संस्कृति

धर्मगुरुको मजार क्षेत्रलाई धार्मिक तिर्थ स्थलको रुपमा विकास गर्न माग
समाचार, संस्कृति, सुनवल नगरपालिका

धर्मगुरुको मजार क्षेत्रलाई धार्मिक तिर्थ स्थलको रुपमा विकास गर्न माग

नवलपरासी,६ भदौजिल्लाको सुनवल नगरपालिका ९ कब्रिस्तान बनकट्टी स्थित इस्लामिक पुरातात्विक र धार्मिक स्थललाई इस्लाम धर्म तिर्थ स्थल बनाउन स्थानियले माग गरेका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मोत्सव बाह््ररविऔअललाई भब्यताका साथ मनाउउदै गर्दा पैगम्बर मोहम्मदको ३२ औ पुस्ता पछिको इस्लामिक धर्म गुरुको मजारलाई इस्लाम धर्मको केन्द्र बनाउनु पर्ने स्थानियले माग गरेका हुन् । सो स्थानमा सैयद अब्दुल हमिद धर्म गुरुको समाधि रहेको मजार अहिले पनि सो स्थानमा रहेको छ । तर प्रचार प्रसार हुन नसक्दा सो मजार केही परिवारिक समुहसँग मात्र परिचित भएको स्थानिय सत्तार मियाले बताए । उनका अनुसार जान्ने सुन्ने मानिस भारतबाट पनि आउने गर्छन्,उनले भने,त्यहा दोआ (भाकल) गर्छन् । उनीहरुको भाकल मन्नत पुरा हुन्छ । धेरै इस्लामिक ब्यतिmको त्यहाँ श्रद्धा र विश्वास रहेको छ,उनले भने,स्थानिय स्तरबाट सो स्थानको संर...
विहान सर्पको पुजा र साँझमा पुतरी पिटेर मधेशमा मनाइयो नागपञ्चमी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

विहान सर्पको पुजा र साँझमा पुतरी पिटेर मधेशमा मनाइयो नागपञ्चमी

नवलपरासी,४ भदौनाग पञ्चमीको अवसरमा जिल्लाका विभिन्न स्थानमा विहान नाग पुजा र साँझ पुतरी पिटेर मनाईएको छ । विहानमा सबैले आफ्नो घरमा नागको तस्विर वा मन्त्रले फुकिएको गोबरबाट नाग बनाई पुजा गरि साँझमा खोला नाला किनारमा पुतरी बनाई पिटेर नागपञ्चमी मनाएका हुन् ।परापुर्वकाल देखी यसरी मधेशका गाँउमा दुई थरीले नाग पञ्चमी बनाउने कार्य गरिदै आएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यो परम्परागत रुपमा हिन्दु मान्यता अनुसार मनाईदै आएको पर्व पनि हो,उनले भने, विहानमा नाग पुजा अधिकाँस समुदायमा मनाईने गरिएको भए पनि साँझको बेला पुतरी पिटने कार्य प्रयाःमधेश समुदायमा देखिन्छ । बौद्ध परम्परा अनुसार पनि नागपुजा गर्ने गरिएको छ । विभिन्न बौद्ध परम्परामा पनि नागको पुजा गरिएको देख्न सकिन्छ तर नागपुजाबारे अहिलेको अवस्थामा नागपुजा हिन्दुका आर्यहरुले विकृत बनाएको बौद्धिक समाजका अध्यक्ष तथा अधिवतmा मनोज क...
सरावल गाउपालिकामा थारु तथा मधेशी साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

सरावल गाउपालिकामा थारु तथा मधेशी साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन

नवलपरासी,२० साउनजिल्लाको सरावल गाउपालिकाले वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको सम्भाब्यता शुरु गरेको छ । गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने योजना अगाडी सार्दा गाउपालिका अध्यक्ष थारु भएर थारुलाई महत्व दिइने गरेको भन्दै प्रतिकृया आउन थाले पछि मधेश साँस्कृतिक पार्कको पनि योजना अगाडी सारेको हो ।थारु मधेशी बाहुल्य रहेको उतm गाउपालिकामा दुबै प्रकारको साँस्कृति पार्क एक पटक शुर गरिने गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । पहिला थारु साँस्कृतिक पार्कको योजना बनाउन अध्ययन शुर गरे पश्चात मधेशी समुदायको समेत गाउपालिका सबैको भनेर प्रतिकृया आयो,उनले भने,अहिले मधेशका सबै संस्कृतिकलाई प्रतिनिधित्व हुने गरी मधेश साँस्कृतिक पार्कको लागि पनि सम्भाब्यता अध्ययन गरिएको हो । त्यसको लागि वार्ड नं.४ का वार्ड अध्यक्ष सुरेश यादवले चाँसो देखाएका छन् । उनले हुलासी घोल...
थारु साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराउदै सरावल सरकार
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराउदै सरावल सरकार

