा पनि काम सम्पन्न हुन सकेको छैन् । सोही सडकको अहिले फेरी मंसिर महिनासम्म म्याद थप गएिको भए पनि काममा ढिलाई भई रहेको हुदा थपिएको म्याद भित्रमा पनि काम सम्पन्न हुनेमा स्थानियले आशंका गर्न थालेका हुन् । शुरु सम्झौतमा निर्माण कम्पनीले म्याद सकिदासम्म २० प्रतिसत काम नभएको स्थानियले बताएका थिए । पछि दोश्रो पटक म्याद थप भयो,स्थानिय जितेन्द्र गुप्ताले भने,तर दोश्रो पटक म्याद थप्दा पनि ५० प्रतिसत पनि काम हुन सकेको छैन् । अहिले तेश्रो पटक म्याद थप भएको सुनिएको छ,म्याद थपाउदै काम लम्याउदै जादा स्थानियले धुलो हिलोमा हिड्न बाध्य भएको उनको भनाई थियो । सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उतm सडक निर्माणले गति नलिदा सडक वरिपरिका बजार ब्यवसायलाई समेत असर पार्दा स्थानिय मर्का...
पर्यटक लक्षित सार्वजनिक सौचालय बनेको दशक वित्यो सञ्चालनमा आएन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

पर्यटक लक्षित सार्वजनिक सौचालय बनेको दशक वित्यो सञ्चालनमा आएन

नवलपरासी,६ साउनपर्यटक लक्षित निर्माण गरिएको रामग्राम १२ कसिया स्थित झरहीखोला पुल नजिकको सार्वजनिक सौचालय दशक वित्दा पनि सञ्चालन आउन सकेको छैन् । नवलपरासी जिल्ला खुल्ला दिसामुतm जिल्ला घोषणा गर्नु पुर्व तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले कसिया सामुदायिक बन क्षेत्र भित्र यात्रु(पर्यटक)लाई लक्षित गरि सार्वजनिक सौचालयको निर्माण गदिएको भए पनि सरोकारवालाले चाँसो नलिईदा सञ्चालनमा आउन नसकेको हो ।चौविस लाख भन्दा बढि लगानी गरिएको चार वटा कम्बोर्ड र चार वटा प्यानल सौचालय महिला र पुरुष ब्लक गरि निर्माण गरिएको थियो । सौचालयको फोहोर नै प्रयोग हुने गरि बायोग्याँस प्लान्ट समेत जडान गर्ने लक्ष्य रहेको हुदा उतm सार्वजनिक सौचालयमा सेफ्टीट्याँकी छैन् । कि बायोग्याँस निर्माण प्लान्ट जडान गरिदिन पर्यो,कि सेफ्टीटयाँकी थप निर्माण गरि सञ्चालनमा ल्याउनु पर्ने स्थानियले माग समेत गर्दै आएका छन् । जिल्ला भ...
म्याद भित्रै हुलाकी राजमार्गको पुल बनाउने निर्माण ब्यसायी भुतmानी पाउन चार महिना प्रतिक्षा
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

म्याद भित्रै हुलाकी राजमार्गको पुल बनाउने निर्माण ब्यसायी भुतmानी पाउन चार महिना प्रतिक्षा

नवलपरासी,२९ असारबेलामै काम सकाउने जिल्लाका एक निर्माण ब्यवसायिले भुतmानीमा सास्ती झेल्न परेको बताएका छन् । जिल्लामा हुने विभिन्न विकास निर्माणका कामलाई ढिलाई गर्दै म्याद थप्ने पद्यती विकसित हुदै गएको बेला गर्न चाहेमा पहिलो म्याद भित्रै काम गर्न सक्ने उदाहरण देखाउने निर्माण ब्यवसायिले उल्टै भुतmानीमा सास्ती भोग्न परेको सुनाएका हुन ।जिल्ला स्थित हुलाकी राजमार्गमा रहेका चार वटा बक्स कल्भर्ट पुल म्याद भित्रै सम्पन्न गर्ने निर्माण ब्यवसायीले भुतmानीका लागि चार महिना प्रतिक्षा गर्न परेको सुनाए । हुलाकी राजमार्गको परासी चौपत्ता सडक खण्डमा पर्ने सरावल र रामग्राम नगरपालिका भित्र चार वटा पुलको निर्माण म्याद भित्रै भए पनि भुतmानीमा ढिलाईले सास्ती ब्यहोर्न परेको ओमकार जैसवाल जेभि रामग्राम १२ का निर्माण ब्यवसायि उमेश जैसवालले बताए । उतm पुलहरु ११ महिनामै सम्पन्न गरियो,उनले भने,तर पाउनु पर्ने भुतmानीलाई...
प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा पचफेड स्थित खजुराखोला पुलको शिलान्यास
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा पचफेड स्थित खजुराखोला पुलको शिलान्यास

नवलपरासी,२८ जेठदशकौ देखी स्थानियले माग गर्दै आएको खजुरा खोलामा पचफेडा स्थित पुल निर्माणको माग जिल्लाको प्रतापपुर गाउपालिकाले पुरा गर्ने भएको छ । सरावल गाउपालिकालाई समेत जोड्ने उतm पुलको शिलान्यास गर्दै स्थानियको माग सम्बोधन गरिएको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् ।स्थानियबासीले विगत चार दशक देखी नै उतm क्षेत्रमा पुल निर्माणको माग गर्दै आएका थिए । तर विगतका मन्त्री साँसद समेतले चुनावमा आश्वासन मात्रै दिदै आएको भए पनि निर्वाचन पश्चात विर्सर्ने अवस्था देखिदै आएको थियो । आफु स्थानिय चुनावमा सो क्षेत्रमा आउदा पनि स्थानियबासीले सोही माग दोहर्याएका थिए । आफुले दिइएको आश्वासन अहिले पुर्न गर्न पाईएको छ, उनले भने, जनतामा विश्वास समेत जागृत भएको छ । यस क्षेत्रमा विगत र वर्तमानमा पनि नामुद नेताहरु छन्,तर जनतालाई बुझ्ने नेता नभएको स्थानियले बताएका थिए । अहिले गाउपालिकाकै पहलमा भए पनि पु...
खोलानिकासी रोकिदा विकास निर्माणका लागि निर्माण समाग्रि अभाव
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

खोलानिकासी रोकिदा विकास निर्माणका लागि निर्माण समाग्रि अभाव

नवलपरासी,८ जेठजिल्लामा खोलानालाबाट खोलाजन्य निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रि अभाव देखिएको छ । बन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभएको भन्दै सुनवल नगरपालिका स्थित खोला निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रिको आपुर्तिमा समस्या देखिएको हो ।जिल्ला भित्र खोलाजन्य समाग्रि(ग्राभेल,गिट्टि र बालुवा र ढुगाँ) निकासीमा अवरोध सृजना भए पश्चात यस्तो समस्या देखिएको निर्माण ब्यवसायीले बताएका छन् । जिल्लाको सिमावर्ति क्षेत्रमा करोडौको सडक आयोजना निर्माणाधिन छन् तर समाग्रि अभावले ति सडकका काम गर्ने समस्या देखिन थालेको जिल्ला स्थित निर्माण ब्यवसायी रविन्द्र पटेलले बताए । ति आयोजनाहरुमा स्थानिय समाग्रि प्रयोग गर्ने गरि स्टिमेट गरिएका छन्, उनले भने, नजिकका खोलानालाबाट निकासी नहुदा निर्माण समाग्रिको प्राप्ती गर्न स...
भुतहा महेशपुर सडक पिच हुदा स्थानियलाई राहत
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

भुतहा महेशपुर सडक पिच हुदा स्थानियलाई राहत

नवलपरासी,६ जेठएक दशक देखी मर्मत सम्भारको उपेक्षामा परेको सरावल गाउपालिका स्थित भुतहा महेशपुर सडक पुनः पिच भए पछि स्थानियबासी राहत हुने भएको छ । पटक पटक स्थानियबासी र गाउपालिकाले समेत सडक मर्मतका लागि सरोकारवाला निकायसँग गर्दै आएको भए पनि अहिले एक दशक पछि सो सडक मर्मत र स्तरोन्नती गरि पिच गरिएको हो ।जिल्लाका महत्वपुर्ण सडकको अवस्थाबारे सरावल गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रीलाई स्थलगत अवलोकन गराएर अवगत गराएका थिए । जिल्लाको भन्सार नाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत १० बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएको समस्याबारे लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकाललाई अवगत गराइएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराएको र अहिले सो सडक पिच भई रहेको जानकारी गराए । यसले स्थानियमा उत्स...
सिमा क्षेत्रको डुबान नियन्त्रण गुरुयोजना : कसको हितमा ?
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

सिमा क्षेत्रको डुबान नियन्त्रण गुरुयोजना : कसको हितमा ?