नवलपरासी,७ साउनजिल्लाको सरावल गाउपालिकाले थारु साँस्कृतिक पार्क बनाउनका लागि उचित स्थानको खोजी र सम्भाब्यता अध्ययनमा लागेको छ । थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययनमा लागेको हो ।थारु साँस्कृतिक पार्क निर्माणका लागि विगत डेढ दशक देखी खिचडी महोत्सव हुने गरेको सरावल २ मनरी गाँउ नजिकै पार्क बनाउने गरि स्थानको खोजी र सम्भाब्यता अध्ययन भई रहेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । उनले विगत बर्ष देखी थारुको महत्वपुर्ण चाडपर्वको रुपमा माघी खिचडी मनाउने र सो अवसरमा मेला महोत्सव समेत मनरी स्थित जनता माध्यमिक विद्यालयको परिसर भित्र हुदै आएको छ । तर अहिले मेला विस्तार हुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रुपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न...
रामग्राम स्तुपा क्षेत्रको विकासका लागि नगरपालिकाले बनायो,रामग्राम विकास कोष ऐन २०८०
रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम स्तुपा क्षेत्रको विकासका लागि नगरपालिकाले बनायो,रामग्राम विकास कोष ऐन २०८०

नवलपरासी,११ असारविगत डेढ दशक देखी स्थानिय संघसस्थाले रामग्राम विकास समिति बनाउन गर्दै आएको माग रामग्राम नगरपालिकाले पुरा गरेको छ । रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित गर्दै सो माग पुरा गरेको हो ।लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको विकासका लागि काम नगरेको भन्दै स्थानिय रामग्राम पर्यटन विकास सस्थाले छुट्टै विकास समिति वा कोष गठन गरि काम गर्न माग गर्दै आएको थियो । सस्थाले रामग्रामको भ्रमण गर्न आउने राष्टपति,उपराष्टपति,प्रधानमन्त्री तथा विभिन्न मन्त्रिसँगै रामग्राम विकासका लागि छुट्टै समिति बनाई काम गर्नु पर्ने माग उठाउदै आएको थियो । केही बर्ष विद्यालय,गाँउ,टोल तथा चोक चोकमा हस्ताक्षर अभियान समेत चलाएको थियो । तर संघिय सरकारबाट संस्थाले उठाउदै आएको माग सम्बोधन नभए पनि स्थानिय...
सिद्धार्थको महाभिनिष्क्रमण जात्रा : कपिलबस्तुदेखि नवलपरासीको अनोमाघाटसम्म असार पुर्णिमाको अवसरमा सिद्धार्थको महाभिनिष्क्रमण जात्रा
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

सिद्धार्थको महाभिनिष्क्रमण जात्रा : कपिलबस्तुदेखि नवलपरासीको अनोमाघाटसम्म असार पुर्णिमाको अवसरमा सिद्धार्थको महाभिनिष्क्रमण जात्रा

नवलपरासी,३० जेठजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले महाभिनिष्क्रमण जात्रा सहित असार पुर्णिमालाई महाभिनिष्क्रमण दिवस मनाईने भएको छ । सुस्ता गाउपालिकाले लुम्बिनी प्रदेश सरकारको लुम्बिनी पर्यटन परिषदलाई नै सो जात्राको स्वामित्व लिएर कपिलबस्तुको तिलौराकोटबाट जात्रा निकाल्ने गरि प्रस्तावनापत्र पठाएको जानकारी समेत गराएको हो ।सिद्धार्थ गौतम २७ बर्षको उमेर गृह त्याग गर्दा तिलौराकोटबाट कन्टक घोडा र सारथी छन्नासँगै तत्कालिन कोलिय गणराज्यको पुर्वि सिमा अनोमाघाट(ठाढीघाट) मा पुगेर महाभिनिष्क्रमण लिएको बौद्ध ग्रन्थहरुमा उल्लेख भएको हुदा सो कुरालाई आम जनमानसमा झल्काउने उदेश्य लिई तिलौराकोटबाट नै सिद्धार्थको महाभिनिष्क्रमण जात्रा निकाल्ने योजना अगाडी बढाइएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेले बताए । सुस्ता गाउपालिकाले सो जात्राको...
संस्कृति संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न आवश्यक ः मन्त्री पाण्डे
रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न आवश्यक ः मन्त्री पाण्डे

नवलपरासी,९ जेठसंस्कृतिक संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले बताएका छन् । जिल्लाको रामग्राम नगरपालिका २ झरही किनार स्थित परासी हाटबाजर लाग्ने स्थलमा पहिलो रामग्राम साँस्कृतिक मेला २०८० को उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् । नेपाल पर्यटन उद्योगको सम्भावना बोकेको देश हो,त्यसमा पनि लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही र कपिलबस्तु जिल्ला भगवान बुद्धसँग सम्बन्धित भएको हुदा सांसरका बौद्धमार्गिहरुलाई आकर्षित गरि पर्यटन उद्योग फस्ताउन सक्ने प्रसस्त सम्भावना भएको क्षेत्र हो । यो रामग्राम नगरपालिकामा रामग्राम स्तुपमा भगवान बुद्धको अस्तुधातु अवस्थित छ,उनले भने,धातु भएको माटो नै संसारका लागि पवित्र माटो बन्न सक्छ,यहाँका बाटो संसार भरि एक ग्राम माटो एक डलरमा बेच्न सकिन्छ,तर त्यसका लागि नगरपालिका र स...
भोजपुरी स्टार रितेश पाण्डेको सहभागिता रहने गरि परासीमा पहिलो साँस्कृति मेला २०८० शुरु हुने
रामग्राम नगरपालिका, समाचार, संस्कृति