नवलपरासी,५ बैशाखजिल्लाको सिमावर्ति सरावल,प्रतापपुर र पाल्हीनन्दन गाउपालिकामा हुने गरेको डुबान रोक्न विभिन्न गुरुयोजना र डिपिआर बने पनि डुबान समस्या समाधान हुनेमा स्थानियले आशंका ब्यक्त गरेका छन् । स्थानियको परामर्श बिना नै प्राविधिक सोचले मात्रै ति गुरुयोाजना र डिपिआर बनाइएको भए पनि जलनिकासको बैज्ञानिक र स्थलगत नगरिदा डुबान नियन्त्रण हुने प्रति आशँका ब्यक्त गर्न थालेका हुन् ।गत बर्ष नै ति क्षेत्रको डुबान रोक्न बजेट भन्दा विस्तृत परियोजना प्रतिवेदन(अिपिआर) बनाउने होडबाजी चलाइएको थियो । सिमा क्षेत्रको डुबान नियन्त्रणको लागि बनेको गुरुयोजनाको लाभ इन्जिनियर र ठेकेदारको लाभ लक्षित भएको आरोप छ । संघ र प्रदेश सरकारसँग पटक पटक डुबान रोक्न आगह गर्दै आएको सरावल गाउपालिका पछिल्लो समय आफै डिपिआर गराउदै काम गर्ने अग्रसरता देखाए पनि आवश्यक बजेट विनियोजन कहि कतैबाट नहुने र बनेका गुरुयोजना र डिपिआर पनि बज...
दशक देखी अलपत्र महेशपुर –त्रिवेणी सडक पिच हुन थाले पछि स्थानिय उत्साही
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

दशक देखी अलपत्र महेशपुर –त्रिवेणी सडक पिच हुन थाले पछि स्थानिय उत्साही

नवलपरासी,२६ चैत्रअघिल्लो संसदिय निर्वाचनमा चुनावी मुद्दा बनेको महेशपुर—त्रिवेणी सडक सुधारका कार्यक्रम अगाडी बढन थालेको छ । सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश साँसद देवकरण कलवार हाल बन तथा वातावरणमन्त्री भए पछि सो सडकको मर्मत सम्भार गर्दै कार्य अगाडी बढेको हो ।चौतफी आलोचना खेल्दै आएका उक्त सडक क्षेत्रका जनप्रतिनिधिलाई सडकको मर्मत सम्भार गरि पिच हुन थाले पछि हाइसन्चो भएको स्थानियले बताए । यसले स्थानियबासीलाई राहत पनि भएको सुनाएका थिए । प्रदेश साँसद कलवार मन्त्री भए पछि प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण अचार्य र भौतिक पुर्वाधार विकास भुमिश्वर मन्त्रीलाई नै उक्त सडकमा हिडाएका थिए । भौतिक मन्त्री ढकालले बाटोको दुरावस्था देखेर जसरी भए पनि सो सडक यसै बर्ष देखी बन्ने आश्वासन दिएका थिए । अहिले काम शुरु पनि भएको छ । महेशपुर देखी भुजहवासम्मको सडक पिच भई रहेको छ । महेशपुर देखी पुर्वको सडक ख...
अतिक्रमित सार्वजनिक जग्गा खाली गराउदै सरावल गाउपालिका
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

अतिक्रमित सार्वजनिक जग्गा खाली गराउदै सरावल गाउपालिका

नवलपरासी,२३ चैत्रबर्षौ देखी स्थानियले अतिक्रमण गर्दै खेतीपाती आउने सार्वजनिक जग्गा सरावल गाउपालिकाले खाली गराउने अभियान थालेको छ । विगत बर्ष देखी नै सार्वजनिक जग्गाको खोज पहिचान गरि आवश्यक कानुनी प्रकृया पुरा गरेर खाली गराउने अभियान थालेको सरावल गाउपालिकाले विद्यालयको जग्गा अतिक्रमण गरि खेतीपाती गर्ने भुजहवाको एक विद्यालयको जग्गा खाली गराएको हो ।सार्वजनिक हितका लागि रहेको जग्गा बेला मौका छोपेर अतिक्रमण गर्ने र एकलौटी भोगचलन गर्ने जग्गाको खोजपडताल गर्ने, आवयक कानुनी प्रकृया पुर्याएर खाली गराउने अभियान थालिएको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । सार्वजनिक जग्गा सार्वजनिक हितका लागि उपयोग हुनु पर्छ, उनले भने, कहिँ कतै कसैले कब्जा गर्ने,अतिक्रमण गरि भोगचलन गर्ने जग्गा खाली गराउने गरि गाउसभाले नै म्यान्डेट दिइएको कारण कार्यपालिकाले यस्तो अभियान चलाउदै आएको छ । तत्काललाई केही लाभ लिदै आउने ब...