भोजपुरी स्टार रितेश पाण्डेको सहभागिता रहने गरि परासीमा पहिलो साँस्कृति मेला २०८० शुरु हुने

नवलपरासी,५ जेठभोजपुरी स्टार रितेश पाण्डे सहितको सहभागितामा रामग्राम नगरपालिकाका वार्ड अध्यक्षकै पहलमा पहिलो रामाग्राम साँस्कृति मेला २०८० लाग्ने भएको छ । स्थानिय भोजपुरी भाषा तथा स्थानिय कलाकारहरुलाई समेत प्रोत्साहित गर्ने उदेश्यले रामग्राम वार्ड २ का वार्ड अध्यक्ष निरज रौनियारको पहलमा सो साँस्कृति मेला लाग्ने जानकारी उनले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।स्थानिय कलाकारसँगै भोजपुरी स्टारहरुको समेत उपस्थिती गराई कलासंस्कृति भाषा विकास तथा स्थानियलाई मनोरन्जन गराउने उदेश्यले यो मेलाको आयोजना गर्न लगिएको उनले बताए । रामग्राम २ झरही किनारमा हरेको बुधवारे हाटबजार स्थलमा सो मेलाको आयोजना हुने र जेठ ९ गते देखी २० गतेसम्म ११ दिनसम्म चल्ने छ । साझ तथा रात्रीकालिन सांस्कृतिक कार्यक्रम,कुस्ति तथा ब्यवसायिक स्टलहरु समेत रहने छ । भोजपुरी स्टार रितेश पाण्डे,सिल्पी राज लगायतको समेत उपस्थ...
पहिलो ‘कोलिय अस्तिधातु जात्रा’ले रामग्रामबासी उत्साही
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

पहिलो ‘कोलिय अस्तिधातु जात्रा’ले रामग्रामबासी उत्साही

नवलपरासी,२३ बैशाखबुद्ध पुर्णिमाको अवसरमा रामग्राम नगरपालिकाले पहिलो कोलिय अस्तुधातु जात्रा निकालेर मनाउदा रामग्रामको विकास हुनेमा नगरबासी उत्साही भएका छन् । २५६७ औ बुद्धजयन्तीलाई फरक ढंगले मनाउदै रामग्राम नगरपालिकाले नगरक्षेत्रमा एउटा जात्राको शुभारम्भ गर्नाले नगरक्षेत्रको विकासका लागि एक नयाँ इतिहास रचिएको स्थानियले बताएका हुन् ।रामग्राम स्तुपा र प्राचिन कोलिय गणराज्यको राजधानी भएको कोलनगर रामग्राम(पण्डितपुर) लाई भावनात्मक रुपमा यो जात्राले जोडेको मात्र नभई नगरपालिकाकै लागि नयाँ इतिहास थपिएको रामग्राम नगरपालिका ५ का पुर्व वार्ड सदस्य समेत रहेका स्थानिय चन्द्र प्रकाश गुप्ताले बताए । यसले परासी बजार र सम्पुर्ण रामग्रामकै विकासमा नयाँ आयाम थपेकोछ,उनले भने,आधुनिक कालमा प्राचिनता झल्किने गरि अस्तुधातुको जात्रा निकाल्नु नगरप्रमुख लगायत नगरपालिका मात्रै नभई समग्र नगरबासीकै गौरव बढाएको छ । जसरी १...
पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा
रामग्राम नगरपालिका, शिक्षा, समाचार, संस्कृति

पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा

नवलपरासी २१ बैशाखपहिलो कोलिय अस्तुधातु यात्रालाई ब्यवस्थितका लागि विद्यार्थीलाई स्वम्सेवक बनाउन रामग्रामका विद्यालयमा परिचयात्मक शिक्षा चलाइएको छ । बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन र ब्यवस्थित गर्न विद्यालयका विद्यार्थीहरुलाई स्वम्सेवक परिचालनका लागि परिचयात्मक शिक्षा दिइएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल को जानकारी समेत गरिएको हो ।यात्रामा सहभागिहरुलाई गाईडको रुपमा पनि काम गर्न र यात्रा ब्यवस्थित गर्नमा विद्यार्थीको पनि सहभागिता होस भनेर जागरण तथा परिचयात्मक शिक्षा चलाइएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्रमा उत्तम बालहित माविका कक्षा ९ र १० का विद्यार्थी र प्राचिन को...